Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

रोल्पामा थप १४ जना कोराना संक्रमण पुष्टि

रोल्पामा थप १४ जना कोराना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एक जनामा महिलासहित १४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै जना सुनिलस्मृति गाउँपालिकाको रहेको जनाईएको छ । योसँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ । संक्रमित हुनेमा सुनिलस्मृति गाउँपालिका–४ का १०, ८ न. वडाका ३ र ७ न. वडाका १ जना रहेको छ । उनीहरु सबै जना भारतबाट आई विभिन्न विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाहरु रहेको जनाईएको छ ।...
नातीले हिर्काउँदा हजुरआमाको मृत्यु

नातीले हिर्काउँदा हजुरआमाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  डडेल्धुरामा नातीले ढिकीको मुशलले हिर्काउदा हजुरआमाको मृत्यु भएको छ । हिजो साँझ जिल्लाको गन्यापधुरा –२ कुवरगाउँका २४ वर्षीय रोशनराज गिरीले धान कुट्ने ढिकीको मुशलले हिर्काउँदा हजुरआमा ७३ वर्षीया राधादेवी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । नातीको आक्रमणबाट गम्भीर घाइते भएका राधाको उपचारको लागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोट स्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ  । मृतकका छोराले दिएको किटानी अनुसार गिरीविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिइसकेको छ ।...
आज थप २५० जनामा कोरोना संक्रमण पुष्टि

आज थप २५० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  आज नेपालमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३० जना पुरुष र २० जना महिला थपिएपछि नेपालमा संक्रमितको संख्या ४ हाजार ६ सय १४ पुगेको हो । सुनसरी ३, रौतहट ४२, बारा ७, धादिङ ७, सर्लाही ४, सप्तरी ९, रौतहट १५, महोत्तरी ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप  १ सय ८७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १ सय ७९ पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ८ सय ६१ ज्ना पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा १५ जनाको मृत्यु भई...
विश्व बैंकले नेपाललाई ५४ अर्ब ऋण दिने

विश्व बैंकले नेपाललाई ५४ अर्ब ऋण दिने

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  विश्व बैंकले नेपाल सरकारलाई ५४ अर्व ऋण दिने भएको छ । सडक सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीको लागि मार्ग निर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीको अवसर प्रदान गर्ने परियोजनाको निम्ति बैंकले रकम आज स्वीकृत गरेको हो । नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डको सुधार तथा कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नतिको निम्ति स्वीकृत रकमबाट नेपालको रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाका साथै क्षेत्रीय सडक सम्पर्क बढ्ने विश्वास बैंकले व्यक्त गरेको छ । रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजना भारत र अन्य देशसँगको सम्पर्क तथा व्यापार बढाउन महत्वपूर्ण हुने, परियोजनाले सीमा नाकामा व्यापार अनुकूल भौतिक पूर्वाधार तथा अवरोधरहित कृषि उपजको निर्यातमा टेवा पुग्ने बैंकले निकालेको विज...
त्रिकोणात्मक सिरिज स्थगित

त्रिकोणात्मक सिरिज स्थगित

खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज स्थगित भएको छ । कोरोना भाइरसको कारण स्कटल्याण्डमा हुने भनिएका त्रिकोणात्मक सिरिज क्रिकेट बोर्डले स्थगित गरेको जनाएको छ । बोर्डले विज्ञप्ति निकाल्दै नवौँ चरणका खेलहरु स्थगित भएको जनाएको हो । स्कटल्याण्ड क्रिकेटको आग्रहपछि आईसीसीले सिरिज स्थगित गरेको जनाएको छ । प्रतियोगितामा नेपाल, नामिबिया र स्कटल्याण्डले जुलाई ४ देखि ११ सम्म खेल्ने तालिका थियो । सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट प्रक्रियाको रुपमा रहेको यो प्रतियोगिता अब कहिले हुन्छ भन्नेमा आईसीसीसँग समन्वय गरेर मिति तोक्ने जनाइएको छ । आईसीसी प्रतियोगिता प्रमुख क्रिस टेट्ले विभिन्न देशले कोरोनाको कारण विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएकोले त्यसको असर प्रतियोगितामा परेको जनाएका छन् । यसअघि कोरोनाकै कारण नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरि...
बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  आज बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । कोरोना नियन्त्रणको लागि सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै सरकारविरुद्ध प्रदर्शन भएको हो । सरकारले खर्चको विवरण भन्दा उपलब्धि देखाउनु पर्ने प्रदर्शनकारीले माग गरेका छन् । प्रदर्शनकारीहरुले ‘खै, खै, खै के उपलब्धि भयो ?, सरकारको पाराले दुःख पायो साराले, एकादेशको १० अर्बको कथा कठै मेरो देशको व्यथा, खर्च हैन उपलब्धि देखाउ, एक दुई तीन चार बन्द गर भ्रष्टाचार’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । सरकारले कोरोना रोकथामको लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको बताएपछि सदनदेखि सडकसम्म कहाँ–कति खर्च भयो भनेर पारदर्शी हिसाब देखाउन सरकारसँग आग्रह गर्दै आइरको छन् ।...
लकडाउन उल्लङ्घन गर्दा राष्ट्रपतिलाई जरीवाना

