नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि
पूर्णपष्टि, जेठ २७ गते ।
आज नेपालमा थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा ३ जना पुरुष, कोशी अस्पताल प्रयोगशलामा ईलामको १ जना पुरुष, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परिक्षणमा सुनसरीको १ जना पुरुष, सप्तरीको ५ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रादेशकि प्रयोगशला भरतपुरमा गरिएको परिक्षणमा चितवनको २० जना पुरुष र ४ जना महिला, नवलपुरका २ जना पुरुष र १ जना महिला, धादिङका १ जना महिला, कपिलवस्तुका १ जना महिला, सप्तरीका १ जना महिलामा संक्रमण पुष्टि भएको जनाईएको छ ।
त्यस्तै प्रादेशीक प्रयोगशला पोखरामा गरिएको परिक्षणमा म्याग्दीका १ जना पूरुष, नवलपुरका ...







