Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा अाज सवारीसाधन जाेर नम्बर

उदयपुरमा अाज सवारीसाधन जाेर नम्बर

समाचार
पूर्णपुष्टि, जेठ ३० । उदयपुरमा अाज सवारी साधन जाेर नम्बर सञ्चालन हुन पाउने जनाईएकाे छ । जिल्ला प्रहरि प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार अाज उदयपुरमा जाेर नम्बरका सवारि साधन चल्न पाउने व्यवस्था मिलाईएकाे छ । सरकारले भने बमाेजिम चारपांग्रेमा चालक बाहेक ३ जना र दुईपाङ्ग्रेमा १ जना सवार गर्न मिल्नेछ । सर्वसाधारणकाे सहजतालाई मध्येनजर गर्दै लकडाउन खुकुलाे पार्दै जाने क्रम अनुसार सवारी साधन पनि सञ्चालनमा जाेर, बिजाेर प्रणालि अबलम्बन गरिएकाे हाे ।...
अाजदेखि १ बजेसम्म बजार, पसल खुल्ने

अाजदेखि १ बजेसम्म बजार, पसल खुल्ने

समाचार
पूर्णपुष्टि, जेठ ३० । उदयपुरकाे सदरमुकाम गाईघाट अाजदेखि १:00 बजेसम्म खुल्न पाउने भएकाे छ । सरकारले विस्तारै लकडाउन खुकुलाेे पार्दै लैजाने भने अनुरुप प्रशासनले बजार, पसल खुल्ने समय बढाईएकाे हाे । विहानदेखि ११:०० बजेसम्म खुल्दै अाएकाे थियाे । ब्यापारि, ब्यवसायिकाे माग र सर्बसाधारणकाे सहजतालाई मध्येनजर गर्दै क्रमिकरुपले बजमर, पसल खुल्ला पार्दै लगिएकाे जिल्ला प्रहरि प्रमुख एसपि बिरबहादुर बुढामगरले बताउनुभयाे ।...
लिम्पियाधुरा, कालापानी, लिपुलेकको प्रमाण संकलन गर्न उप्रेतीको नेतृत्वमा विज्ञ समूह गठन

लिम्पियाधुरा, कालापानी, लिपुलेकको प्रमाण संकलन गर्न उप्रेतीको नेतृत्वमा विज्ञ समूह गठन

समाचार
पूर्णपुष्टि, जेड २९ गते । भारतले अतिक्रमण गरेको नेपाली भुभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्न सरकारले डा. विष्णुराज उप्रेतीको नेतृत्वमा विज्ञ समुह गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले उप्रेतीको नेतृत्वका ९ सदस्यीय विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो । विज्ञ समूहमा सूर्यप्रसाद सुवेदी, रमेश ढुंगेल, विपिन अधिकारी, जगत भूसाल, तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईँ र रामप्रसाद सुवेदी सदस्य छन् । जेठ ५ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नेपालले भारतसँगको अतिक्रमण विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको देखिन्छ । त्यसैका लागि सरकारले प्रमाण संकलन गर्न समिति विज्ञ समूह गठन गरेको हो । मा...
लकडाउनको नयाँ मोडालिटीमा, के खुल्ने के नखुल्ने

लकडाउनको नयाँ मोडालिटीमा, के खुल्ने के नखुल्ने

समाचार
पूर्णपुष्टि, जेठ २९ गते ।  नयाँ मोडालिटिमा लकडाउन सरकारले लागू गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा लकडाउनलाई खुकुलो बनाउन नयाँ मोडालिटी सरकारले कार्यान्वयनमा ल्याएको हो । समितिको प्रस्ताव अनुसार ३ चरणमा लकडाउन खुकुलो बनाउने सरकारको रणनीति छ । पहिलो चरण बिहीबारदेखि २१ दिनसम्म लागु हुने छ । अवस्था हेरेर त्यसको १५ दिनसम्म दोस्रो चरण र थप १५ दिनलाई तेस्रो चरण मानिनेछ । यसबीचमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयबाट जारी गरिएको सुरक्षा मापदण्ड अनिवार्यरुपमा पालना गरी केही क्षेत्र खुल्ने भए पनि केही क्षेत्र भने अझै केही समय बन्द नै रहनेछ । खुल्ने क्षेत्र  : स्वास्थ्य सेवासँग सबन्धित सबै सेवा र निजी क्लिनिकहरु पहिलेदेखि नै खुल्न थालेका छन् । यस्तै औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफुल, दुग्धपदार्थ, अण्...
पसल र डिपार्टमेन्ट स्टोर खुल्न पाउने