लकडाउन उल्लङ्घन गर्दा राष्ट्रपतिलाई जरीवाना

समाचार, संसार
पूर्णपुष्टि, जेठ २९ गते ।  लकडाउन उल्लंघन गर्दा युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले जरिबाना तिर्नु परेको जनाईएको छ । गत जुन ३ तारिखको दिन खेम्लेन्स्के शहरको एक क्याफेमा जाँदा जरिबाना तिरेको युक्रेनी प्रधानमन्त्री जेलेन्स्कीले बताएका छन् । क्याफेमा गएको केही समयपछि उनको कार्यालयले क्याफेमा कफी पिइरहेको उनको फोटो सार्वजनिक ग¥यो, त्यो समय क्याटरिङ सेवामा प्रतिबन्ध यथावत् थियो । साथै राष्ट्रपति जेलेन्स्कीले मुखमा मास्क पनि लगाएका थिएनन् । राष्ट्रपतिले कति जरीवाना तिरेको भन्ने विषय खुलाउन खुलाएको छेन  । जेलेनेस्कीले जानाजान कोभिड–१९ बाट संक्रमित हुन खोज्नु युक्रेनी नागरिकको लागि वास्तविक खतरा महसुस गरेको जनाईएको छ ।...
कुवेतबाट ३ सय नेपाली महिला आईपुगे

कुवेतबाट ३ सय नेपाली महिला आईपुगे

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  कुवेतले दिएको आममाफीमा सहभागी भएका ३ सय जना महिला काठमाण्डौ आइपुगेका छन् । कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत आममाफीमा सहभागी नेपालीलाई नेपाल ल्याइदिएको हो । कोरोनाको कारण लकडाउन भएपछि आज विहान पहिलो पटक कुवेतबाट नेपालीहरु स्वदेश फर्किएका छन् । पहिलो उडानमा र्फत १ सय ५० र दोस्रो उडानबाट १ सय ५० जना गरी ३ सय आममाफीमा सहभागी महिलालाई स्वदेश पठाइएको कुवेतका लागि नेपाली राजदूताबासले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने एउटा जहाजमा १ सय ५० र अर्को जहाजमा १ सय ४९ गरि २ सय ९९ जना नेपाली फर्किएको जनाएको छ । कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका  र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो । कुवेतले गएको अप्रिल महिनाभरी नै...
पूर्वी सिमा मेची पुलमा नयाँ नक्सा राखियो

पूर्वी सिमा मेची पुलमा नयाँ नक्सा राखियो

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  नेपालको पूर्वी सीमा नाका काँकडभिट्टाको प्रवेश द्वार रहेको मेची पुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठनको रूपमा रहेका राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा बिहीबार नक्सा राखिएको हो । पुलको मुखमा १० फिट लम्बाइ र ५ फिट चौडाइ भएको होर्डिङ बोर्डमा नयाँ नक्सा प्रदेश नम्बर १ का सांसद गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो । सांसद बुढाथोकीले राष्ट्रियताको सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताउनुभयो ।...
गण्डकी प्रदेशमा २७ जनामा डेङ्गी संक्रमण

गण्डकी प्रदेशमा २७ जनामा डेङ्गी संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  गण्डकी प्रदेशमा २७ जना डेङ्गी संक्रमित फेला परेको छ । प्रदेशको ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगका २७ जना संक्रमित फेला परेको हो । कोरोना भाइरसको जोखिमकाबीच डेङ्गी र स्क्रब टाइफसको संक्रमण समेत बढेको छ । म्याग्दीका ५ जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गी संक्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेका जनाईएको छ । गण्डकीका पर्वतमा २ तथा बाग्लुङ, तनहुँ र नवलपुरमा १/१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनाईएको छ । सबैभन्दा बढी डेङ्गी संक्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजना अनुसार लामखुट्टेको सर्भे गरिएको जनाईएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकोले त्यो क्षेत्रलाई डेङ्गी रोगको जोखिमयुक्त क्...