Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

एकै दिन १ लाख २१ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

एकै दिन १ लाख २१ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ गते । विश्वभरका विभिन्न देशमा एकै दिन १ लाख २१ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५ सय ९० जना नयाँ संक्रमित पुष्टि भएका वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा मात्रै १९ हजार २ सय २३ जना नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा १७ हजार ८६ जना थपिएको जनाईएको छ  । यस्तै रुसमा ८ हजार ८ सय ३५ जना संक्रमित थपिएका छन्  भने भारतमा ११ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका छन् । यो सँगै विश्वभरका विभिन्न देशमा अहिलेसम्म ७९ लाख ८२ हजार १ सय १४ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने ४१ लाख भन्दा धेरै उपचार पछि निको भएका छन् । कोरोनाका कारण ४ लाख ३५ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।...
पहिलो चरणमा मलेसियाबाट ३१ सय ७५ जना नेपाली स्वदेश आउने

पहिलो चरणमा मलेसियाबाट ३१ सय ७५ जना नेपाली स्वदेश आउने

समाचार, संसार
पूर्णपुष्टि, जेठ ३२ गते ।  पहिलो चरणमा मलेसियाबाट ३१ सय ७५ जना नेपालीलाई स्वदेश फर्काइने भएको छ । असार २, ४, ६ र ७ गते हुने चार्टर्ड उडानमार्फत फर्कने ३१ सय ७५ नेपालीको नामावली मलेसियामा रहेको नेपाली दूतावासले सार्वजनिक गरेको हो । सरकारले तोकेको प्राथमिकता अनुसार दूतावासले सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् । सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभआएको प्रमाणपत्र साथमा राख्नुपर्छ । मलेसियाबाट चार्...
कैलाली आईपुग्यो डल्फिन

कैलाली आईपुग्यो डल्फिन

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । दुर्लभ जलचर डल्फिन भारतबाट पथरैया, काडानदीमा आईपुगेको छ । बसाई सरी रहन मन पराउने ग्याङ्गेटिक प्रजातिका डल्फिन कैलालीका नदीमा आइपुगेको हो । भारतको घाँघरा नदी हुँदै नेपालका नदीमा डल्फिन आउँछन् । यसवर्ष करिब ३ साताअघि नै देखिएको छ । गत वर्ष असार १५ पछि मात्रै नदीमा देखिन्थो । विश्वमै दुर्लभ स्तनधारी ती प्रजातिका डल्फिन कैलालीका नदीमा वर्षायाममा मात्रै देखिने गर्छन् । अन्य वर्ष असार दोस्रो, तेस्रो सातापछि देखिन्थे तर यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका संरक्षणकर्मीले जनाएको छ । नदीमा असारदेखि असोजसम्म डल्फिन देख्न पाइन्छ । शनिबार मोहना र पथरैया नदीको दोभान क्षेत्रमा २ वटा डल्फिन देखा परेको संरक्षणकर्मी उपकेन्द्र ढुङ्गानाले बताउनुभयो । मोहना र पथरैयाको दोभानमा २ वटा डल्फिन रमाइरहेको थियो । यहाँका नदीमा पानीको गहिराई कम हुने भएकाले बच्चा हु...
उद्धार उडानमा खर्च उठ्न गाह्रो

उद्धार उडानमा खर्च उठ्न गाह्रो

समाचार
पूर्णपुष्टि, जेठ ३२ गते ।  विदेशमा रहेका नेपालीलाई उद्धार गर्दा बढी भाडा नलिएको नेपाल एअरलाइन्सले जनाएको छ । उद्धार उडान गर्दा इन्धन, ओभर फ्लाइङ, ल्याण्डिङ, एअर क्राफ्ट ह्याण्डलिङ, मर्मत सम्भार आदि खर्च मात्रै जोडेर भाडा निर्धारण गरेको एअरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । उद्धार उडान गर्दा प्रत्यक्ष सञ्चालन खर्च उठे पनि अन्य खर्च उठ्न नसक्ने अवस्था रहेको एअरलाइन्सको भनाइ छ । उद्धार उडानहरुमा यात्रुहरु एकतर्फी मात्र हुने भएकाले निगमले लागत खर्चलाई मात्र आधार गरी उडान भाडादर निर्धारण गरेको जनाएको छ । उद्धार उडानमा अन्य कुनै संस्था वा निकायबाट आर्थिक सहयोग प्राप्त नभए पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै उद्धार उडानको भाडादर अझ घटाउने निर्णय गरेको निगमले जनाएको छ । निगमको भाडा घटाउने निर्णयबाट विशेष गरी खाडी राष्ट्रहरु मलेसिया र साइप्रसमा रहेका नेपालीलाई प्रत्यक्ष राहत पुग्न...
आज कोरोना संक्रमित को काहा कति थपियो ?

