Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख बढी

विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ गते ।  विश्वका विभिन्न देशमा कोरोनाबाट ८० लाख भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामै विश्वमा १ लाख २३ हजार ६ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म विश्वमा ४१ लाख ३३ हजार ८ सय ८० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ३५ हजार ८ सय ४० जनाको मृत्यु भएको छ । अमेरिकामा २१ लाख ६२ हजार २ सय २८ जना संक्रमित भएका छन् । उक्र संक्रमित मध्ये ८ लाख ७० हजार ५० जना उपचार पछि निको भएका छन् भने एक लाख १७ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जना संक्रमित भएका छन् । उक्त संक्रमितमध्ये ४ लाख ५३ हजार ५ सय ६८ जना उपचारपछि निको भएका छन् भने ४३ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ । यसैगरी रुसमा ५ लाख ३७ हजार २ सय १० जना संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये २ लाख ४५ हजार ५ सय ८० जना उपचारपछि निको भएका छन् भने ७ ...
कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु भए १ लाख राहत

कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु भए १ लाख राहत

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ गते ।  कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु भएमा एक लाख रुपैयाँ राहत दिने प्रदेश सरकारले व्यावस्था गरेको छ । कणाीले प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट पेस गर्नुभएको बजेटमा यस्तो व्यावस्था मिलाईएको हो । कोरोना विरुद्धको लडाइँमा जनचेतना जगाउन स्वास्थ्य स्वयंसेविकालाई खटाइने भएको छ । स्वयंसेविकालाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको मन्त्री ज्वालाले बताउनुभयो । प्रोत्साहन भत्ताको लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ । कोभिडलाई परास्त गर्न खटेका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सरसफाइकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन गरी बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताउनुभयो । एक अर्ब पचास करोड ५८ लाखको कोभिड–१९ कोष परिचालन...
वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ

वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ

शिक्षा, समाचार
पूर्णपुष्टि, असार १ गते ।  विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भ भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबारदेखि सुरु गरेको वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाइमा क्षति हुन नदिने बताउनुभएको हो । आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन सबै विद्यार्थीहरुलाई प्रधानमन्त्रि ओलीले आग्रह गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छ । लामो समयसम्म विद्यालय बन्द भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइलाई निरन्तरता दिन वैकल्पिक सिकाइ ल्याएको छ । घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोग गरी आजदेखि पठन–पाठन सु...
सरिता गिरीको सांसद पद निलम्वन हुने

सरिता गिरीको सांसद पद निलम्वन हुने

समाचार
पूर्णपुष्टि, असार १ गते । सांसद सरिता गिरीलाई समाजवादी पार्टीले पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नेपालको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीले ह्विप जारी गरेपनि ह्विप उल्लंघन गरेकोले हटाउन लागिएको समाजवादी पार्टी एक नेताले बताए । पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेको थियो । पार्टीले फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । पार्टीको ह्वीप नमानेकाले स्वतः कारवाहीमा पर्ने भएको हो । गरीलाई बोलाएर नि पार्टीको निर्णय मान्न सम्झाए पनि पार्टीको निर्देशन नमानेकाले कारबाही गर्ने जनाईएको छ । पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्याट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने जनाई...
क्वारेन्टाईनमा बसेकी १ युवतीमाथी सामुहिक करणी गर्ने ३ जना पक्राउ

क्वारेन्टाईनमा बसेकी १ युवतीमाथी सामुहिक करणी गर्ने ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १ गते ।  कैलालीको एक क्वरेन्टीनमा बसेकी युवतीमाथि सामूहिक करणी गर्ने तीन जना युवा विरुद्ध मुद्दा दर्ता गरिएको छ । पीडित ३१ वर्षीया युवतीले सामूहिक करणी गर्ने तीनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएपछि तत्काल आरोपित तीनै जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ । उनीहरु क्वरेन्टीनमा स्वयम सेवकको रुपमा खटिएका थिए ।...
मोटरसाईकलमा १ जना कि २ जना ? ट्राफिक प्रहरी आफैँ अलमलमा

