Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

आगलागी हुँदा २ घर जलेर नष्ट

आगलागी हुँदा २ घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । सुनसरीमा आगलागी हुदा दुई घर जलेर नष्ट भएको छ । जिल्लाको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको हो । आज बिहान कबिर ५ बजे हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको प्रहरीले जनाएको छ । सुरु भएको आगो ५ वटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीको कारण र क्षतिको विवरण खुलिनसकेको प्रहरीले जनाएको छ ।...
सवारी दुर्घटनामा गाउँपालिकाका अध्यक्ष शर्माको मृत्यु

सवारी दुर्घटनामा गाउँपालिकाका अध्यक्ष शर्माको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । पश्चिम नवलपरासीको एक गाउँपालिकाका अध्यक्ष सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला विपद् व्यावस्थापन समितिको बैठकका लागी परासी जाने क्रममा जिप दुर्घटना हुदा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको हो । लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अध्यक्ष शर्मालाई उपचारका लागि चिसापानी अस्पताल पु¥याएपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ  । शर्मासँगै जिपमा सवार गाउँपालिका–५ का हरिलाल राजधर घाइते भएको प्रहरीले जनाएको छ ।...
विदेशमा रहेका १७ हजार ७ सय भन्दा बढी नेपाली संक्रमित

विदेशमा रहेका १७ हजार ७ सय भन्दा बढी नेपाली संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । कोरोना भाइरस संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । विश्वका विभिन्न देशमा करिब ८ साता लगातार कोरोना संक्रमणबाट नेपालीहरुले मृत्यु भएको थियो । तर यो साता भने संक्रमणबाट कुनै नेपालीले मृत्यु नभएको एनआरएनएले जनाएको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ । समितका अनुसार यो साता विदेशमा ९ हजार भन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।...
एट्लान्टा प्रहरी प्रमुखले दिए राजीनामा

एट्लान्टा प्रहरी प्रमुखले दिए राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, जेठ ३२ गते ।  प्रहरीले चलाएको गोली लागी कालो वर्णका एक जना मानिसको मृत्यु भएपछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीले चलाएको गोली लागेर २७ वर्षीय रेशर्ड ब्रुक्सको शुक्रबार आफ्नै कारमा मृत्ययु भएपछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिनुभएको  अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली बु्रक्सलाई लागेको जनाएको छ । घटनापछि प्रहरी प्रमुख एरिकाले हिजो राजीनामा बुझाउनुभएको हो । कालो वर्णका जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्यान गएपछि अमेरिकाभर प्रदर्शन भैरहेको छ । प्रदर्शनका बीच अर्का कालो वर्णका व्यक्तिको प्रहरीले चलाएको गोली लागेर ज्यान गएपछि दोषीलाई कारबाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ ।...
रेडियो र टिभीबाट असार १ देखि पठनपाठन सुरु

रेडियो र टिभीबाट असार १ देखि पठनपाठन सुरु

शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ ३२ गते ।  सरकारले लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ । एफएम,  टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको हो । टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने रुटिन निकालिसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको केन्द्रले जनाएको छ । आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक बनेको छ ...
नेपाल–भारत सीमामा सशस्त्रले निगरानी बढायो

नेपाल–भारत सीमामा सशस्त्रले निगरानी बढायो

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते ।  कैलाली जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । सीमा अतिक्रमण रोक्न, अवैध ढंगले नेपाल–भारत प्रवेश गर्न नदिन, अवैध क्रियाकलाप नियन्त्रण गर्न, चोरी निकासी बन्द गर्न तथा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ । १०१ किलोमिटर खुल्ला सिमाना रहेको कैलालीमा पछिल्लो समय ६ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । पछिल्लो एक सातामा मात्रै ५ वटा बीओपी स्थापना गरेको सशस्त्र प्रहरीको न. ३४ गणले जनाएको छ । सीमा क्षेत्रमा हुने समस्याको नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको छ । नेपाल–भारत सीमामा थुप्रै समस्या छन् । ती समस्या अन्त्यका लागि सरकारले बीओपी बढाउने निर्णय गरेको हो । कैलालीमा बीओपीको संख्या बढेको छ । अब सीमा सुरक्षा एवं सीमा क्षेत्रका नागरिकले सुरक्षाको प्रत...
आज एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

आज एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । आज एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै छ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको छ । एमसीसी कार्यदलका सदस्य भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बैठकमा आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ । यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपा माथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ । सुरुसुरुमा एमसीसी पारित गर्नै पर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षम...
प्रदर्शनमा समातिएका विदेशीलाई कारबाही हुने

प्रदर्शनमा समातिएका विदेशीलाई कारबाही हुने

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । सरकार विरुद्ध प्रदर्शन स्थलबाट पक्राउ परेका ६ जना विदेशी नागरिकलाई कारबाही हुने भएको छ । पक्राउ परेका मध्ये एक जनाको संलग्नता नदेखिएपछि छाडिएको छ । प्रदर्शनमा सहभागी भएका ६ जना विदेशी नागरिकलाई अध्यागमन ऐन अनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छाडिएका व्यक्ति अन्य कारणले त्यहाँ गएको देखिएपछि छाडेको छ । प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेलगत्तै भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा लगेर राखेको थियो । साँझ स्क्रीनिङ गरेर अध्यागमन विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।...
थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते ।  गुल्मीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको गत राति मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । गत जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार भैरहेको थियो । क्यान्सर रोगले पीडित पुरुषको स्वास्थ्य अवस्था गम्भीर थियो । शवलाई राति नै नेपाली सेनाको सहयोगमा व्वस्थापन गरिएको पनि स्वास्थ्य शाखाले जनाएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का एक शिक्षकको पनि कोरोनाका कारण उपचारको क्रममा मृत्यु भएको थियो ।...
पहिरोमा पुरिएर ३ जनाको मृत्यु

पहिरोमा पुरिएर ३ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । पर्वतको कुश्मामा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा गगराती आएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको हो भने ६ जना वेपत्ता हुन् । भीषण वर्षासँगै आएको परिहोमा स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो । तुलबहादुर, उनको श्रीमती नीलकुमारी थापा र छोरीतर्फकी नातिनी १० वर्षीय विविशा थापाको शव भेटिएको प्रहरीले जनाएको छ । वर्षा र अध्यारोले खोजी गर्न कठिन भएकाले विहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा खोजीकार्य जारी राखिएको जनाईएको छ । बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । २ घरमा रहेका तुलबहादुरका छोरा, २ नाती र कमला विकको घरका उनी सहित ३ जना वेपत्तँ रहेकाले खोजी कार्य जारी रा...