Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कर्णाली प्रदेश सरकारको ३३ अर्व ७४ करोड बजेट

कर्णाली प्रदेश सरकारको ३३ अर्व ७४ करोड बजेट

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १ गते ।  कर्णाली प्रदेश सरकारले आगामी चालु आर्थीक वर्षको लागी ३३ अर्व ७४ करोड बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आव २०७७÷०७८ को लागि ३३ अर्ब ७४ करोड रुपैयाँको वजेट प्रस्तुत गर्नुभएको हो । गत आर्थिक वर्षको तुलनामा झण्डै ५० करोड कम रहेको यो बजेट कोरोना महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनामा केन्द्रित रहेको मन्त्री ज्वालाले बताउनुभयो । कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ । देशको झण्डै २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसंख्या र चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान ४ दशमलव ३ प्रतिशत योगदान रहेको छ । प्रदेशको चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ८ प्रतिशतले हुने अनुमानसहित आगामी आर्थिक वर्...
५ न. प्रदेश सरकारले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट

५ न. प्रदेश सरकारले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १ गते ।  ५ न. प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब ३५ करोड २५ लाखको बजेट पेश गर्नु भएको थियो । बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार विजियोजन गरिएको छ । यस्तै बजेटको स्रोतमा आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २७ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड ७१ लाद, सशर्त अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ ारोड र चालु खर्चको बचत ७ अर्ब ९४ करोड ५० लाख छ ।...
गण्डकी प्रदेशको ३४ अर्ब ८४ करोड बजेट

गण्डकी प्रदेशको ३४ अर्ब ८४ करोड बजेट

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १ गते । गण्डकी प्रदेश सरकारले आगामी चालु आर्थीक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट अर्थमनत्री गुरुङले प्रस्तुत गरे । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ । कुल बजेटमा चालुतर्फ ४१.२ प्रतिशत, पुँन्जीगत ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत छ । आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख ...
रौतहटमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

रौतहटमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, असार १ गते । रौतहटमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा संक्रमितको संख्या ८ सय ६९ पुगेको छ । जिल्लाको इशनाथ, राजपुर, राजदेवी, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । इशनाथ नगरपालिकाका ३३ जना, राजपुर नगरपालिकाका ८ जना, राजदेवी नगरपालिकाका ९ जना, फतुवा विजयपुर नगरपालिकाका १ जना र यमुनामाई गाउँपालिकाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोशालमा गरिएको परीक्षणमा उनिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका हुन् ।...
कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असर १ गते । कर्णाली प्रदेशमा आज थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ७७ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको थियो । आज दैलेखको ९१ जना र सुर्खेतको १९ जना थपिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । नयाँ अहिलेसम्म दैलेख संक्रमितको संख्या ६ सय २९ पुगेको छ भने सुर्खेतमा २ सय ३१ पुगेको छ । त्यस्तै सल्यानमा १ सय ३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १÷१ जना संंक्रमण फेला परेका छन् । रुकुम पश्चिममा भने अहिलेसम्म कोरोना संक्रमित फेला परेको छैन । अरु १६ जना अन्य प्रदेशका रहेका जनाईएको छ । आ...
नेपालमा थप  ४५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ गते ।  आज नेपालमा थप ४ सय ५१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरु मध्ये ४ सय १६ जना पुरुष र ३५ जना महिला रहेको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो । अहिलेसम्म नेपालमा ४ सय ७१ जना महिला र ५ हजार ७ सय ४० जना पुरुषमा संक्रमण पुष्टि भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या १ हजार ४१ पुगेको छ । जसमध्ये  १ सय४ जना महिला र ९ सय ३७ जना पुरुष रहेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भईसकेको छ ।...
लिम्चुङ्बुङमा कृषि प्राबिधिक शिक्षा भवन सिल्यान्यास