मोटरसाईकलमा १ जना कि २ जना ? ट्राफिक प्रहरी आफैँ अलमलमा

समाचार
पूर्णपुष्टि, असार १ गते ।  आज विहानदेखि मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने र जोर बिजोर प्रणाली लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाए पनि फेरि मोटरसाइकलमा एक जना मात्रै यात्रा गर्न पाउने जनाएको छ । सोमबार बिहान यात्रु सहजताका लागि २ जना यात्रु ओहोरदोहोर गर्न दिने बताएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेरि यसमा अलमल भएको भन्दै मोटरसाइकलमा एकन जना मात्रै यात्रा गर्न मिल्ने स्पष्ट जनाएको हो । अहिलेसम्म मोटरसाइकललाई पनि जोर बिजोरमा चलाउने र एक जना मात्रै चढ्ने व्यवस्था नै कार्यान्वयन गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा २ जना यात्रा गर्न नपाउने नियमको अहिले व्यापक विरोध भइरहेको छ । गएको गत शुक्रबार ४ पाङग्रे निजी गाडीलाई जोर बिजोर प्रणालीमा चलाउने निर्णय भएको थियो भने सोमबारदेखि २ पाङग्रेमा यो नियम लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।...
गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ गते ।  गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको घिरिङ गाँउपालिकाका ५ जना र नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको जनाईएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ५ पुगेको छ । संक्रमित मध्ये २० जना निको भएर घर फर्किएका छन्  भने एक जनाको मृत्यु भएको छ ।...
आजदेखि सवै सरकारी कार्यालय खुल्ने

आजदेखि सवै सरकारी कार्यालय खुल्ने

समाचार
पूर्णपुष्टि, असार १ गते ।  आजदेखि लकडाउनले बन्द भएका सरकारी कार्यालयहर खुल्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ८३ दिनपछि सोमबरदेखि सकारी तथा गैरसरकारी कार्यालय साविकै रुपमा स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुने भएको हो । मन्त्रिपरिषद्ले गत साता नै लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र संघसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुुलाउनु जरुरी थियो । कोरोनाको संक्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ । आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सबै सेवा सुचारू हुने जनाईएको छ । आजदेखि २ सिफ्टमा सरकारले कार्यालय सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र ...
मोटरसाइकलमा २ जना हिड्न पाईने

मोटरसाइकलमा २ जना हिड्न पाईने

समाचार
पूर्णपुष्टि, असार १ गते ।  मोटरसाईकलमा एक जना मात्रै यात्रा गर्न पाउने नियमको व्यापक विरोध भएपछि अहिले सो नियम हटेको छ । सोमबारदेखि मोटरसाइकल र स्कुटरमा २ जना नै यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नागरिकलाई समस्या भएको गुनासो बढेसँगै यो नियम हटाएर २ पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको महाशाखाले जनाएको छ । नागरिकको हितलाई ध्यानमा राख्दै मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने व्यावस्था गरेको महाशाखाले जनाएको छ । सोमबार विहानदेखि यो नियम लागू भईसकेको छ । गत शुक्रबार ४ पाङग्रे निजी गाडीलाई जोर बिजोर र २ पाङग्रेमा २ जना यात्रा गर्न नपाउने नियम बनेको थियो । तर यो नियम अव्यवहारिक भन्दै विरोध बढेपछि २ दिनमै सरकारले निर्णय सच्याएको छ । चार पाङग्रे निजी गाडी जस्तै अब मोटराइसकल पनि जोर दिन जोर नम्बरको र बिजोर दिन बिजोर नम्बरका गाडी चल्ने...
चट्याङ लागेर १ बालिकाको मृत्यु

चट्याङ लागेर १ बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार १ गते ।  भोजपुरको षडानन्द नगरपालिका–३ खार्ताम्छामा चट्याङ लागेर एक जना बालिको मृत्यु भएको छ । ट्याम्के मैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मावली घर आएकी बालिकालाई आइतबार करिब दिउँसो ४ बजे खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वस्थ्य चौकीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि पठाइने जनाएको छ ।...