पसल र डिपार्टमेन्ट स्टोर खुल्न पाउने

समाचार
पूर्णपुष्टि, जेठ २९ गते । सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो । तर सपिङ मल भने खोल्न नपाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएयो  ।...
हवाई उडान तत्काल नखुल्ने

हवाई उडान तत्काल नखुल्ने

समाचार
पूर्णपुष्टि, जेठ २९ गते । नेपालमा हवाई उडान तत्काल नखुल्ने भएको छ । सरकारले तोकिएका बाहेक अन्य उडानलाई अनुमति नदिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराउनुभयो । यसरी तोकिएको समयमा विदेशबाट नेपाली नागरिकको उद्धारको काम भने जारी रहने जानकारी गराउनभयो ।...
त्रिनपा १६ नं. वडा कार्यालयको भवन सिलान्यास

त्रिनपा १६ नं. वडा कार्यालयको भवन सिलान्यास

समाचार
पूर्णपुष्टि, जेठ २९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ को वडा कार्यालय भवनको सिलान्यास एक कार्यक्रमकाबीच विहिबार भएको छ । भवनको सिलान्यास जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई र वडाध्यक्ष मानबहादुर राईले संयुक्तरुपमा गर्नुभयो । वडाको जाल्पाचिलाउने स्थित हालको वडा कार्यालय छेउको खाली जग्गामा भवन निर्माण गर्नेगरी सिलान्यास गरिएको हो । भवनको सिलान्याससंगै निर्माण कार्य पनि तिब्रतररुपमा थालिएको वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो । डेड करोड स्टिमेट रहेको तीनतले भवनको आधारभूत कामका लागि जिल्ला समन्वय समितिले १५ लाख रुपैया विनियोजन गरेको छ । सोही बजेटबाट भवनको बेसको कामहरु सम्पन्न गर्ने गरी काम तिब्ररुपमा थालिएकोछ । लकडाउनको पालना तथा कोरोना संक्रमणको सतर्कतासमेतलाई ध्यानमा राख्दै स्थानीय कामदारहरुबाट निर्माणको काम थालिएको वडासदस्य एवम् कार्यपालि...
पूर्ण रुपमा बैंक तथा वित्तीय संस्थाहरु खुल्ने

पूर्ण रुपमा बैंक तथा वित्तीय संस्थाहरु खुल्ने

समाचार
पूर्णपुष्टि,जेठ २९ गते । अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ने भएको छ । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुला हुने जानकारी दिनुभएको छ  । यस अघि एक तिहाई कर्मचारीहरु मात्रै राखेर बैंकहरुले सिमित शाखाबाट सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरु बन्द थियो । बैंकका सबै शाखाहरु खुला गरेर सेवा दिन पाउने खतिवडाले बताउनुभयो । सरकारले शुक्रबारबाट लागु हुने गरी लकडाउन खुकुलो बनाएको छ ।...
रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण

रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार ५७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । संक्रमण पुष्टि हुनेमा परोहाका ४९, कटहरियाका १, राजपुरका ४, गढीमाईका ३ जना छन् ।  
कर्णाली प्रदेशमा थप ५५ जना कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ५५ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  आज कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखको डुंगेश्वर पाउँपालिका वडा नं. १, ३, ४, ५ र ६ का ६ महिनाको शिशुसहित ३९ जना रहेका छन् । त्यसमध्ये चारजना महिला र ३५ जना पुरुष रहेका छन । दैलेखकै ९ जना संक्रमित पुरुषको स्थानीय तहको नाम खुलेको छैन । त्यस्तै सुर्खेतको चिङ्गाड गाउँपलिका वडा नं. १, २ र ४ का ६ जना पुरुष रहेका छन् । १ जना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. २ घर भए हाल चिङ्गाड–५ बस्दै आएका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म ६० जन...