Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमित गण्डकी प्रदेशमा १ सय ४५ पुग्यो

कोरोना संक्रमित गण्डकी प्रदेशमा १ सय ४५ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ । आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ सय ४५ पुगेको  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासीको देबचुली नगरपालिकाका ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी पालिकाको क्वरेण्टीनमा बस्दै आएको जनाएको छ । उक्त संक्रमित मध्ये ३ जना संक्रमित उचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
चिन : अस्ट्रेलिया पढ्न जानु अघि सचेत हुन आग्रह

चिन : अस्ट्रेलिया पढ्न जानु अघि सचेत हुन आग्रह

शिक्षा, समाचार, संसार
पूर्णपुष्टि, जेठ २८ गते ।  चीनले आफ्ना नागरिकलाई अस्ट्रेलिया अध्ययन गर्न जाने निर्णय गर्नु अघि सतर्क हुन आग्रह गरेको छ । अस्ट्रेलियाका विश्वविद्यालयहरू जुलाईमा फेरि खोल्नु अघि त्यहाँ भएको जोखिमलाई ध्यान दिन चीनको शिक्षा मन्त्रालयले चेतावनी दिएको छ । कोरोनाको खतरा र अस्ट्रेलियामा एसियालीविरुद्ध देखिएको भेदभावलाई सम्भावित जोखिमको रूपमा देखाउँदै तत्कालै पढ्नको लागि नजान चीनको शिक्षा मन्त्रालयले भनेको हो । अहिले पनि कोरोनाको प्रभावलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएकोले अन्तर्राष्ट्रिय भ्रमण र खुला क्याम्पसहरूमा जोखिम रहेको भन्दै अब त्यहाँ पढ्न जाने वा नजानेबारे गम्भीर छलफल गर्नुपर्ने मन्त्रालयले जनाएको  छ । अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो । अहिले चीन र अस्ट्रेलिबीच राजनीतिक सङ्घर्ष पनि बढिरहेको छ । अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिको ...
लिम्चुङ्बुङको सुनकोसी लिफ्टिङ खानेपानी आयोजनामा ४ करोड ९० लाख बिनियोजन

लिम्चुङ्बुङको सुनकोसी लिफ्टिङ खानेपानी आयोजनामा ४ करोड ९० लाख बिनियोजन

समाचार
मिलन परियार ,  लिम्चुङ्बुङ  २८ गते  पानीको हाहाकार र ठुलो समस्याको रुपमा परिचित उदयपुरको लिम्चुङ गाउँपालिकामा संघिय सरकारले खानेपानीका लागि आर्थिक बर्ष २०७७/०७८ बाट ४ करोड ९० लाख बजेट बिनियोजित गरेको छ । सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाका लागि संघिय सांमसद सुरेश कुमार राईको बिषेश पहलमा बजेट विनियोजन भएको हो । नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयले  संघीय सरकारको रातो किताब  मा ०७७/०७८ मा काम सम्पन्न हुने गरि ४ करोड ९० लाख बिनियोजन गरेको हो । लिम्चुङ्बुङ गाउँपालिकाभरी नै खानेपानीको हाहाकार हुने समस्या भएपछि  खोटाङ र उदयपुरको बिच भएर बग्ने सुनकोसी नदि बाट गाउँपालिकाका ५ वटै वडामा  खानेपानी पुराउने गरि गत बर्ष नै बहुबर्शिय योजनामा समाबेश भएर डिपिआर  समेत गरिसकेको  लिम्चुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । राईका अनुसार ५ वटै वडामा पाईप लाईन बिस्तारका लागि जाँ...
आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्नु हुँदै

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्नु हुँदै

समाचार
पूर्णपुष्टि जेठ २८ गते ।  आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट र विविध विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । प्रतिनिधि सभाको बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमलाई संसद् सचिवालयले आजको सम्भावित कार्यसूचीमा राखेको छ । यसै बैठकमा ३६ जना सांसदले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।...
१ हप्तापछि मात्रै मनसुन सुरु हुने

१ हप्तापछि मात्रै मनसुन सुरु हुने

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  आजदेखि नेपालमा मनसुन सुरु हुने भनिए पनि यस वर्ष ढिलो हुने भएको छ । जुन १० तारिख अर्थात् आजबाट मनसुन सुरु हुने भए पनि नेपालमा आउने मनसुनी प्रणाली बङ्गाल खाँडीको उत्तरी भूभागमा रहेको र त्यो नेपालको पूर्वी भूभागमा आइपुग्न झण्डै एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको उत्तरी भूभागमा रहेको मनसुनी प्रणाली १÷२ दिनमै पश्चिमी भूभागमा आउने र एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने जनाइएको छ  । यस वर्ष मनसुन सुरु हुँदा भने कमजोर प्रणाली आउने देखिएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । सुरुवातमा सामान्य पानी पर्ने र बिस्तारै मनसुन बलियो भएर न्यून चापीय रेखा नेपाल नजिक आएपछि औसत पानी पर्ने सम्भावना देखिएको जनाईएको छ । आज दिउँसो र राति देशका धेरैजसो ठाउँमा बादल लाग्ने र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही...
सुत्केरी र गर्भवतीको सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश जारी

