Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा संक्रमितको संख्या ४३ पुग्यो, बेलकामा फेरी ३ जनामा पुष्टि

उदयपुरमा संक्रमितको संख्या ४३ पुग्यो, बेलकामा फेरी ३ जनामा पुष्टि

समाचार
पूर्णपुष्टि, जेठ ३० । उदयपुरमा थप ३ जना कोरोना संक्रमित पुष्टि भएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । जिल्लाको बेलका नगरपालिकामा ३ जना आज कोरोना संक्रमित पुष्टि भएको हो । २२, २६ र ३३ बर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । २ जना बेलका वडा नं. ९ का हुन् भने एकजना वडा नं. ३ को रहेको बुझिएको छ । उनीहरु तीनै जना भारतबाट आइ क्वरेन्टाइनमा बसेका थिए । गएको १९ गते झापाको गौरिगञ्ज नाका हुदै आएका उनीहरु मध्ये २२ र २६ वर्षे पुरुषहरु रामपुरको सिटिहल क्वारेन्टाइनमा बसेका थिए भने अर्का एकजना बुद्धचौक क्वारेन्टाइनमा रहेका थिए । उनीहरुको स्वाव नमुना संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा परिक्षणका लागि पठाइएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो । उनीहरुलाई विराटनगरस्थित कोशी कोरोना अस्पतालमा उपचारका लागि लैजाने तयारी भईरहेको बुझिएको छ । ...
भारतमा २ लाख ९७ हजार भन्दा बढी संक्रमित

भारतमा २ लाख ९७ हजार भन्दा बढी संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते । भारतमा २ लाख ९७ हजार भन्दा बढीमो कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९ सय ५६ जना नयाँ संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या २ लाख ९७ हजार ५ सय ३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४ सय ९८ पुगेको छ । भारतमा उक्त कोरोना संक्रमित मध्ये १ लाख ४७ हजार १ सय ९५ जना उपचारपछि निको भएको जनाईएको छ । भारतको सवै भन्दा बढी कोराना भाइरसको संक्रमण महाराष्ट्र प्रदेशमा देखिँएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म  ९७ हजार ६ सय ४८ जना संक्रमित पुष्टि भएको छ ।...
शसस्त्र प्रहरी पोष्टमा आक्रमण गर्ने भारतीय युवकको मृत्यु

शसस्त्र प्रहरी पोष्टमा आक्रमण गर्ने भारतीय युवकको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ ३० गते ।  सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोष्टमा भारतीय नागरिकले आक्रमण गर्दा सशस्त्र प्रहरीको जवाफि फाईरिङमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिकहरुले प्रहरी पोष्टमा आक्रमण गरी सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्र प्रहरीको जवाफी फाईरिङमा भारत सितामाढी जिल्ला पिप्रा प्रर्सैनी पंचायताका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको हो छ । एक सय जना भन्दा बढीको समूहमा आएका भारतीयले नारायणपुरमा रहेको सशस्त्र प्रहरी पोष्ट माथि घेरा हालेर हतियार खोसेको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय समूहले खोसेर लगेको हतियार सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ । भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड फायर गरेको जाईएको छ । सशस्त्र प्रहरीको गोली लागेर तीन जना भारतीय नागरिक घाइते भएका छन् भने भारतीय नागरिकको आक्रमणबाट चार जना सशस्त्...
सरकार विरुद्ध गाईघाटमा पनि बिरोध प्रदर्शन

सरकार विरुद्ध गाईघाटमा पनि बिरोध प्रदर्शन

समाचार
पूणर्पुष्टि, जेष्ठ, ३० गाईघाट, अहिले देशका बिभिन्न ठाउँमा सरकार विरुद्ध चर्को प्रदर्शन भइरहेको छ । नेपालमा कोरोना भाइरसको लागि सरकारले उच्च कदम र खास कामहरु गर्न नसकिरहेको अवस्थामा पनि खर्च भने १० अर्ब सकिएको सरकारको घोषणालाई लिएर स्वतन्त्र युवाहरुले यसको हिसाव कितावको खोजिरहेका छ । काठमाण्डौँको माइतिघरमा केहिदिन अघि देखि युवाहरुले घेराउ तथा विरोधको कार्यक्रमहरु गरिरेहको छ । यसै सन्दर्भमा गाईघाटमा पनि स्वतन्त्र युवाहरुले शुक्रबार गाईघाटको पिपलचोकमा शान्तिपूणर् प्रदर्शन गरेको छ । नेपालको सन्दर्भमा यो निकै ठुलो बजेट रहेको भएपनि कोरोना रोकथाम र चेकजाँचमा पहुँच नपुगेको भन्दै विरोध गरेको हो । नेपाल सरकारले पछिल्लो समय पिसिआर परिक्षणमा वेवस्ता गरेको र खर्च भने ठुलो देखाएको भन्दै विरोध भएको हो । उनिहरुले बिभिन्न माग सहित प्रदर्शन गरेको छ । बिषेश गरी खर्चमा सरकारले कुनै पार्दर्शिता ...
कुवेतबाट १ सय ४९ जना काठमाण्डौँ आइपुग्यो