आज कोरोना संक्रमित को काहा कति थपियो ?

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । आज नेपालमा थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५ हजार सात सय ६०  पुगेको छ । जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा मोरङका २५ तथा झापा र सुनसरीका १÷१ जनामा गरी २७ जनामा पुष्टि भएको छ । कोशी अस्पतालमा भएको परीक्षणमा १० जना, नारायणी अस्पताल वीरगञ्जमा पर्साका १७, बाराका ९ जना, सर्लाहीका १ जना र रौतहटका ७ जना, पोखरामा भएको परीक्षणमा नवलपरासी पूर्वका २ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बझाङका ५ जना, डडेल्धुराका २५, डोटीका ३, कैलालीका १२ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा भएको परीक्षणमा बर्दियाका ३ जना, बाँकेका ३ जना र रुकुम पश्चिमका १ गरी ७ जनामा पुष्टि भएको छ । दाङमा भएको परीक्षणमा प्युठानका २ र दाङका ५४ जनामा पुष्टि भएको छ । जनकपुरमा भएको परीक्षणमा...
सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । आइतबार सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना, अछामका ३ जना र कैलालीका २ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । संक्रमित मध्ये ९ जना मध्ये ७ जना पुरुष र २ जना महिला रहेको जनाईएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ सय ६४ पुगेको छ ।...
कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण देखियो

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या ९ सय ६७ पुगेको छ । दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै रहेका छन । गाउँपालिकाको १, २, ३, ५, ६, ७ र ८ वडाका ३४ जना पुरुष र १ जना महिला रहेको जनाएको छ । नारायण नगरपालिका–२ का २ जना पुरुष रहेका छन् । त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका–१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका १, ५, ११, १२ र १४ न. वडाका ८ जना पुरुष रहेका छन् । लेकबेसी नगरपालिका–२ का एक...
नेपालमा थप  ४२५ जनामा संक्रमण पुष्टि

नेपालमा थप ४२५ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । आज नेपालमा थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । ३ सय ७५  र ५० जना महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप ६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसगै अहिलेसम्म ९ सय ७४ जना डिस्चार्ज भएको छ । क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बसेको थियो । योसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । आजसम्म  ७३ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।...
१ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठ्यो

१ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३२ गते । चालु आर्थिक वर्ष २०७६÷७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये १ खर्ब ७५ रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ । बैकले ट्रेजरी विल तथा विकास ऋण पत्रमार्फत जेठ मसान्तसम्म १ खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको हो । ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ र विकास ऋण पत्र १ खर्ब रुपैयाँ उठेको राष्ट्र बैंकले जनाएको छ  । सरकारले चालु आर्थिक वर्षको बजेटमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताएको थियो । यसलाई पछि संशोधन गरेर १ सय ९३ अर्ब बनाएको छ । आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका नै बनाएको छ । कार्यतालिका अनुसार नै राष्ट्र बैंकले आन्तरिक ऋण उठाइरहेको छ । अब उठाउनु पर्ने करिब १८ अर्ब रुपैयाँ मध्ये १५ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत उठाउने जनाईएको छ । बाँकी रकम भने नागरिक बचतबाट उठाउने राष्ट्र बैंकले बताएको छ । कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्...
लडेर आङ्वोको मृत्यु

लडेर आङ्वोको मृत्यु

समाचार
पाँचथर, जेठ ३२ गते । पाँचथरको फिदिम नगरपालिका–१ का ३७ बर्षीय चन्द्रकुमार आङवोको लडेर मृत्यु भएको छ । हिजो साँझ करिब ६ बजेको सडकमा पैदल हिडिरहेका आङवो अचानक लडी घाईते भएको प्रहरीले जनाएको छ । घईते आङ्बोलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगि उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...