Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

१ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय पुग्यो

१ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय पुग्यो

समाचार, स्वास्थ्य
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०० नजिक पूर्णपुष्टि, जेठ २८ गते ।  आज १ न. प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय नजिक पुगेको हो । बुधबार थपिएका कोरोना संक्रमितहरु मोरङमा ८ जना, झापामा ५ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । मोरङका संक्रमित रतुवामाई नगरपालिकाको सौठा र इटहरा क्वारेन्टाइनमा बसिरहेकाहरु हुन् । झापाको मेचिनगर नगरपालिकामा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादह नगरपालिकामा १ जना संक्रमण देखिएको छ हो । गौरादहका संक्रमित महिला हुन् । त्यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाईएको छ । १ न. प्रदेशमा उपचारपछि निको हुनेको संख्या १ सय २५...
नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पष्टि

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । आज थपिएका नयाँ संक्रमित मध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४ हजार ५५ पुरूष र ३ सय ९ जना महिला रहेको जनाईइएको छ । त्यस्तै आज थप ९० कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको छ ।...
स्याङ्जाका ३ जना कोरोना संक्रमित उपचारपछि निको भए

स्याङ्जाका ३ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  स्याङ्जाका ३ जना  कोरोना संक्रमित उपचारपछि निको भएका छन् । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका ६ जनामध्ये ३ जना कोरोना संक्रमितको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । वालिङ नगरपालिकाका २१ वर्षका पुरुष र गल्याङ् नगरपालिकाका २७ र ४० वर्षका पुरुष डिस्चार्ज भएको जनाईएको छ ।...
रौतहटमा थप ५३ जना कोरोना संक्रमण पुष्टि

रौतहटमा थप ५३ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,जेठ २८ गते ।  आज रौतहटमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गौरका २३, इशनाथका १४, राजपुरका १४ र कटहरियाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
सरिता गिरीलाई कारबाही गर्न युवा संघको माग

सरिता गिरीलाई कारबाही गर्न युवा संघको माग

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले सांसद सरिता गिरीलाई कारबाही गर्न माग गरेको छ । आज राष्ट्रिय युवा संघले एक प्रेस विज्ञप्ति जारी गर्दै जनता समाज पार्टीकी नेतृ समेत रहेकी गिरीले संसदमा दिएको अभिव्यक्ति असंवैधानिक, राष्ट्रहित प्रतिकुल एवं देशको स्वाभिमान माथि आँच आउने खालको र राष्ट्रहित विपरितको हर्कत देखाएको भन्दै कारबाहीको माग गरेको हो । यस्तो गैर आचरण र कार्य गर्ने संसद गिरीलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । राष्ट्रिय युवा संघले यस्तो गैर जिम्वेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्व फिर्ता वोलाउन सम्वन्धित राजनीतिक दलसँग आग्रह समेत गरेको छ । संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएको भन्दै युवा संघले आपत्ति जनाएको छ ।...
प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गर्नुभएको थिायो । बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिए । कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक बर्षको लागि बजेटको आकार घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ७१ लख रुपैयाँको बजेट ल्याएको थियो । प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै ...
बारामा थप ८ जना कोरोना संक्रमण पुष्टि

बारामा थप ८ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते । आज बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिका स्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका–७ का १९ र २७ वर्षीय पुरुष, ५ न. वडाका ४५ र २७ वर्षीय पुरुष, ६ न. वडाका २३ र ३८ वर्षीय पुरुष, ३ न. वडाका १२ र २ का ४० वर्षीय पुरुष रहेका छन् । संक्रमित सबै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमण पुष्टि भएका सबै जना भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका थिए ।...
भारतबाट आउँदै गरेका सुस्ताका १ जनाको मृत्यु

