Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

टिप्परको ठक्करबाट हवल्दारको मृत्यु

टिप्परको ठक्करबाट हवल्दारको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  हेटौँडामा टिप्परको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । टिपरले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार नेपाल प्रहरीका हल्दारको मृत्यु भएको हो । हिजो बेलुका करिब ९ बजे टिप्परको ठक्करबाट मृत्यु भएको मृतक अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत प्रहरी हवल्दार केशरदोर्जे थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्र३–०२–०१२ प १३३८ नम्बरको स्कुटरमा रहेका थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना ८ ख ७५५८ नम्बरको टिप्परले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
एसईई परीक्षा नगर्ने सरकारको निर्णय

एसईई परीक्षा नगर्ने सरकारको निर्णय

शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने सरकारले निर्णय गरेको छ । गतराती बसेको बैठकले (एसईई) परीक्षा नगर्ने र विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसदमा पेश हुने सङ्घीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जनाएको छ । शैक्षिक सत्र २०७६ को परीक्षा साविकब मोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो । अहि...
उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । उदयपुरमा फेरी थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाईनमा रहेका २४ वर्षीया महिला र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । गत १९ गते ५३ जनाको नमुना स्वाव संकलन गरी परिक्षणको लागी काठमाण्डौँ पठाएको थियो । उक्त नमुना स्वाव परिक्षणमा यस अघि नै ४८ जनाको रिपार्ट नेगेटिभ आएपछि उनीहरुलाइ घर पठाई सकेको थियो । परिक्षणको रिपोर्ट आउँन बाँकी रहेका ५ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरु सवै भारतबाट आई क्वारेन्टाईनमा बसेका हुन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जिल्लाको हकमा हिजो मात्रै उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा पहिलोपटक संक्रमित देखिएको हो ।...
कटारी नपामा पनि एकजनामा कोरोना पुष्टि

कटारी नपामा पनि एकजनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ । उदयपुरको कटारी नगरपालिकामा पनि एकजना कोरोना संक्रमित पुष्टि भएको छ । नगरपालिकाको वडा नं. १ बेलस्रोत स्थित नेपाली सेनाको रणसार्दुल गणको व्यवस्थापनमा रहेको क्वारेन्टाइनमा रहेका एक २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको होे । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितको पुष्टी काठमाडौं टेकुको प्रयोगशालाले गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार आजै उदयपुरगढीमा पनि १ जना २३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । कटारी र उदयपुरगढीमा एक/एक जनामा कोरोना संक्रमण भएको आधिकारिक जानकारी आएको हो । कटारीसमेतमा कोरोना देखिएपछि उदयपुरमा चार नगरपालिका र एक गाउँपालिका गरी पाँचवटा पालिकामा संक्रमण देखिएको छ । पछिल्लो समय भारतबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखेर परिक्षण गरिदा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प...
रुकुम हत्या काण्डको दोषिलाई हदैसम्म कार्वाहीको माग गर्दै  गाईघाटमा दबाब र्याली

रुकुम हत्या काण्डको दोषिलाई हदैसम्म कार्वाहीको माग गर्दै गाईघाटमा दबाब र्याली

समाचार
पूणर्पुष्टि, जेष्ठ, २८ गाइघाट/रुकुम हत्या काण्डमा संलग्न दोषिहरुलाइ तत्काल कार्वाही गरी पिडितलाई उचित न्याय दिलाउन माग गर्दै गाईघाटमा बुधवार दबाब र्याली तथा कोणसभा भएको छ ।  संयुक्त राजनितिक दलित संघर्ष समिति उदयपुरले दोषिहरुलाई सत्य तथ्य छानविन गरी तत्काल कार्वाहीको दायरामा ल्याउनु पर्ने माग राख्दै दबाब स्वरुप बिरोध गरेका हो । रुकुम हत्या काण्डको मुख्य जड जातिय भेदभाव नै रहेको भन्दै समितिले घटना प्रति आपत्ति जनाउँदै बिरोध गरेको छ । जाजरकोटका नवराज विक रुकुम सोति स्थित मल्ल परिवारमा केटि भगाउन जाँदा उक्त घटना घटेको थियो । यसै घटनाको सत्य तथ्य र निष्पक्ष छानविमा दबाब दिन उदयपुरमा संयुक्त राजनितिक दलित संघर्ष समिति गठित भएको थियो । समितिले बुधबार बाट र्याली प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानविन र दोषिलाई कार्वाहीको लागि खबरदारी गर्दै आएको समितिका सहसंयोजक सुमन परियारले बताउनुभयो । ...
सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते । आज सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हो । कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकामा २२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या १ सय ६४ पुगेको छ । अहिले सम्म कैलालीका ६०, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।...
जपान र हङकङ चार्टड गर्दा अनियमिता भएको छानविन गर्न छानविन समिति गठन

जपान र हङकङ चार्टड गर्दा अनियमिता भएको छानविन गर्न छानविन समिति गठन

समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  नेपाल एअरलाइन्सले जापान र हङकङमा गरेको चार्टर्ड उडानमा व्यापक अनियमितता भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । एयरलाइन्सको जहाज हङकङ र जापानको लागि चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरुले यात्रुबाट अस्वाभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको गुनासो आएको भन्दै मन्त्रालयले छानबिन समिति गठन गरेको हो । यस विषयमा जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के आधारमा के कति भाडा लिएको भन्ने सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजक रहेको समितिमा मन्त्रालयका उपसचिव राजन नेपाल, पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य रहेक...
२ न. प्रदेशमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

२ न. प्रदेशमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  आज २ न. प्रदेशमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै २ न. प्रदेशमा कोरोना संक्रमितको संख्या १ हाजार ५ सय ९२ पुगेको छ । सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, रौतहटमा ६८ र बारामा ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । सप्तरीको छिपरमाई गाउँपालिकाको क्वारेन्टिनमा १ जना महिलासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिराहाको सिराहा नगरपालिकास्थित सत्यनारायण सूर्य नारायण मरबैता यादव क्याम्पसको क्वारेन्टिनका ११ जना, बरियारपट्टी माध्यमिक विद्यालयमा १ जना र खुशीपुरमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको जलेश्वर नगरपालिकामा सञ्चालित क्वारेन्टिनका ६ जना महिलासहित ३१ जना र मनरा सिसवा नगरपालिकामा सञ्चालित क्वारेन्टिनका १३ जनामा संक्रमण देखिएक...
नेपालमा थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  आज नेपालमा थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित उपचारपछि निको संख्या ६ सय ७४ जना पुगेको हो । कोशी अस्पतालबाट ६, कोभिड १९ अस्पताल बलम्बुबाट १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १, कोभिड १९ अस्पताल जनकपुरबाट ३७, महेन्द्र गेनाई आइसोलेसन सिराहाबाट २० र  कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म उपचारपछि डिस्चार्ज भएका मध्ये ५ सय ९५ जना पुरुष र ८९ जना महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...
आज कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

आज कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  आज कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ८ पुगेको हो । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या २९ पुगको छ भने ३ जनाको मृत्यु भईसकेको छ ।...