Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

राष्ट्रियसभामा प्रतिलिपि अधिकार विधेयक स्वीकृत

राष्ट्रियसभामा प्रतिलिपि अधिकार विधेयक स्वीकृत

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  आज बसेको राष्ट्रियसभाको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदले उठाएका जिज्ञासाका जवाफमा संस्कृतिमन्त्री  भट्टराईले कला, साहित्य र सिर्जना तथा स्रष्टाको अधिकार संरक्षण गर्ने ध्येयका साथ सरकारले तत्कालीन ‘प्रतिलिपि अधिकार ऐन’ माथि संशोधन गर्न विधेयक ल्याएको स्पष्ट गर्नुभयो । स्रष्टाको सिर्जना आफैँमा महत्वपूर्ण हुने भएकाले उनीहरुको अधिकार संरक्षण गर्नु र सम्मान प्रदान गर्न जरुरी रहेकामा जोड दिँदै भन्नुभयो । ‘नाम चलेका वा नचलेका स्रष्टा सबैलाई यो संशोधनले समेट्ने प्रयास गरेको छ । विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई समेत ऐनमा समेट्ने प...
आइसोलेशनमा अझै आएन संक्रमित

आइसोलेशनमा अझै आएन संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  रोल्पामा बनेको आईसोलेशनमा अझै संक्रमित आएको छैन । सदरमुकाम लिवाङमा जिल्ला स्तरीय आइसोलेशन बनेपनि संक्रमित आएका छैनन् । गत जेठ २५ गते पहिलो पटक ३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ४ दिन वितिसक्दा समेत संक्रमितहरु क्वरेन्टीनमै रहेका छन् । सदरमुकामको जलजला बहुमुखी क्याम्पसमा ५० शय्याको आइसोलेशन सेन्टर स्थापना गरिएको भएता पनि बिहीबार बिहानसम्म कोही संक्रमित नआएको आइसोलेशनको रोप्पा अस्पतालका डा. अनिल केसीले बताउनुभयो । उहाँले भन्नुभयो “हिजो ल्याउने भन्ने खबर आएको थियो तर पछि गाडीको समस्या भयो भन्ने खबर आयो । आज आउने सम्भावना छ ।”...
त्रियुगा माविमा पाठ्य पुस्तक वितरण

त्रियुगा माविमा पाठ्य पुस्तक वितरण

शिक्षा, समाचार
पूणर्पुष्टि/जेष्ठ, २९ गाईघाट/त्रियुगा नमुना माध्यमिक विद्यालयका काक्षा १० मा अध्यानरत विद्यार्थीहरुलाई पाठ्य पुस्तक बिहिबार वितरण गरिएको छ । कोरोनाका कारण शैक्षिक संस्था तथा पठनपाठका क्षेत्रहरु पनि अहिले ठुलो प्रभावमा परेको भन्दै नयाँ शैक्षिक पठनपाठनलाई  तिव्र बनाउन पुस्तक वितरण कार्यलाइ अघि सारेको विद्यालयका प्रध्यानाध्यापक सुवास विष्टले बताउनुभयो । विष्टले कितावको पठनपाठनलाई घरमै बसेर पनि अध्यान गरी शिक्षालाई निरन्तर दिन सर्वप्रथम पाठ्य पुस्तक वितरण गरिएको बताउनुभयो । विद्यालयमा एक कार्यक्रमको विच त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले विद्यार्थीहरुलाई पुस्तक हस्तान्तरण गर्नुभयो । पुस्तक हस्तान्तरण गर्दै मेयर चौधरीले यतिवेला शिक्षामा ठुलो असर परेको बताउनुभयो । बाध्यतावस शिक्षालाई पनि सहज तरिकाले निरन्तर दिन नसक्दा विद्यार्थीहरुको शैक्षिक सुधार र पठनपाठनमा समस्या आएको उहाँले बता...
भारतमा लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमित दर बढ्यो

भारतमा लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमित दर बढ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  लकडाउन खुकुलो पारेपछि भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएका छ भने ३ सय ५७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित थपिने र मृत्यु हुनेको संख्या अहिलेसम्म कै उच्च हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८६ हजार नाघेको छ भने मृत्युय हुनेको संख्या ८ हजार नाघेको जनाईएको छ ।...
खटबाट लडेर १ बालिकाको मृत्यु

