Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

ऐतिहासिक राष्ट्रियतामा एकता

ऐतिहासिक राष्ट्रियतामा एकता

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । हिजो नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ । नेपालको राजनीतिक नक्सा अद्यावधिक गर्नेसहितको विधेयकमाथि शनिबार दफावार छलफल भएपछि निर्णयार्थ पेस गरिएको थियो । विधेयकलाई सबै राजनीतिक दलले समर्थन गरेको थियो । संशोधन विधेयक पारितका लागि आवश्यक दुई तिहाइ भन्दा बढी ७४ मतको समर्थनमा विधेयक पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले तत्काल कायम संख्याका आधारमा दुई तिहाइभन्दा धेरै मतले विधेयक पारितको घोषणा गर्नुभयो । २०७२ मा जारी संविधान दोस्रो पटक संशोधन भएको हो । शनिबार प्रतिनिधि सभामा विधेयकमा भएको मत विभाजनमा पक्षमा २५८ मत परेको छ । मतदानमा उपस्थित संख्या पनि २५८ नै थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा विधेयकको विपक्षमा मत परेन । १२ सदस्य मतदानका क्रममा अनुपस्थित रहनुभएको थियो । सभाका चार सदस्य निलम्बनमा हुनुहुन्छ । कर...
आज देशको केहि भूभागमा ठूलो वर्षा हुने

आज देशको केहि भूभागमा ठूलो वर्षा हुने

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । आज देशको केही ठाउँमा ठूलो वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा दिउँसो पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि जनाएको छ । अहिले प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली  र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको  छ । पानी पर्ने क्रम दिनदिनै बढ्दै जाने सम्भावना छ । यसैबीच ठूलो पानी पर्ने स्थानमा बाढि र पहिरोको जोखिम हुने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन र बाढीको बारेमा जानकारी लिन टोल फ्रि नम्बरमा ११ ५५ फोन गर्न पनि विभागले अनुरोध गरेको छ ।...
फाेटाे फाेकस : उदयपुरका संघीय सांसद सुरेशकुमार राइ (हिमाल) नेपालकाे नयाँनक्सा सम्बन्धी संविधान संशाेधन प्रस्तावमा भाेट गर्दै ।

फाेटाे फाेकस : उदयपुरका संघीय सांसद सुरेशकुमार राइ (हिमाल) नेपालकाे नयाँनक्सा सम्बन्धी संविधान संशाेधन प्रस्तावमा भाेट गर्दै ।

Breaking News 1
उदयपुरका संघीय सांसद सुरेशकुमार राइ (हिमाल) नेपालकाे नयाँनक्सा सम्बन्धी संविधान संशाेधन प्रस्तावमा भाेट गरेकाे याे तस्विर अाजकाे 'पूर्णपुष्टि फाेटाे फाेकस' बनेकाे छ । नयाँ नक्सा जारी भएसंगै देशभर खुसियाली छाइरहदा उदयपुरमा पनि भब्यरूपले दिप प्रज्वलन कार्यक्रम गरेर उदयपुरबासी नागरिकहरूले खुसियाली मनाएका छन् ।...
नयाँनक्सा पारित भएकोमा उदयपुरमा दिपावलीसहित खुसियाली, भारतले मिचेको भुगोल फर्काउन एकजुट हुने उद्घोष

नयाँनक्सा पारित भएकोमा उदयपुरमा दिपावलीसहित खुसियाली, भारतले मिचेको भुगोल फर्काउन एकजुट हुने उद्घोष