सुत्केरी र गर्भवतीको सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश जारी

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  लकडाउनको बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त भएका व्यक्तिको विशेष सुरक्षा गर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले मङ्गलबार कोरोना महामारीका बेलामा खासगरी सुत्केरी, गर्भवती वा ससाना बालबालिकाको विशेष ध्यान दिन अन्तरिम आदेश जारी गरेको हो । गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक महामारीको समयमा जोखिममा परेको उल्लेख गर्दै अधिवक्ता रोशनी पौडेललगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा अदालतले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन भनेको छ । आदेशमा नाबालक शिशु र बालबालिकालाई दिनुपर्ने खोप नियमित गर्न र नेपालको संविधानले सुरक्षित मातृत्व र प्रजनन अधिकारलाई महिलाको हकका रुपमा प्रत्याभूत गरेको उल्लेख छ । आदेश...
आठ ओटा जहाजले अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउने

आठ ओटा जहाजले अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउने

समाचार
पूणर्पुष्टि, जेष्ठ, २८ बिदेशमा अलपत्र परेका नेपालीहरुलाई ल्याउन नेपाल सरकारले ८ ओटा जहाज परिचालन गर्ने भएको छ । सरकारले नेपाल वायु सेवा र हिमालय एयरलाइन्सको ८ ओटा जहाज नेपाली फर्काउन पठाउने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि योगेश भट्राइले जानकारी दिनुभयो । नेपाल वायुसेवा निगमसँग २ सय ७४ सिट क्षमताका दुई वटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुई वटा न्यारोबडी विमान छन् भने,  हिमालय एयरलायन्ससँग १ सय २८ सिट क्षमताको एउटा एयरबस-३१९ र १ सय ५८ सिट क्षमताका तीन वटा एयरबस-३२० गरी चार वटा न्यारोबडी जहाज छन् । नेपाल वायुसेवा निगमले काठमाडौंबाट २६ वटा गन्तव्यमा उडान गर्न सकिने जनाउँदै पर्यटन सचिव केदारबहादुर अधिकारीसमक्ष भाडासहितको सूची बुझाइसकेको छ । नेपाली विमानबाट ल्याउने यात्रुहरुले कति भाडा तिर्ने विषयमा बुधबार नै पर्यटन मन्त्रालयल, नागरिक उड्डयन प्राधिकरण, निगम र हिमालय ए...
संविधान संशोधन विधेयक सर्वसम्मतिबाट स्वीकृत

संविधान संशोधन विधेयक सर्वसम्मतिबाट स्वीकृत

समाचार
पूर्णपुष्टि, जेठ २८, गते ।  मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन । बैठकले यो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेस गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । यो विधेयकमा विचार गरियोस् भनी हिजोको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकोमा मन्त्रि त...
घरबाहिर बोलाएर युवाको हत्या

घरबाहिर बोलाएर युवाको हत्या

समाचार
पूणर्पुष्टि, जेष्ठ, २८ धनुषामा एक युवाको गोली हानि हत्या गरेको छ । मध्यराति घरमै रहेको युवालाई घर बाहिर बोलाई २ सय मिटर पर लगेर कन्चटमा गोली हानी हत्या गरिएको  हो । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार सबैला नगरपालिका-७ स्थित २५ बर्षिय अरुण मण्डलको हत्या भएको जनाएका छन् । व्यक्तिगत रिसिबिको कारण घट्ना घटेको अनुसध्धानमा रहेका एक व्यक्तिले जनाएका छन् । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको अनुसन्धानमा देखिएको छ । घटना सम्बन्धि जिल्ला प्रहरी कार्यलय धनुषाले थप अनुसन्धान गरिरहेका छन् । हत्यारा पक्ता नलागेका कारण हत्याको कारण भने खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।...
स्वदेश फर्कनेका लागि प्रदेश १ ले सुरु गर्यो अनलाइन फर्म

स्वदेश फर्कनेका लागि प्रदेश १ ले सुरु गर्यो अनलाइन फर्म

समाचार
पूणर्पुष्टि, जेष्ठ, २८ विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्रदेश १ ले अनलाइन फर्म मार्फत स्वदेश फर्काउने भएको छ । कोरोना भाइरसको संक्रमणले गर्दा काम दाम बिहिन विदेशमै अलपत्र परेको नेपालीहरुलाई स्वदेश आउन चाहे अनलाइन फर्म खुल्ला गरिएको प्रदेश १ ले जनाएको छ । साथै प्रदेशले स्वदेशमा फर्किएका आफ्ना नागरिकहरुको तथ्याङक पनि संकलनको काम गरेको १ नं प्रदेशका मुख्यमन्त्रि शेरधन राइले बताउनुभयो । उहाँले फारम भरेका प्रदेशवासीको सीपलाई प्रदेशको विकासमा प्रयोग गर्ने उद्देश्यसहित सरकारले अनलाइन फारम खुला गरेको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाँले विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यममा जोड्न प्रदेश सरकार लागिपरेको बताउँदै विदेशबाट फर्कन चाहेका र फर्किएका युवाहरुको सीप सदुपयोग गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । ५ जेठमा बसेको मन्त्रिपरिषद बैठकले विदेशमा रहेका प्रदे...