कुवेतबाट १ सय ४९ जना काठमाण्डौँ आइपुग्यो

समाचार
पूर्णपुष्टि, जेठ ३० गते ।  कुवेतबाट बालबालिकासहित १ सय ४९ जना काठमाण्डौँ आईपुगेको छ । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै स्वदेश फर्काइदिएको हो । कुवेतबाट जजिरा एअरलाइन्समार्फत काठमाण्डौ आइपुगेकाहरुमा १ सय ४० जना महिला, २ जना २ वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपाल ल्याइदिएको हो । कुवेतबाट हिजो बिहीबार २ सय ९९ जना महिला स्वदेश फर्किसकेका छन् । कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको छ । कुवेतले गएको अप्रिल महिनाभरी नै नेपालसहित विभिन्न देशका नागरिकलाई यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो। ने...
त्रिशूल प्रहार गरी डाँगीको हत्या

त्रिशूल प्रहार गरी डाँगीको हत्या

समाचार
पूर्णपुष्टि, जेठ ३० गते ।  दाङमा त्रिशूल प्रहारबाट एक जनाएको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमासका २८ वर्षीय बालीराम वलीले शुक्रबार बिहान स्थानीय ४७ वर्षीय नारायण डाँगीलाई फलामको त्रिशूलले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । त्रिशूल प्रहारबाट घाइते भएका डाँगीको उपचारका लागि तुलसीपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । वली पनि घाइते भएको र उनको अहिले तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।...
सिमामा सशस्त्र प्रहरी पाेष्टमा आक्रमण हुँदा गाेली चल्याे, एक भारतीय नागरिककाे मृत्यु

सिमामा सशस्त्र प्रहरी पाेष्टमा आक्रमण हुँदा गाेली चल्याे, एक भारतीय नागरिककाे मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ ३० । भारतीय नागरिकहरूले सर्लाही जिल्लाको पर्सा गाँउपालिका स्थित सशस्त्र प्रहरी पोष्टमा आज विहान आक्रमण गरेपछि गोली चलेको छ । पर्सा गाँउपालिका वडा नं ३ नारायणपुर स्थित पोष्टमा करिव डेढ सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका थिए । आक्रमणमा आएको समूहले हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको जनाएको छ । भारतीयले हतियार खोस्न खोजेपछि प्रहरीले १५ राउण्ड गोली चलाएको बताइएको छ । प्रहरीको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको र दुई जना घाइते भएको जनाइएको छ । सशस्त्र प्रहरीको हतियार खोस्न खोज्ने एकजना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीतर्फ तीन जना गम्भीर घाइते भएका छन् ।उनीहरुको सर्लाहीमा उपचार भइरहेको छ । कोरोना संक्रमणपछि सीमा नाकामा हुने अवैध आवतजावत रोक्न सशस्त्र प्रहरी परिचालन भईरहेको अवस्थामा चार जनाको समूहमा आएका भारतीय...
२ देशका विदेश मन्त्रीसँग मन्त्रि ज्ञवालीले गरे वार्ता

२ देशका विदेश मन्त्रीसँग मन्त्रि ज्ञवालीले गरे वार्ता

समाचार
पूर्णपुष्टि, जेठ ३० गते ।  क्यानडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै टेलिफोन वार्ता गर्नुभएको छ । वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा उहाँहरूले जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा नेपालमा रहेका क्यानडाली र बेलायती नागरिक तथा बेलायत र क्यानाडामा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता उहाँहरूले व्यक्त गर्नुभयो । कोभिड–१९ विरुद्ध आ–आफ्ना सरकारले चालेका कदमप्रति उहाँहरूले ऐक्यबद्धता जनाउनु भएको, सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभ तथा ज्यान गुमाएकाहरूका परिवारजनमा सहानुभूति र सम...
आज बेलुकी पानी पर्ने सम्भावना

आज बेलुकी पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, जेठ ३० गते ।  अहिले देशमा धेरै ठाउँमा मौसम बदली भए पनि साँझ पख धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुन कायमै रहेको र स्थानीय वायुसँगै बंगालको खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने महाशाखाले जनाएको छ । बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना छ । नेपालमा मनसुनी गतिविधि भने अझै सक्रिय भइनसकेको जनाईएको छ ।...
गण्डकी प्रदेश थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेश थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते ।  गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ । स्याङ्जाका २२ जना, पर्वतका १३ जना, तनहुँका १ जना र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । स्याङजाका ३ र ४ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ भने अहिले सम्म स्याङजामा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । अहिलेसम्म गण्डकी प्रदेशमा १ सय ८८ जना संक्रमित मध्ये १० जना उपचारपछि निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।...