Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते ।  नेपालमा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मालारानी क्वरेण्टीनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वरेण्टीनमा बसेको थियो । उनको अर्घाखाँचीमै अन्त्येष्टि गरिने भएको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा १, ललितपुरमा १, अर्घाखाँचीमा १, दैलेखमा १, बाँकेमा १, गुल्मीमा १, बारामा १, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा १, डोल्पामा १ र स्याङ्जामा...
नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते । नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५ हाजार ६२ पुगेको छ । आज ४ सय २४ जना पुरुष र २४ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका  पुनः एक जना महिलामा संक्रमण देखिएको छ । त्यसैगरी, नुवाकोट, तनहुँ, धनुषा, बारा, पाल्पा, गुल्मीमा १÷१, सर्लाहीमा ५०, रौतहटमा ८६, नवलपरासी पश्चिम २, रुपन्देही १६, प्युठान २, अर्घाखाँची २, सुर्खेत ४५, दैलेख ३८, दाङ ८, कपिलबस्तु ४ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै मोरङमा २, झापामा १३, महोत्तरीमा १०, चितवनमा ८, धादिङमा २९, सप्तरीमा १७, उदयपुरमा ३, सिराहामा ११, इलाममा ११, सुनसरीमा १०, पर्वतमा १३, स्याङ्जामा २२, नवलपरासी पूर्वमा ५, बर्दियामा १७, बाँकेमा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमित ...
कारको ठक्करबाट १ साईकल यात्रीको मृत्यु

कारको ठक्करबाट १ साईकल यात्रीको मृत्यु

समाचार
मोरङ, जेठ ३० गते । मोरङमा सुन्दरहरैचा–६ बस्ने ४२ बर्षीया साईकल यात्री हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ । सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को १ च ८४८३ नम्बरको कारले हिजो बिहान सवा १० बजे साईकल यात्री हिमा आचार्यलाइ ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाईते भएका हिमाको त्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज दिउसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने कार र कार चालक सुनसरी ईटहरीका ललित बि.क.लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
बाबुको हत्या आरोपमा छोरा पक्राउ

बाबुको हत्या आरोपमा छोरा पक्राउ

समाचार
सोलुखुम्बु, जेठ ३० गते । सोलुखुम्बुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेको छ । महाकुलुङ गाँउपालिका–४ बाट आफ्नै बाबुको हत्या आरोपमा १९ वर्षीय कुवेर राईलाई पक्राउ गरेको हो । हिजो बेलुका साढे ८ बजे घरायसी बिषयमा ५७ बर्षीय सन्तकुमार राई र उनकै छोरा कुबेर बिच बादबिबाद हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्तलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्तले घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई  कुवेर राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
पोखरीमा डुबेर १ नाबालिकाको मृत्यु

पोखरीमा डुबेर १ नाबालिकाको मृत्यु

समाचार
सुनसरी, जेठ ३० गते । सुनसरीमा एक नाबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । देवानगंज–७ रासी बस्ने जगरुप यादवको ५ बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ । घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा हिजो साझँ साढे ६ बजे अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले तत्काल देखी उपचाको लागी लैजाने क्रममा नाबालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा १ बालिकाको मृत्यु

ट्याक्टर दुर्घटनामा १ बालिकाको मृत्यु

समाचार
भोजपुर, जेठ ३० गते । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बस्ने ९ बर्षीया बिबिषा पाण्डेको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । उगापा–७ बाघखोरमा स १ त ५१०७ नम्बरको ट्याक्टर हिजो दिउँसो ५ बजे आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्टरमा सवार रहेकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिलल्ला प्रहरी कार्यालय उदयपुरले  जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको प्रहरीले जनाएको छ ।...
भोपुरमा ट्याक्टर दुर्घटना हुदा १ बालिकाको मृत्यु

भोपुरमा ट्याक्टर दुर्घटना हुदा १ बालिकाको मृत्यु

समाचार
भोजपुर, जेठ ३० गते । भोजपुरको रामप्रसादराई  गाउँपालिका–५ बस्ने १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । रामप्रसादराई गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई हिजो दिउँसो करिब ५ बजे सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएको थियो । उनिहरुलाई थप उपचारको लागी बिराटनगर पठाएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा रहेको जनाईएको छ ।...
सुनकोसी लिफ्टीङ योजनाकाे भ्रम र वास्तविकता