भारतबाट आउँदै गरेका सुस्ताका १ जनाको मृत्यु

समाचार
पूर्णपष्टि, जेठ २८ गते ।  भारतबाट स्वदेश आउँदै गरेको सुस्ताका एक जनाको मृत्यु भएको छ । भारतको मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका एक नेपालीको सुनौलीमा मृत्यु भएको हो । मृत्यु हुने नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका (साविकको कुडिया गाविस– ७) का ३५ वर्षका पुरुष रहेको जनाईएको छ । ३ दिनअघि भारतको मुम्बईबाट पाल्पाका ३ जना साथीसहित बसमार्फत आएका उनी मंगलबार राति करिब ४ बजेतिर सुनौली आइपुगेको प्रहरीले जनाएको छ । सुनौली बजारमा बसेका उनले बिहान एक्कासी वान्ता गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुलिनसकेको जनाईएको छ ।...
१ किलो बटर किन्दा १ किलो सित्तैमा

१ किलो बटर किन्दा १ किलो सित्तैमा

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  कृषी तथा पशुपञ्छि विकास मन्त्रालयले लकडाउनका कारण दुग्ध पदार्थको बिक्री घटेपछि ‘अफर’ योजना ल्याउने तयारी गरेको छ । उपभोक्ताले एक किलो चिज, धुलो दूध वा बटर किन्दा अर्को एक किलो सित्तैमा वा दुई किलोमा थप एककिलो सित्तैमा पाउने योजना घोषणा गर्न छलफल थालेको मन्त्रालयले जनाएको छ । दुग्ध पदार्थ उत्पादन गर्ने गोदाममा थन्किएका झण्डै सात हजार टन धुलो दूध, चिज र बटर बिक्रीका लागि गरिएको विभिन्न प्रयास असफल भएपछि निजी क्षेत्रका व्यवसायीसँग तेस्रो विकल्पको रुपमा यो छलफल अघि सारको  मन्त्रालयले जनाएको छ । अहिले साढे तीन हजार टन पाउडर दूध, त्यति नै बटर र ५० करोड रुपैयाँ हाराहारीको चिज स्टकमा छ । तिनको बजार मूल्य साढे ४ अर्ब हाराहारी हुने मन्त्रालयको आकलन छ । बटर प्रतिकिलो ६ सय ५०, चिज १२ सय र पाउडर दूध ६ सय रुपैयाँ पर्छ । व्यवसायी राजी भए अफरमा सरकारले केही अनुदान...
म्याद सकिएका खाद्य वस्तु बिक्री गर्ने २२ वटा पसल बन्द

म्याद सकिएका खाद्य वस्तु बिक्री गर्ने २२ वटा पसल बन्द

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  भोजपुरमा म्याद सकिएका अखाद्यवस्तु विक्रि वितरवण गने २२ वटा पसल जिल्ला प्रशासनले बन्द गरेको छ । लकडाउनको समयमा म्याद सकिएको खाद्य वस्तु विक्री वितरण गरेको जनगुनासो आएपछि प्रशासनले छड्के अनुगमन गर्दा सदरमुकाम आसपासको २२ वटा पसलमा फेला परेको र विक्रि वितरणमा रोक लगाएको हो । ग्रामीण भेगमा बढी मात्रामा सामान बिक्री गर्ने भोजपुरको दावा बलौटेमा रहेको लक्ष्मी किराना पसल, यमुना स्टोर, कान्तिपुर किराना पसल, विद्याधारी किराना, कुमकुम स्वीट हाउसलगायत गरी २२ वटा पसलहरुको बिक्रीमा रोक लगाएको हो । बिक्रीका लागि राखिएका चामल, दाल, तेललगायत सामग्रीमा उपभोग्य मिति, उत्पादन मिति फेला नपरेपछि बन्द गरिएको जिल्ला प्रशासनले जनाएको छ । मिति सकिएका सामानहरु लकडाउनलाई उपयोग गरेर व्यापारीले बेच्न थालेकोको गुनासो आएपछि अनुगमनलाई तीव्रता दिएको जनाईएको छ । पछिल्लो समय लकडाउनको मौक...