Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा फेरी थपियो कोरोना संक्रमित, उदयपुरगढी गाउँपालिकामा १ जनामा पुष्टि

उदयपुरमा फेरी थपियो कोरोना संक्रमित, उदयपुरगढी गाउँपालिकामा १ जनामा पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ । उदयपुरमा कोरोना संक्रमित आज फेरी १ जना थपिएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिकामा १ जना कोरोना संक्रमित पुष्टि भएको हो । सो पालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका ७९ जनाको पिसिआर प्रविधिबाट स्वाव नमुना परिक्षण हुदा एकजनाको पोजेटिभ देखिएको हो । भारतबाट आइ क्वारेन्टइनमा बसेका २३ वर्षिय पुरुष हुन् । गत २२ गते स्वाव नमुना संकलन गरी परिक्षणको लागि विराटनगर पठाइएको थियो । सोको अन्तिम रिपोर्ट आज आएको हो । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जिल्लाको हकमा उदयपुरगढी गाउँपालिकामा पहिलोपटक संक्रमित देखिएको हो । जिल्लामा तीन नगरपालिकामा यसअघि नै देखिएको थियो । अव चार पालिकामा कोरोना संक्रमण देखिएको हो ।...
क्वरेण्टीनमा बसेका १ जनाको मृत्यु

क्वरेण्टीनमा बसेका १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  अर्घाखाँचीको एक वारेन्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेण्टीनमा बसेका ५७ वर्षीय पुरुषको उपचार गरी फर्कँर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । भारतबाट आएर क्वारेण्टीनमा बस्दै आएको थियो । घाटीको शल्यक्रियासमेत गरेका पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्क गएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । लुम्बिनी प्रादेसिक अस्पतालमा उपचारपछि घर फर्कँदै गर्दा उनको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको जनाईएको छ । उनको स्वाब परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।...
साउदी : २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र संचालन

साउदी : २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र संचालन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  साउदी सरकारले कोरोना जाँच गराउन २४ घण्टे निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । साउदीको स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण देखिएकालाई जाँच गराउन निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको हो । तोकेको ठाउँमा गएर कोरोना जाँच गराउन सकिने भएकाले जाँच गराउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । जाँच गराउने ठाउँको तालिक तल हेर्नुस्  :...
कोरोना महामारीमा स्थानीय तहको काम प्रशंसनीय छ : प्रधानमन्त्रि ओली

कोरोना महामारीमा स्थानीय तहको काम प्रशंसनीय छ : प्रधानमन्त्रि ओली

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  कोरोना महामारीको समयमा स्थानीय तहहरुले गरेको काम प्रशंसनीय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले महामारीमा कसरी काम गर्ने भन्ने अनुभव नभएका पालिकाका जनप्रतिनिधिहरुले महामारी नियन्त्रण तथा राहतको लागि उत्कृष्ट काम गरेको बताउनुभएको हो  । उहाँले भन्नुभयो, ’एकैपटक महामारी आयो, नयाँ किसिमको रोग, बजेटको सिमितता छ, उद्धार, राहत, सङ्क्रमण नियन्त्रण, परीक्षण, उपचार सबै काम एक्कासी गर्नु पर्दाको अवस्थामा संयमताको साथ उत्कृष्ट काम गरिरहेको छ ।’ भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको संख्या बढेको र ८५ प्रतिशत संक्रमितहरु भारतबाट घर फर्किएकाहरु रहेको प्रधानान्त्री ओलीले बताउनुभयो । एक्कासी आएका मानिसलाई खान बस्नको व्यवस्था, परीक्षण, उपचारको लागि पालिकाका जनप्रतिनिधिहरुले उत्कृष्ट व्यवस्थापन गरेको उहा...
अप्ठेरोमा राष्ट्र नै एक भयो : प्रधानमन्त्री ओली

अप्ठेरोमा राष्ट्र नै एक भयो : प्रधानमन्त्री ओली

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  आज प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय र अरु जटिल विषयमा देखिएको राष्ट्रिय एकताको प्रशंसा व्यक्त गर्नुभएको छ । संविधान संशोधनको विधेयेकमा प्रतिपक्षीले पनि समर्थन गरेको र सरकारको प्रसंशा गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनु हुदै खुसी व्यक्त गर्नुभएको हो । संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले दलीय व्यवस्थामा यस्ता राष्ट्रिय एकता कहिलेकाँही मात्रै देख्न पाइने तर नेपालको सन्दर्भमा देशलाई अप्ठेरो पर्दा राष्ट्रिय एकता दिइहाल्ने गरेको र सबैले जिम्मेवारीबोध गर्ने अत्यन्तै राम्रो चलन रहेको बताउनुभयो । राष्ट्रियताको पक्षमा बौद्धिक समाज, नागरिक, सञ्चारमाध्यमलगायतले गरेका पहल पनि उदाहरणीय रहेको छ । कहिलेकाहीँ राष्ट्रिय एकताको व्यवधान नपर्ने गरी असहमति देखा पर्ने गरेको तर जनभावना देशलाई अघि बढाउने गरी असहमति नभएकोमा प्रधानमन्त्रीले खुस...
क्वारेन्टाइनमा यात्रु लाँदै गरेको टिप्पर कर्णालीमा खस्यो, करिब ३० जना बेपत्ता

