Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

आरडिटि पोजेटिप दुबै जनाको पिसिआर नेगेटिभ

आरडिटि पोजेटिप दुबै जनाको पिसिआर नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ । जिल्ला अस्पताल उदयपुरमा आरडिटि प्रविधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएका दुईजनाको पिसिआर प्रविधिबाट परिक्षण गर्दा आज रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जिल्ला अस्पतालमा परिक्षण गरिएका दुईजनाको आरडिटि पोजेटिभ पिसिआरमा नेगेटिभ आएको बताउनुभयो । प्रमुख सुवेदीका अनुसार कोरोनाको परिक्षणमा आरडिटिलाई अन्तिम मानिदैन, पिसिआर परिक्षणबाट मात्र कोरोना लागेको वा नलागेको पत्ता लाग्ने मानिन्छ । नेपालमा आरडिटि पोजेटिभ देखिएकालाई अनिवार्यरुपमा पिसिआर परिक्षण गर्ने गरिएको छ । पिसिआरमा पोजेटिभ आएमात्र कोरोना पुष्टि हुन्छ  । दुई आरडिटि पोजेटिभ मानिस पुरुष हुन् । एकजना जापानबाट लकडाउन अघि नै आएका थिए भने अर्का एकजना सवारी चालक हुन् । दुबै त्रियुगा नगरपालिकाभित्रका स्थानीय हुन् । उनीहरुसंगै केहीसमय अघि संक्रमित भएका एक सञ्चारकर...
९ वडाका मानिस १३ वडामा मृत फेला

९ वडाका मानिस १३ वडामा मृत फेला

समाचार
पूर्णपुष्टि, जेठ २७ । उदयपुरको त्रियुगा नगरपालिका १३ मा एक ब्यक्ति आज मृत अवस्थामा फेला परेको छ । दिउसो पाउने ४ बजेको समयमा त्रिनपा ९ का अन्दाजी ४५ वर्षिय नारायण दनुवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एकब्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल शब पठाएको छ । दनुवारको मृत्युको कारण अहिले खुलिसकेका छैन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो ।...
चौदण्डीगढी नपाविरुद्ध नेकपा नगरकमिटिको पत्रकार सम्मेलन

चौदण्डीगढी नपाविरुद्ध नेकपा नगरकमिटिको पत्रकार सम्मेलन

समाचार
पूर्णपुष्टि, जेठ २७ । नेकपा उदयपुर, चौदण्डीगढी नगरकमिटीले आज बेल्टारमा पत्रकार सम्मेलनको आयोजना गरी चौदण्डीगढी नगरपालिकाको कार्यशैलीको विरोध जनाएको छ । नगरपालिकाले अनियमितता र नितिगत भ्रष्टचार गरेको आरोप पनि लगाएको छ । पत्रकार सम्मेलनमा १६ बुँदे अनियमितता बारेको जानकारी सार्बजनिक गरेको छ । गिटिबालुवा ठेक्का, विकास, योजना निर्माण, इन्धन, कर्मचारी नियुक्ती, क्रसर सञ्चालन, बजेट सिलिङ जस्ता कुरामा अनियमितता तथा नितिगत भ्रष्टाचार भएको आरोप उनीहरुको छ । नेकपाका जिल्ला सदस्य तथा नगर संयोजक राजेन्द्रकुमार कटुवालको संयोजकत्वमा बनेको ७ सदस्यीय संघर्ष समितिले अनियमितताके बुँदाहरु प्रस्तुत गरेको थियो । समितिका संयोजक कटुवाल, सदस्यहरु सम्भु पौडेल, किशोर ताम्राकार, लामाखोला बचाउ अभियान संघर्ष समितिका संयोजक कुमार राईले पत्रकार सम्मेलनमा अनियमितताका कुराहरु राखेका थिए । उनीहरुले आमनिर्वाचनमा दुई...
प्रदेश १ सरकारले स्वदेश फर्कन चाहने र फर्किएकाको अनलाईन तथ्यांक संकलन थाल्यो

