Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

दुइ महिला प्रहरी र १ स्वास्थ्यकर्मी संक्रमित

दुइ महिला प्रहरी र १ स्वास्थ्यकर्मी संक्रमित

समाचार
पूणर्पुष्टि, जेष्ठ, २७ महेन्द्रनगर स्थित वैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइन सुरक्षामा खटिएका २ महिला प्रहरी असइ र हवल्दारमा कोरोना पुष्टि भएको छ । यता कन्चनपुर पुर्नवास नगरपालिका त्रिभुवनवस्ती स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि  प्रहरी खटिएको क्वारेन्टाइन सिल्ड गर्नुका साथै स्वास्थ्यकर्मी कार्यरत स्वास्थ्य चौकी र त्याहाँको काम कार्वाहि सम्पूणर् सेवा वन्द गरेको छ । स्वास्थ्य चौकीमा कार्यरत बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको पिसिआर नतिजा नआउँदासम्म स्वास्थ्यचौकीका सेवा बन्द गरेको पुनर्वास नगरपालिकाका स्वास्थ्य प्रमुख राम धामीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले थप संक्रमण हुन नदिन प्रहरी खटिएको क्वारेन्टाइन सिल गरेको बताएका छन् । , संक्रमितहरुको...
रुपन्देहीका हत्या घटनाको तत्काल छानबिन गर्न माग

रुपन्देहीका हत्या घटनाको तत्काल छानबिन गर्न माग

समाचार
पूर्णपुष्टि, जेठ २७ गते । रुपन्देहीमा गत राती घएको ५ जनाको हतया घटनाको छानविन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता छविलाल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘यो हत्याको निष्पक्ष छानबिन होस् । अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् । छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्दछु ।’ सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताए । उनले मृतकका परिवारलाई क्षितपूर्तिको दिन पनि माग गरेका छन् । प्रहरीका अनुसार रुपन्देहीमा भएको हत्याकाण्डमा संलग्नको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेका छन् । नियन्त्...
भारतीय अतिक्रम बारे यूएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र

भारतीय अतिक्रम बारे यूएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र

समाचार
पूर्णपुष्टि, जेठ २७ गते । नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्र संघ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसंघका लागि राजदूत रहनुभएकी केलीलाई ज्ञापनपत्र बुझाउँदा यसको विशेष महत्व हुने संघको बुझाइ छ । नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सासमेत समावेश गरी संघले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीयले जनाएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत...
गाईघाटमा बिजुलीको विल तिर्न हप्ताको ३ दिन

गाईघाटमा बिजुलीको विल तिर्न हप्ताको ३ दिन

समाचार
पूणर्पुष्टि, जेष्ठ, २७ गाईघाट/लकडाउनका कारण बत्तिको विल तिर्न समस्या परेको अवस्थामा हप्ताको ३ दिन बत्तिको पैसा तिर्न सकिने बिजुली अफिस गाईघाटले जनाएको छ । हप्ताको ३ दिन सोमबार, बुधबार र शुक्रबार बत्तिको पैसा तिर्न सकिने विधुत प्राधिकरण गाईगाटले जनाएको हो । बत्तिको पैसा तिर्न पुरानोे बिल सहित आउनु पर्ने छ । अझै सहजको लागि युनिट अंक समेत लिएर आउँदा सजिलो हुने बताएको छ । बुधबार र सोमवार १० बजे देखि १ बजे सम्म र शुक्रबार भने १२ बजे सम्म मात्र पैसा तिर्ने समय तोकिएको छ ।...
लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो होईन भारतको हो भन्ने सांसदलाई किन कारबाही हुदैन ?

लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो होईन भारतको हो भन्ने सांसदलाई किन कारबाही हुदैन ?

समाचार
पूर्णपुष्टि, जेठ २७ गते ।  राष्ट्रिय सभाका सांसदले नेपालको सदनमा हिन्दी भाषा बोल्ने र लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई यथाशीघ्र कारबाही गर्न सरकारको ध्यानकर्षण गराएको छ । सभाको आज बसकेको बैठकको शुन्य समयममा नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा)की नन्दा चपाईँले नेपालको सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ ? यो जान्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारबाही किन हुँदैन?, त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारबाही गर्न सरकारको ध्यानाकर्षण गर्नु भएयो । त्यस्तै (नेकपा) की दीपा गुरुङले लामो समयसम्म लकडाउन हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुत्केरीलाई भएमा बढीमा एक वर्ष र  घटीमा ६...
अस्पतालले कोरोना संक्रमितलाई घर पठाएपछि