लिम्चुङ्बुङमा कृषि प्राबिधिक शिक्षा भवन सिल्यान्यास

समाचार
मिलन  परियार ,  पूणर्पुष्टि/असार, १ लिम्चिङ्बुङ गाउँपालिकामा कृषि प्राविधिक शिक्षा भवन आइतबार सिल्यान्यास भएको छ ।  वडा नम्बर ३ बाराहा  सिर्वानीको माध्यामिक बिधालयमा  बन्ने दुई तले ८ कोठे भवन हिजो गाउँपालिका अध्यक्ष मेजर कुमार राईले सिल्यान्यास गर्नु भयो । लिम्चुङ्बुङ गाउँपालिका प्रमुख मेजर कुमार राईको  योजना ,प्रदेस सभा सदस्य माननीय नारायण बुर्जा मगरको बिशेष पहल, आर्थिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण हुने भएको छ ।  बहुबर्सिय योजना अन्तर्गत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय बाट २ करोड बजेट आउने पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । सो रकम बाट यस बर्ष २०७७/०७८ मा खर्च हुने गरि २५ लाख बिनियोजन भएको र २०७७/०७८ मा सो रकम बराबरको काम सक्नु पर्ने अध्यक्ष राईले बताउनुभयो । भवन सम्पन्न भए लगत्तै  कृषि प्राबिधिक शिक्षाको पशु बिज्ञान र बाली बिज्ञान प...
क्वारेन्टिनमा एक जनाको मृत्यु

क्वारेन्टिनमा एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार १ गते ।  सुर्खेतको एक वारेन्टाईनमा बसेको एक जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–७ को क्वारेनटाइनमा बसेको एक जना पुरुषको मृत्यु भएको हो । भारतको गढवालबाट १३ दिनअघि घर फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको पालिकाले जनाएको छ । आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको जनाईएको छ । मृतकको नमुना स्वाब संकलन गरी कोरोना परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।...
ओमानबाट १६६ जना नेपाली काठमाण्डौँ आईपुग्यो

ओमानबाट १६६ जना नेपाली काठमाण्डौँ आईपुग्यो

समाचार
पूर्णपुष्टि, असार १ गते ।  ओमानबाट १ सय ६६ जना नेपाली काठमाण्डौ आईपुगको छ । कोरानाले समस्यामा परेका १ सय ६६ जना नेपाली सलाम एअरको ओभी ४२७ उडान मार्फत काठमाण्डौँ आएको हो । समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एअरमार्फत स्वदेश पठाएको हो । सरकारले हिमालय र नेपाल एअरलाइन्समार्फत नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर सार्वजनिक गरे पनि त्यहाँ रहको नेपाली दूतावासले सरकारले तोकेको मूल्यभन्दा सस्तो भाडादरमा नेपालीलाई स्वदेश पठाएको हो । एकतर्फी उडानको भाडा १ सय १५ ओमानी रियाल अर्थात ३६ हजार २ सय ६१ रुपैयाँ तोकिएको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो । सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३ सय ६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको ४४ हजार ६ सय ७३ रुपैयाँ हुन आउँ छ ...
कञ्चनपुर कारागारको सुरक्षामा सेना

कञ्चनपुर कारागारको सुरक्षामा सेना

समाचार
पूर्णपुष्टि, असार १ गते । नेपाली सेनार्लइ कञ्चनपुरको कारागार सुरक्षाको जिम्मा दिइएको छ । कोरोनाले प्रहरीको जनशक्ति कम भएकाले कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको हो । कोरोनाको कारण क्वरेण्टीन तथा अन्य क्षेत्रमा सुरक्षाको लागि प्रहरीको संख्या कम भएपछि स्थानीय प्रशासनले कारागारको सुरक्षा जिम्मा सेनालाई दिएको कारागार कार्यालय कञ्चनपुरले जनाएको छ । यसअघि निर्वाचनको बेलामा समेत कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको थियो । गत सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले असार १ गतेदेखि कारागार सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । त्यही अनुसार आजदेखि कारागारको सुरक्षाको जिम्मा सेनाले लिएको छ । कञ्चनपुरमा सात सय १९ जना प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै जिल्लामा १ सय ८७ वटा क्वरेण्टीन रहेका छन् । जसमध्ये ५ वटा क्वरेण्टीन ब...