प्रदेश १ सरकारले स्वदेश फर्कन चाहने र फर्किएकाको अनलाईन तथ्यांक संकलन थाल्यो

समाचार
पूर्णपुष्टि, जेठ २७ विदेशमा रहेको अवस्थामा स्वदेश फर्किन चाहेका र स्वदेश फर्किसकेका प्रदेशका नागरिकहरुको प्रदेश १ सरकारले अनलनाइनबाट तथ्यांक संकलन शुरु गरेको छ । प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका र फर्केका नागरिकहरुको अनलाईन तथ्यांक संकलन कार्य थालेको हो । कोभिड–१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक संकलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको हो । उक्त तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले आज शुभारम्भ गर्नुभएको छ । गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । उक्त तथ्यांक https://helpline.p1.gov.np/ मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रद...
उदयपुर सुधारउन्मुख अवस्थामा छ : स्वास्थ्य प्रमुख  सुवेदी

उदयपुर सुधारउन्मुख अवस्थामा छ : स्वास्थ्य प्रमुख सुवेदी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले कोरोना सन्दर्भमा अहिले उदयपुर जिल्ला सुधारउन्मुख रहेको  बताउनुभएको छ । पूर्णपुष्टिको कोरोना अपडेट लाईभ सम्वादमा कुरा गर्दै प्रमुख सवेदीले सो कुरा बताउनुभएको हो । जिल्लामा अलिहेसम्म २ हजार ५ सय ३३ जनाको नमुना स्वाव संकलन गरेर परिक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको जनाकारी दिनुभयो । बाँकी अन्यको रिपोर्ट नेगेटिभ आएको छ । निरन्तर परिक्षणको दायरा अगाडी बढाईरहदा नेगेटिभ रिपार्ट आउनेहरु बढी देखिएकाले उदयपुर सुधारउन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयोे । प्रमुख सुवेदीले भन्नुभयो “अहिले आत्तिहाल्नु पर्ने अवस्था छैन ।, तर भारत र अन्य जिल्लाबाट आएका उदयपुरबासीहरु चुनौतीका रुपमा छन् ।, उनीहरुलाई सुरक्षित तरिकाले राख्न, परिक्षण र उपचार गर्न सक्यौ भने उदयपुर सुरक्षित हुन्छ ।” यतिबेला सर्वसाधरण नागरिकहरुले बाहिरी खानेक...
रौतामाईमा भारतबाट आएका १५ जना क्वारेन्टाइनमा

रौतामाईमा भारतबाट आएका १५ जना क्वारेन्टाइनमा

समाचार
पूणर्पुष्टि, जेष्ठ, २७ रौतामाई/रौतामाई गाउँपालिकामा हाल भारतबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मुर्कुचिमा रहेका क्वारेन्टाइनमा ८ जना र भुट्टारमा रहेका क्वारेन्टाइनमा ७ जना गरी १७ जनालाई क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्वराज राइले बताउनुभयो । क्वारेन्टाइनमा राखिएकाहरु १ हप्ता अगाडी भारतको बिभिन्न स्थानहरु बाट आएका थिए । उनिहरु रौतामाई गाउँपालिकाका विबिन्न स्थानहरुको रहेका छन् । हाल रौतामाई गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइन मध्य मुर्कुचि र भुटर गरी २ ओटाख क्वारेन्टाइनमा मात्र मान्छेहरु राखिएका छन् । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि पालिकाले पहिले देखिनै सावधानी अपनाउँदै आएका छन् बिषेश गरी भारतबाट आएकाहरुमा रोगको जोखिम रहने भन्दै उनिहरुलाई क्वारेन्टाइनमा वस्ने समय अबधिभर त्यही राखिने पनि राइले बताउनुभयो ।...
सुलेमानीको जासुसी गर्नेलाई मृत्युदण्डको सजाय