खटबाट लडेर १ बालिकाको मृत्यु

समाचार
सुनसरी, जेठ २९ गते । सुनसरीमा खाटबाट लडेर एक बालिकाको मृत्यु भएको छ । कोशी गाँउपालिका–३ बस्ने १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको हो । हिजो दिउँसो ४ बजे आफ्नै घरमा खाटमा बसेर टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडेर बेहोस भएको पछि उपचारको लागी अस्पताल लैजाने क्रममा कबिर सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ८ हजार १ सय २ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि भारतमा २ लाख ८५ हजार ५ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित मध्ये १ लाख ४१ हजार २९ जना उपचारपछि निको भएरका छन् । सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ९४ हजार ४१ संक्रमित फेला परेको मध्ये ३ हजार ४ सय ३८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३६ हजार ८ सय ४१ संक्रमित फेला परेको छ भने ३ सय २६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३२ हजार ८ सय १० जनामा संक्रमण भेटिएको मध्ये ९ सय ८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरा...
मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव स्पष्ट छैन : डब्लूएचओ

मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव स्पष्ट छैन : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । पृथ्वीको दक्षिण धु्रवमा जाडो मौसम आउँदा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले नियमित प्रेस ब्रिफिङमा बताउनुभएको हो । कोरोना भाइरसको सङ्क्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा सङ्क्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मीयामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उहाँको भनाइ छ । मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उहाँले सुझाव दिनुभएको छ ।...
बिस्तारै पानी पर्ने क्रम बढ्ने

बिस्तारै पानी पर्ने क्रम बढ्ने

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  मनसुन भित्रिन लागेकाले बिस्तारै पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनका लागि उपयुक्त प्रणाली बन्ने क्रममा रहेकाले अब पानी पर्ने क्रम बढ्दै जाने महाशाखाले जनाएको छ । अब मनसुन अघिको अवस्था भन्दा फरक पानी पर्न थाल्नेछ । सामान्यतया मनसुन अघिको अवस्थामा झ्वार्र पानी परेर रोकिन्छ भने मनसुनमा निरन्तर पानी परिरहनेछ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने भएपनि केही वर्षयता ढिला भित्रिएर ढिला नै बाहिरिने गरेको छ । अबको १÷२  दिनमा नेपालमा मनसुन भित्रने देखिएकाले त्यसपछि नै मनसुन भित्रिएको घोषणा गर्ने तयारी गरेको जनाईएको छ । आज देशको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।...
पूर्वखोला गाउँपालिकाद्वारा पीसीआर किट खरिद

पूर्वखोला गाउँपालिकाद्वारा पीसीआर किट खरिद

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  पाल्पाको एक गाउँपालिकाले आफ्नै खर्चमा पीसिआर किद खरिद गरेको छ । पूर्वखोला गाउँपालिकाले कोरोना परीक्षणका लागि पीसीआर किट खरिद गरेको हो  । पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्नेको संख्या बढ्दै गएपछि कोरोना परीक्षणका लागि पालिकाले आफ्नै खर्चमा किट खरिद गरिएको जनाएको छ । क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षणको तयारी भैरहेको पालिकाले जनाएको छ । सरकारबाट किट उपलब्ध नहुँदा लामो समयसम्म क्वरेन्टीनमा राख्नु परेपछि उनीहरुमा सङ्क्रमण देखिए अरुलाइसमेत जोखिम हुने भएकाले किट खरिद गरेको जनाएको छ । गाउँपालिकाले घर फर्किएका लगायत अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको कोरोना परीक्षण गर्ने तयारी गरेको जनाएको छ । पाल्पामा अहिलेसम्म २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।...
वडा कार्यालयमा स्थानीयको ताला

वडा कार्यालयमा स्थानीयको ताला

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  खोटाङको एसेलुखर्कका एक वडा कार्यालयमा स्थानीयहरुले ताला लगाएको छ । वडा कार्यालयको भवन निर्माणका क्रममा वडाध्यक्ष सन्तवीर तामाङले आफुखुसी गरेको भन्दै ४ वडा सदस्य र स्थानीयले बुधबार ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा ताला हो । भवन निर्माणका लागि चार वडा सदस्यलाई थाहै नदिइ उपभोक्ता समिति गठन गरिएको, भवन कस्तो बनाउने भन्ने इन्जिनियरिङ इस्टिमेट नबनाइएको, हालसम्म भवन बनाउने जग्गा छनौट नभएको, अघिल्लो योजनामा पदाधिकारी रहेर हालसम्म योजना सञ्चालन गरिरहेका व्यक्तिलाई समेत भवन निर्माण उपभोक्ता समितिमा पदाधिकारी राखिएको भन्दै उनीहरुले वडा कार्यालयमा ताला लगाएका हुन् । भवन निर्माणका क्रममा भएका कमजोरी नसच्याएसम्म ताला नखुलाइने वडा कार्यालयमा टाँसिएको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाबाट विनियोजन गरिएको २५ लाख बजेटबाट बाकाचोलमा वडा कार्यालयको भवन निर्म...