Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

बर्खा सुरु भएसँगै बरुवा खोलामा बाढी सुरु भयो, यो बर्षको सुरुवाती बाढीका तस्विरहरु

बर्खा सुरु भएसँगै बरुवा खोलामा बाढी सुरु भयो, यो बर्षको सुरुवाती बाढीका तस्विरहरु

Breaking News 1
पूणर्पुष्टि, असार, २ गाईघाट/बर्खा सुरु भए सँगै गाईघाटमा बाढीको जोखिम सुरु भएको छ । रौताको सिर भएर बग्ने बरुवा खोलाले बर्षेनी आसपासका वस्तिहरु साकेला टोल, वरुवा टोल, पुरानो गाईघाट लगाएत बजार क्षेत्रमा समेत असर गर्ने गर्छ । गाईघाट बजारको उत्तर पुर्वी भएर बग्ने बरुवा खोला भिरालो भएर बग्ने भएकाले यसले बस्ती बजारमा क्षेती पुराउँने गरेको छ । समयमै बाँधको कार्य नहुँदा हरेक बर्खाको समय स्थानीयहरु ढुक्क निदाउन समेत सक्दैन् । गत बर्ष पनि वस्तीमा बाढी छिरेपछि  ठुलो समस्या भएको थियो । बर्खा हुनु भन्दा अगबै बाँधको काम सक्नु पर्ने अवस्थामा अहिले भर्खरै बाँध निर्माणमा समाग्रीहरु जुटाउँदै गरेको अवस्था छ । ठुलो बाढी आयो भने जुटाको सबै सामाग्री समेत बाढीले बगाउने अवस्था छ ।...
क्वरेन्टीनमै बिवाह

क्वरेन्टीनमै बिवाह

समाचार
पूर्णपुष्टि, असार २ गते ।  दाङको एक क्वारेन्टाइनमा बसेका एक जोडीले क्वारेन्टाईनमै अन्तरजातीय विवाह गरेको छ । घोराही उपमहानगरपालिका–१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको हो । भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताए । माया प्रेममा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको उनले बताए । पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नो संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते विवाह गराएको जनाईएको छ । उनीहरु जेठको पहिलो साता घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए ...
आज र भोलि झरी पर्ने

आज र भोलि झरी पर्ने

समाचार
पूर्णपुष्टि, असार २ गते ।  देशको विभिन्न ठाउँमा आज र भोली झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको छ । मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने जनाईएको छ । कतै कतै ठूलो पानी पर्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।...
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते ।  गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ जना पुगेको छ । थपिएका संक्रमितहरु गोरखाका १० जना, स्याङ्जाका ४ जना, नवलपरासीका २ जना, कास्कीका १ जना र बागलुङका १ जना रहेका छन् । गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षका पुरुष, ३१ वर्षका महिला र बारवापक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९, १८ वर्षका पुरुष, नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १९ वर्षका पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशदालयले जनाएको छ । सवै संक्रति भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु रहेको जना...
१६ जना जिल्ला प्रहरी प्रमुख सरुवा

१६ जना जिल्ला प्रहरी प्रमुख सरुवा

समाचार
पूर्णपुष्टि, असार २ गते ।  प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाका प्रहरी प्रमुख सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पुरा भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान सरुवा भएको छ । भने उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । त्यस्तै, कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरो ल्याइएको छ भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् । तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्...
चौदण्डिगढी नपाका काम कारवाही नगर र नगरबासीकाे हितबाहिर छैन : मेयर राई

चौदण्डिगढी नपाका काम कारवाही नगर र नगरबासीकाे हितबाहिर छैन : मेयर राई

समाचार
पूर्णपुष्टि, असार १ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आज एक पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले नगर र नगरबासीको हितलाई ध्यानमा राखेर मात्र काम कारवाही भईरहेको जनाएको छ । पालिकाका मेयर खगेन्द्र राईले जनताप्रति पूर्ण उत्तरदायी भई नितीगत तथा आर्थिक नियम अनुसार पारदर्शी ढंगबाट कामकारवाही भईरहेको बताउनुभयो । केही समयअघि नेकपा चौदण्डीगढी नगर समितिले आधारहिन टिप्पणी र आरोप लगाएको भन्दै त्यस्तो भ्रममा नपर्न उहाँले नगरबासीलाई अनुरोध गर्नुभयो । कोरोनाजस्तो विश्व महामारीको संक्रमणबाट नगर र नगरबासीलाई जोगाउन अहोरात्र खटिरहेको अवस्थामा नगरपालिकालाई कमजोर पार्ने नियतले लगाइएको भ्रामक कार्यको निन्दा गर्दै यस्तो जटिल अवस्थामा विरोध हैन सहयोग गरेर नगर र नगरबासीको हितमा आउन आव्हान पनि गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐन र अन्य प्रचलित ऐन नियमभन्दा बाहिर काम गर्न नहुनेमा सचेत रहेको भन्दै नेकप...
माटिखोप बोजेको हेल्प डेस्क सेवा स्थगित

माटिखोप बोजेको हेल्प डेस्क सेवा स्थगित

समाचार
पूर्णपुष्टि असार १ गते । नेपाल घरेलु तथा साना उद्योग महासंघ र स्थानीय युवाहरुको सहकार्यमा गत वैशाख ६ गतेबाट संचालमा आएको हेल्थ, हेल्प डेक्स आईतबारदेखि स्थगित भएको छ । त्रियुगा नगरपालिका–६ माटिखोप बोजेमा संचालन गरेको हेल्प डेक्स कोरोनाको संक्रमण कम भएको र वर्षातको कारण सेवा दिनमा गाह्रो भएकाले सेवा दिन स्थगित गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो । हेल्प डेक्सबाट अहिलेसम्म ५ हजार १ सय ६८ जनालाई प्रत्यक्ष सेवा प्रदान गरेको अध्यक्ष थापाले बताउनुभयो । डेक्सले गाउँ आवतजावतमा निगरानी राख्दै थर्मल गनले ज्रोना नाप्ने, माक्स र सेनिटाईनजर वितरण गर्ने काम गरेको उहाँले बताउनुभयो । गाउँमा मादिरा जन्य वस्तु उत्पाद तथा विक्रिवितरण र गाँजा जन्य वस्तु सेवनले युवाहरु कुलतमा फस्दै गएकाले पटक पटक मदिरा र गाँजा खाने युवाहरुलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझ...
१ न. प्रदेश सरकारको ४० अर्ब ८९ करोडको बजेट

१ न. प्रदेश सरकारको ४० अर्ब ८९ करोडको बजेट

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १ गते । १ न. प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नु भएको थियो । वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ । बजेटको स्रोतमा आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख व्यहोर्ने मन्त्री आङ्बोले बताएका छन् । त्यस्तै चालु आर्थिक वर्षके मौज्दात ६ अर्ब र नेपाल सरकारसँग ५ अर्ब ऋण ल...
उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ गते । काठमाण्डौँ उपत्यका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लाका ४ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । धुलिखेल अस्पतालको प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँ र ललितपुरका १/१ जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका २ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि जनाईएको छ ।...
सबै सवारी साधनको पास खारेज

सबै सवारी साधनको पास खारेज

समाचार
पूर्णपुष्टि, असार १ गते । निजी सवारी साधलाई दिईएको सवै सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।