सुलेमानीको जासुसी गर्नेलाई मृत्युदण्डको सजाय

समाचार, संसार
पूर्णपुष्टि, जेठ २७ गते ।  इरानी शीर्ष कमाण्डर कासिम सुलेमानीको जासुसी गर्नेलाई इरानको सर्वाेच्च अदालतले मृत्युदण्ड दिने भएको छ । सुलेमानीको जासुी गर्ने र उनीसँग जोडिएका सूचना अमेरिका र इजरायललाई दिने दोषी महमुद मुसवीलाई चाँडै नै मृत्युदण्डको सजाय दिइने भएको हो । सन् २०१९ जुन ३ तारिखको दिन अमेरिकी ड्रोनको आक्रमणमा सुलेमानी मारिएका थिए । सुलेमानी इरानका एक शीर्ष सैन्यकर्मी, उदयमान् नेता र कुद्स फोर्सका प्रमुख थिए, जसले इजरायल र अमेरिकाविरुद्ध कैयौँ ठूला अभियान चलाएका थिए । महमुद मुसवीलाई सीआईए र मोसादको लागि जासुसी गरेको दोषी पाएको इरानको सर्वाेच्च अदालतका प्रवक्ता गुलाम हुसैन इस्माइलीले मङ्गलबार एक टीभी कन्फ्रेन्समा भनेको छ । यो अपराधको लागि उनलाई मृत्युदण्ड दिइनेछ । महमुद मुसवीले नै सुलेमानीसँग जोडिएका सबै जानकारी हाम्रा शत्रुलाई दिएका थिए उनले भने । सुलेमानीको मृत्युपछि इरानल...
सवै नागरिकलाई अनिवार्य सैन्य तालिम दिने पक्षमा सरकार छैन : उपप्रधानमन्त्री पोखरेल

सवै नागरिकलाई अनिवार्य सैन्य तालिम दिने पक्षमा सरकार छैन : उपप्रधानमन्त्री पोखरेल

समाचार
पूर्णपुष्टि, जेठ २७ गते ।  सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिने पक्षमा सरकार नरहेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टीले १८ वर्ष पुगेका नागरिकहरुलाई अनिवार्य सैन्य तालिम दिने संवैधानिक व्यवस्थाको माग गर्दै संसद सचिवालयमा गैरसरकारी विधेयकको रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । नेपालको संविधान निर्माणका बेला समेत यो विषय चर्चामा थियो । खासगरी तत्कालिन नेकपा माओवादीले १८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई सैन्य तालिम दिनुपर्ने संवैधानिक व्यवस्था राख्न खोजेको थियो । तर, त्यसबेला सहमति हुन नसकेपछि संविधानमा यो विषय समेटिएको थिएन । नेमकिपाले पुनः यो विषयलाई केन्द्रमा राखेर संविधान संशोधन विधेयक ल्याएपछि रक्षामन्त्री पोखरेलले त्यसको पक्षमा आफूहरु नरहेको स्प्रष्टीकरण दिनु भएको हो । उहाँले भन्नुभयो ‘अनिवार्य सैनिक तालिमको ...
अमिनको कालो धन, अख्तियारद्वारा भ्रष्टाचार मुद्धा दायर

अमिनको कालो धन, अख्तियारद्वारा भ्रष्टाचार मुद्धा दायर

समाचार
पूर्णपुष्टि, जेठ २७ गते ।  नापी कार्यालय भक्तपुरका तत्कालिन सर्भेक्षक (अमिन) राजेन्द्र काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिर अवधिमा उनले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ । जागिर अवधिभर भक्तपुर र काभ्रे जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको थियो । त्यस क्रममा रजिस्ट्रेसन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्युन रकम देखाई जग्गा धनीहरुबाट वास्तविक कारोबारको रकम भुक्तानी लिएको जग्गा बिक्रेताको बयान र बैंक स्टेटमेन्टबाट देखिएको अख्तियारले जनाएको छ । काफ्लेको जागिर अवधिमा १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ ८४ पैसा वैध आय हुनेमा उनको कुल सम्पत्ति ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ ८३ पैसा देखिएको अख्त...
प्रतिनिधि सभामा संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै

प्रतिनिधि सभामा संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै

समाचार
पूर्णपुष्टि, जेठ २७ गते ।  आज बसेको प्रतिनिधिसभाको  बैठकमा नेपालको अन्तरराष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ । सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट शीर्षकमा मन्त्रालयगत छलफल सकिएपछि संविधान संशोधन विधेयकमाथिको छलफल कार्यसूचीमा राखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । गत जेठ ९ गते सङ्घीय संसद् सचिवालयमा दर्ता भएको विधेयक जेठ १९ गते सदनमा पेश भएको थियो ।...