क्वारेन्टाइनमा यात्रु लाँदै गरेको टिप्पर कर्णालीमा खस्यो, करिब ३० जना बेपत्ता

समाचार
 पूणर्पुष्टि, जेष्ठ, २८ भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको छ । उक्त घटना कालिकोटमा भएको हो । ना८ख ५१३३ नम्बरको टिप्पर यात्रु बोकेर कर्णाली करिडोर अन्तर्गत बाट जाँदै  गर्दा लालीघाटको भीरबाट नदीमा खसेको स्थानीय दिलबहादुर शाहीले जानकारी दिए । उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै गरेको जानकारी आएको छ । ३९ जना सवार रहेको टिप्पर दुर्घटना हुँदा  करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ भने, स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् । प्रहरीका अनुसार क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको बताएको छ, भने बाँकी थप अनुसन्धान बाट खुल्ने जनाएको छ । दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोट जानका लागि साना ...
उत्तर नाईजेरियामा आक्रमणमा परि  ५९ जनाको मृत्यु

उत्तर नाईजेरियामा आक्रमणमा परि ५९ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, जेठ २८ गते ।  आक्रमणमा परि उत्तरी नाइजेरियामा कम्तीमा ५९ जनाको मृत्यु भएको छ । आक्रमणमा जिहादी समूहको संलग्नताको आशङ्का गरिएको छ । बोर्नो प्रान्तको गुबिओ जिल्लास्थित एक दुर्गम गाउँमा बन्दूकधारी समूहले मङ्गलबार दर्जनौँको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । गाउँले विरोधमा उत्रिदा जिहादी समूहले प्रतिकार स्वरुप आक्रमण गरेको सञ्चारमाध्यमले जनाएको छ । अहिलेसम्म क्रमणको कुनै समूहले जिम्मेवारीको लिएको छैन । यद्दपि उत्तरी नाइजेरियामा जिहादी समूह बोको हराम र इस्लामिक स्टेट सक्रिय छन् । बोको हराम इस्लामिक स्टेटकै ब्यानरमुनि आक्रमणका घटनाहरु गर्दै आएको छ । बोर्नो प्रान्तको सिबोकको एक विद्यालयका २ सय ७० बालबालिकालाई बन्धक बनाएपछि बोको हराममाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको थियो । उक्त समूह छिमेकी राष्ट्र चाड, नाइजर र क्यामरुनमा समेत सक्रिय छ । यसै वर्षको मा...
पहिरोले गोठ पुरिँदा २ जनाको मृत्यु

पहिरोले गोठ पुरिँदा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,  जेठ २८ गते ।  म्याग्दीमा पहिरोले एक गोठ पुरिदा दुई जनाको मृत्यु भएको छ  । गतराती परेको भिषण वर्षाकाको कारण आएको पहिरोले रघुगङ्गा गाउँपालिका ६ पाखापानीको कोटगाउँमा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको हो । पहिरोले गोठ पुरिँदा कोटगाउँका ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिमरन छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । करिब मध्यराति १२ बजे भिषण वर्षासँगै आएको पहिरोले गोठ पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोले पशु चौपायालाई भ क्षति नगरेको प्रहरीले जनाएको छ ।...
एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने ३ जना पक्राउ

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  लकडाउनेको मौका छोपेर पर्सामा एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने तीन जना पक्राउ परेका छन् । अल्पाइन मेडिकल कलेज शिक्षण अस्पताल सिमरा, बाराको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्समा ५६ किलो गाँजा बोकेको अवस्थामा वीरगञ्ज महानगरपालिका–२७ बाट तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । एम्बुलेन्समा गाँजा ओसार्ने सर्लाहीको लालबन्दीका जीतबहादुर वाइवा, दिलबहादुर वाइवा र पर्साका हरिशंक महतोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
लद्दाखबाट भारत र चिनको सेना पछि हट्यो

लद्दाखबाट भारत र चिनको सेना पछि हट्यो

समाचार, संसार
पूर्णपुष्टि, जेठ २८ गते ।  चिन र भारत विचको विवादित सीमा क्षेत्र लद्दाखबाट दुवै देशका सेना पछि हट्न थालेका छन् । बुधबार पूर्वी लद्दाखको ’हट स्प्रिङ्स’ क्षेत्रमा दुई देशका उच्च सैनिक अधिकारीबीच वार्ता हुनुअघि दुवै देशका सेना नियन्त्रण रेखाबाट पछि हटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सीमा क्षेत्रबाट भारतले भन्दा चीनले धेरै सैनिकलाई पछि हट्न भनेको छ । यसअघि गएको आइतबार पनि दुई देशका जर्नेलस्तरमा वार्ता भएको थियो । वार्ताले सीमा समस्याको लागि सैनिक कुटनीतिक र राजनीतिक तहमा वार्ता सल्टाउने सहमति गरेको थियो । पहिलो चरणको वार्तापछि चीनसँग कुटनीतिक स्तरमा वार्ता भइरहेको र दुई वटै देश सक्षम नेतृत्व रहेकोले सीमाको तनाव लामो समय नरहने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका थिए । लद्दाख क्षेत्रमा भारत–चीनका सेनाबीच बर्सेनि एकरदुई पटक झडप हुने भए पनि यो वर्ष भने महिनैपिच्छे झडप भइ...