अस्पतालले कोरोना संक्रमितलाई घर पठाएपछि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  बैतडिका कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पताल धनगढीले निको नहुँदै घर पठाएपछि गाउँमा कोरोनाको त्रास छाएकोे छ । शिवनाथ गाउँपालिकाका४ जनालाइ कोरोना निको नहँदै घर पठाएको हो । शिगापा–१ का २० वर्षीय र २७ वर्षीय पुरुष र २ न. वडाका २० र २२ वर्षीय पुरुषलाई घर पठाएको हो । गत जेठ २३ गते अस्पतालले कोरोना निको नहुँदै घर पठाएका उनीहरु चारै जना २५ गतेमात्रै घर पुगेका हुन् । कैलालीको गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरुमा गत जेठ १० गते कोरोना पुष्टि भएको थियो । अहिले संक्रमितलाई ७ दिनसम्म होम क्वरेन्टीनमा बस्न भनिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमितलाई निको नभई नै घर पठाउँदा स्थानीयमा त्रास छाएको जनाईएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुले कोरोनालाई जितेपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्याल...
गर्भवती महिलामा कोरोना संक्रमण पुुष्टि

गर्भवती महिलामा कोरोना संक्रमण पुुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  अछामको एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोहलपुरमा संक्रमण पुष्टि भएको हो । उनी  ११ दिन अघि घर फर्केर दयापिलतोला माविको क्वरेन्टीनमा बस्दै आएकी थिइन् । घर फर्केर पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार बयालपाटा अस्पताल ल्याइएको थियो । आठ महिनाकी गर्भवती ती महिलालाई आन्द्रामा समस्या आएर पेट फुलेपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सोमबार कोहलपुर लगिएको थियो । उनको कोहलपुरमा भएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । ती महिलाको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पताल सिल नगरी उच्च सतर्कताका लागि भिडभाड कम गरिएको छ । महिलाको आजै अप्रेसन हुने र उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरिने पनि जनाईएको छ ।...
व्यवसायीहरुको ५ ओटा माग

व्यवसायीहरुको ५ ओटा माग

आर्थिक, समाचार
पूणर्पुष्टि, जेष्ठ, २७ काठमाण्डौँ/बानेश्वरका व्यवसयाीहरुले ब्यापार सहज गराउन सरकार सँग अनुरोध गरेको छ । नयाँ वानेश्वर व्यवासायी संघले मंगलबार प्रेश विज्ञाप्ती जारी गर्दै सुनुवाइ नभए कडा आन्दोलनको समेत चेतावनी दिँदै व्यापार व्यवसायलाई सहज गर्न माग राखेका छन् । लामो समयको लकडाडन पछि पनि कोरोना भाइरसको स्थिति ठिक नभएको भन्दै ब्यापार व्यवसाय चौपट भएको व्यापारीहरुले जनाएको छ । यसलाई सरकारले व्यवस्थित गर्दै सतर्कताका साथ व्यवसायीलाई भने सहज बनाउनु पर्ने तर्क व्यपारीहरुले राखेका छन् । यस्तो विषम परिस्थितीमा कतिपय व्यापारी तथा व्यावसायी साथीहरु आफ्नो व्यवसायबाट पलायन भैसकेका बानेश्वर व्यापार व्यवसाय संघका अध्यक्ष रामशरण गिरीले बताउनुभयो । घरबेटीलाई दिनु पर्ने घरभाडा, बैकको ब्याज, सरकारलाई तिर्नुपर्ने कर, स्थानीय निकायलाई तिर्नु पर्ने व्यवसाय कर, बालबच्चाको विद्यालय शुल्क जस्ता विषयमा सरका...
घोपाबाट थप २८ जना कोरोना संक्रमित डिस्चार्ज

घोपाबाट थप २८ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, धरानबाट थप २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएर उपचाररत झापाका २८ जना पुरुषहरु निको भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा १८ देखि ५६ वर्ष उमेर समूहका पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । अव प्रतिष्ठानमा ५५ जना संक्रमित उपचाररत छन् । आजसम्म प्रतिष्ठानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ भने १ न. प्रदेशमा उपचारपछि निको हुनेकोे संख्या १ सय १८ पुगेको हो ।...
सार्वजनिक सवारी सञ्चालन निर्देशिका तयारी हुँदै

सार्वजनिक सवारी सञ्चालन निर्देशिका तयारी हुँदै

समाचार
पूर्णपुष्टि, जेठ २७ गते ।  कोरोनाको लकडाउनमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । सरकारले लकडाउन बिस्तारै खुकुलो बनाउने तयारी गरेसँगै विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । नयाँ निर्देशिका कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्नका लागि निर्माण गरिएको विभागले जनाएको छ । निर्देशिकामा छलफल भइरहेको जनाइएको छ । कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्ने सवालमा प्राविधिक मापदण्ड बनाईएको छ । यसमा सरोकारवालासँग छलफल भइरहेको विभागले जनाएको छ । अहिलेको अवस्थामा कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक यातायात सञ्चालन गर्ने कुरा नै प्रमुख रहेको भएपनि सरकारबाट सार्वजनिक सवारी खुला गर्ने कुरा नआउँदा पनि आफ्नो तयारी गरेको जनाईएको छ । अहिलेकै अवस्थामा सरकारले सार्वजनिक सवारी सञ्चालन गरेको खण्डमा कसरी सुरक्ष...