समाचार
पूर्णपुष्टि, जेठ ३१ । संसदबाट नेपालको नयाँ नक्सा सर्बसम्मत पास भएपछि देशैभर खुसियाली छाएको छ । नेपालको नयाँनक्सा जारी भएको खुसियालीमा नेपालीहरुले देशैभर दिपावली गरेर खुसियाली मनाएका छन् । यसैक्रममा उदयपुरमा पनि नयाँनक्साको तस्बिर बनाउदै दिपावली गरेर खुसियाली मनाइएको छ । युवा विद्यार्थीहरुले गाईघाटको लोकतान्त्रिक चौमा आयोजना गरेको दिपावली कार्यक्रममा नागरिकहरुको स्वतस्फूर्त उपस्थिति रह्यो । मैनबत्ती बालेर नागरिकहरुले दिपावली मनाए । पिपलचौकमा सिमेन्टको भईमा सेतो पेन्टिङ गरेर नेपालको नयाँनक्सा र नयाँ निसान छाप बनाइएको थियो । त्यहि नक्सामाथि दिप प्रज्वलन गर्दै खुसियाली मनाइएकोछ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँनक्सा जारी भएको उपलब्क्षमा दिप प्रज्वलन गरिए पछि देशमा खुसियालीको तरंग छाएको नागरिकहरुको प्रतिक्रिया छ । उनीहरुले अव नक्सामा मात्र हैन, भुगोल नै नेपालभित्र पार्न स...
संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । आजको संसदको बैठकमामा कुल २५८ सदस्य उपस्थित रहनुभएको भएको र त्यसमध्ये  २५८ सदस्यले संशोधनको पक्षमा मतदान गर्नुभएको हो । विपक्षमा कसैले पनि मतदान गरेन । योसँगै नेपालको राष्ट्रियताको विषयमा सबै नेपाली एक छन् भन्ने अभूतपूर्व ऐतिहासिक एकता प्रर्दशन गर्न नेपाली सफल भएका छन् । सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो । गत कात्र्तिक २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वको एक–एक भू–भाग नेपालको भएको निष्कर्ष निकालेको थियो । गत कात्र्तिक २५ गते संसदको राज्य व्यवस्था तथा सुशासन स...
भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन नजिक र टाढा हुदैन : प्रचण्ड

भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन नजिक र टाढा हुदैन : प्रचण्ड

समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान संशोधन गरेर भारतसँग दुरी बढाउन नचाहेको बताउनुभएको छ । अहिले राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल–भारत सीमा विवाद समाधान गर्न चाहेको उहाँले बताउनुभयो । लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर पाएको बताउनुभयो । पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्तामार्फत समाधान गर्न चाहेको बताउनुभयो । तर नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई इतिहासको जिम्मे...
नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३१ गते । आज नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ४७ जना पुरुष र ३६ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित आज थप ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने ९ सय १२ पुगेको छ । कोरोनाबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको मन्त्रालयले जनाएको छ ।...
सरिता गिरीको संशोधन अस्वीकृत

सरिता गिरीको संशोधन अस्वीकृत

समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । सरकारले संसदमा पेश गरेको संविधान दोश्रो संशोधन विधेयकमाथि सांसद सरिता गिरीले राखेको प्रस्ताव समाभुख अग्निप्रसाद सापकोटाले खारेज गर्नुभएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा नेपालको निशान छापमा समेट्न सरकारले पेश गरेको अध्यादेशको विरोधमा सांसद गिरीले संसदमा दर्ता गराएको अर्को प्रस्ताव सभामुख सापकोटाले खारेज गर्नुभएकोे हो । आजको बैठकमा सभामुख सापकोटाले संसद नियमावलीको ११२ नम्बर बुँदामा रहेको संशोधन सम्बन्धि शर्त पूरा नभएकाले सांसद गिरीको विधेयक अस्विकृत गरेको रुलिङ्ग गर्नुभयो । अहिले सरकारले पेश गरेको विधेयकमाथि दफावार छलफल भइरहेको छ ।...
कोरोना नियन्त्रणको खर्च विवरण सार्वजनिक

कोरोना नियन्त्रणको खर्च विवरण सार्वजनिक

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । कोरोना रोकथाम तथा नियन्त्रणमा करिब साढे ८ अर्ब रुपैयाँ खर्च भएको विवरण सरकारले सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संसदमा कोरोना रोकथाम र नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च  भएको जानकारी दिएपछि सांसदहरुले खर्चको विवरण माग गरेका थिए ।  १० अर्ब रुपैयाँ कहाँ गयो भनेर अहिले सडकमा पनि आन्दोलन भइरहेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले अहिलेसम्म ८ अर्ब  ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ । संघिय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब ९० करोड ८८ लाख  रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वरेन्टिनमा १३ करोड ५५ लाख १८ हजार र अन्यमा ४० करोड १५ लाख...
विश्वभरका कोरोना संक्रमित मध्ये ३९ लाख भन्दा बढी निको भए

विश्वभरका कोरोना संक्रमित मध्ये ३९ लाख भन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३१ गते ।  विश्वभरका विभिन्न देशमा फैलिएको कोरोना भाईरस संक्रमित मध्ये निको हुनेको संख्या ३९ लाख नाघेको छ । विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरसबाट ७७ लाख ३९ हजार भन्दा बढीमा संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये उपचारपछि ३९ लाख ६६ हजार २ सय ६२ जना निको भएको वर्ल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका ३३ लाख ४५ हजारभन्दा बढी मध्ये ५३ हजार ८ सय ८७ जनाको अवस्था जटिल रहेको छ भने बाँकीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ । अहिलेसम्म विश्वमा ४ लाख २८ हजार ३ सय ३७ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३९ लाख ४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।...