सुनकोसी लिफ्टीङ योजनाकाे भ्रम र वास्तविकता

बिचार
यो राम्रोसँग थाहा छ कि सुनकोसी लिफ्टीङ योजनाको जन्मदाता गाउँपालिका अध्यक्ष मेजर कुमार राई हुन् र लिम्चुङबुङबाट जन्मिएको सुनकोसी लिफ्टीङ योजनाको सपना संघीय सांसद माननीय सुरेश कुमार राईको पहल कदमीमा र कुशल नेतृत्वमा पुरा हुदैछ । सुरजकुमार राई ताप्ली गाउँपालिका –४, उदयपुर हिटलरका सञ्चारमन्त्रि जोसेफ गोयबल्सको सिद्धान्त हो “एउटै कुरालाई सयौं पटक दोहोयाएर प्रचार गरे गलतलाई पनि सत्य सावीत गर्न सकिन्छ ।” उनले त्यो बेला पुष्टि गरे । यसैलाई गोयबल्स शैली वा सिद्धान्त भनिन्छ । उनको यो सिद्धान्त जनतामा भ्रम छर्न र जनताको नेतृत्व माथी अविश्वास पैदा गराई सत्ता आफ्नो हात पार्न दलालहरुले प्रयोग गर्दै आएको छ । जब अप्सट्रयाकलहरु आउछ तब कायरहरु पछी हट्छ । तर जब सहज र समतल मैदान आउछ । तब उनै कायरहरु बहादुरहरु भन्दा एक कदम अगाडी बढ्छ र श्रेय आफू लिन युक्ति ख्याउन थाल्छ । यो बुलेट होस वा ब्यालेट स...
दश अर्ब खै भन्दै युवाहरु गईघाटमा पनि सरकार विरुद्ध शान्तिपुर्ण प्रदर्शनको (तस्विरहरु)

दश अर्ब खै भन्दै युवाहरु गईघाटमा पनि सरकार विरुद्ध शान्तिपुर्ण प्रदर्शनको (तस्विरहरु)

Breaking News 1
कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेकाे, सरकारी खर्च पारदर्शी नभएकाे भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् । https://purnapusti.com/content/15696.html
चौदण्डिगढीमा कोभिड–१९ अस्पतालको शिलान्यास

चौदण्डिगढीमा कोभिड–१९ अस्पतालको शिलान्यास

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते । चौदण्डिगढी नगरपालिका–६ सातघारेमा २० शैयाको र्आइसोलेसन भएको कोभिड–१९ अस्पतालको शिलान्यास भएको छ । त्रियुगा, चौदण्डिगढी र बेलाका नगरपालिकाका प्रमुखहरुले संयुक्त रुपमा विहिबार अस्पतालको शिलान्यास गरका हुन् । तत्कालको लागी २० शैयाको आईसोलेसन वार्ड निर्माण हने छ । जिल्लाको ८ वटै स्थानीय तहले १ करोडको कोष स्थापना गरी १ सय शैयाको सुविधा सम्पन्न आईसोलेसन वार्ड निर्माण गर्ने चौदण्डिगढी नगरपापिलकाका मेयर खगेन्द्र राईले बताउनुभयो । अहिले यस ठाउँमा सशस्त्र प्रहरी वल वेस क्याम्प व्यवस्थापन गर्नको लागि सौचालयसहित ४ वटा भवनहरु निर्माण भईसकेको छ । उक्त निर्माण भएका भवन मध्ये ३ वटा भवन सशस्त्र प्रहरीले प्रयोग गर्ने छ भने बाँकी १ भवनमा अस्पतालका कर्मचारीहरुको क्वाटरको रुपमा सञ्चालन हुनेपनि मयेर राईले बताउनुभयो । अहिले यस भवनलाई क्वारेन्टाईन बनाईएको छ । सोही भवनमा ११ जना...