Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

लकडाउनमा ५ अर्ब भन्दा बढीको खाद्य  वस्तु आयात

लकडाउनमा ५ अर्ब भन्दा बढीको खाद्य वस्तु आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३१ गते ।  लकडाउनको समयामा ५ अर्व भन्दा बढीको खाद्य वस्तु भित्रिएको छ । चैत ११ गतेदेखि जेठ ३० गतेसम्म ५ लाख १३ हजार ४ सय ५१ मेट्रिक टन खाद्यवस्तु आयात हुदा ५ अर्व रुपैयाँ भन्दा बढी बाहिरिएको भन्सा विभागले जनाएको छ । लकडाउनको ८० दिनमा खाद्यान्न मात्रै २ लाख ९२ हजार ६ सय ६१ मेट्रिक टन भित्रिएको छ ।  यस्तै दलहन ७४ हजार २ सय २८ मेट्रिक टन, ९६ हजार २६ मेट्रिक टन तरकारी, ३८ हजार २ सय ३९ मेट्रिक टन फलफुल र दुग्धजन्य पदार्थ १२ हजार २ सय ९७ मेट्रिक टन आयात भएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । लकडाउनको पहिलो हप्तादेखि १० हप्तासम्मको आयात हेर्दा खाद्यान्नमा ६.९ प्रतिशत, दाल तथा गेडागुडीमा १४.४ प्रतिशत, तरकारी ४ प्रतिशत र फलफुलमा ३८. १ प्रतिशतले आयात बृद्धि भएको देखिन्छ ।...
आर्द्रता बढी हुँदा धेरै गर्मी

आर्द्रता बढी हुँदा धेरै गर्मी

समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । केहि दिनदेखि गर्मी ह्वात्तै बढेको छ । तापक्रम नबढे पनि सापेक्षित आर्द्रता बढी हुँदा धेरै गर्मी महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हावामा जलवाष्पको मात्रा धेरै हुँदा शरीरले धेरै तातो महसुस गर्छ । यसकै कारण बादल लागे पनि गर्मी महसुस भएको हो । अहिले देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली भएको छ । स्थानीय वायु, पश्चिमी वायु, पश्चिम नजिक रहेको न्यूनचापीय क्षेत्रसँगै पूर्व–पश्चिम बनेको न्युनचापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभावले धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली भएको महाशाखाले जनाएको छ । आज देशभरीकै मौसम सामान्यतया बदली भई केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना जनाईएको छ ।...
हुसेन मृत अवस्थामा फेला

हुसेन मृत अवस्थामा फेला

समाचार
मोरङ, जेठ ३१ गते । मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा  फेला परेको छ । हिजो दिउँसो ५ बजे घरमा केहि नभनी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । हुसेन अबेरसम्म घर फर्की नआएपछी आफन्तले खोजतसाल गर्ने क्रममा मृत अवस्थामा फेला पारी प्रहरीमा जानकारी गराएको प्रहारीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
ट्रक दुर्घटनामा चालकको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

समाचार
सोलुखुम्बु, जेठ ३१ गते । सोलुखुम्बुको दुधकुण्डमा ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ । उदयपुर कटारी–४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट मृत्यु भएको हो । हिजो दिउँसो पौने ५ बजे दुधकुण्ड(८ शिकारी डाँडामा ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना समणक्र पुष्टि

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना समणक्र पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३१ गते । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिनेका संक्रमितहरु पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेको जनाईएको छ  । पर्वतको कुस्मा नगरपालिकाका ६ वर्षका बालक र १७ वर्षकी बालिका, जलजला गाँउपालिकाका १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाईएको छ । नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उक्त संक्रमित मध्ये ११ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
कोरोना बाट थप दुइजनाको मृत्यु

कोरोना बाट थप दुइजनाको मृत्यु

समाचार
पूणर्पुष्टि, जेष्ठ, ३१ आज कोरोना बाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । अन्दाजी २५ बर्षिय पुरुषको शव र उपचारको क्रममा मृत्यु भएका ५ बर्षिय बालकको नमुना संकलन गरी परिक्षण गर्दा कोरोना पुष्टि देखिएको थियो । मृतक पुरुषको भने पहिचान हुन सकेको छैन् । यता ५ बर्षिय बालकमा भने आरडिटि पोजेटिभ आएपछि पिसिआर चेक गराइएका थिए । उनको पिसिआर पनि पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनमा निमोनिया देखिएको जनाएका छन् ।...
४ लाख भन्दा बढीले कोरोना बिमा ग¥यो

४ लाख भन्दा बढीले कोरोना बिमा ग¥यो

समाचार
पूर्णपुष्टि, जेठ ३० गते । चार लाख भन्दा बढीले कोरोना विमा गरेका छन् । बिमा समितिले ल्याएको नयाँ योजनामा कोरोना बिमा गराउनेको संख्या ४ लाख २५ हजार ३ सय २२ पुगेको हो । कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको जनाएको छ । सामान्यतया युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै बिमासम्बन्धी नयाँ योजना ल्याएको थियो । बिमा चलिरहेको समयमा बिमा कम्पनीहरुको आग्रहमा यो योजना एक दिन बन्द भए पनि पछि फेरि नियमित गरिएको थियो । अहिलेसम्म बिमा कम्पनीले एक जनाको दावी भुक्तानी गरिसकेका छन् । कोभिड–१९ बिमा गराएका कृषि विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ देखिए पछि नेको इन्स्योरेन्सले उनलाई एक लाख रुपैयाँ भुक्तानी दिएको हो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको...
कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते ।  सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले कोरोना परिक्षण गर्न नयाँ मापदण्ड बनाएको छ । क्वारेन्टिनमा बसेर १४ दिन कटि सक्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर पठाउने मापदण्ड बनाईएको छ । क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको संख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडीटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ । निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको संख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदे...
कोरोना : उपचारपछि निको हुनेको संख्या ८७७ पुग्यो

कोरोना : उपचारपछि निको हुनेको संख्या ८७७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते ।  नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि आज थप १६ जना निको भएका छन् । यो सँगै उपचारपछि निको हुनेको संख्या ८ सय ७७ पुगेको छ । काठमाण्डौका विभिन्न अस्पतालबाट ८ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना गरी १६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप ४ सय ४८ जनामा कोरोना पुष्टि भएपछि नेपालमा संक्रमितको सख्या ५ हजार ६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ पुगेको मन्त्रालयले जनाएको छ ।...
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते ।  कर्णाली प्रदेशमा आज थप ८३ जनामा कोरोना संक्रमण पष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संंक्रमितको संख्या ८ सय ४६ पुगेको छ । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय अर्न्तगत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । आज थप २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । दैलेखको नारायण नगरपालिकाका २२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । योसँगै कर्णालीमा उपचारपछि निको हुनेको संख्या  ८२ पुगेको छ  भने ३ जनाको मृत्यु भएको छ ।...