Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

भारतीय सेनाले सिमा नाघेर आक्रमण गरेको चिनको दावी

भारतीय सेनाले सिमा नाघेर आक्रमण गरेको चिनको दावी

समाचार, संसार
पूर्णपुष्टि, असार २ गते । लद्दाखमा चिनिया र भारतीय सेनाबीच गतराति भएको भिडन्तलाई चीनले औपचारिक प्रतिक्रिया दिएको छ । भारतीय सैनिकहरूले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको चिनियाँ विदेश  मन्त्रालयले बताएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरे अनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेको छ । चीनतर्फको  क्षति बारे उल्लेख गरिएको छैन । ‘भारतीय सैनिकहरूले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लङ्घन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरेको जनाईएको छ । समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपङ्तिका सैनिकहरूलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’ विदेश मन्त्रालयले दुवै देश शान्तिपू...
कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते । आज कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ८६ पुगेको छ । दैलेखका ५ र सुर्खेतका ४ जना रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखमा संक्रमितको सख्या ६ सय ३४ पुगेको छ भने सुर्खेतमा २ सय ३५ पुगेको छ । यस्तै, सल्यानमा १ सय ३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १/१ जना संक्रमित फेला परेको जनाईएको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।...
कर्णाली प्रदेशमा थप १ सय ९१ जना डिस्चार्ज

कर्णाली प्रदेशमा थप १ सय ९१ जना डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते । कर्णाली प्रदेशमा थप १ सय ९१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुनेको संख्या ३ सय ४२ पुगेको छ । दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यसअघि विभिन्न अस्पतालबाट १ सय ५१ ज्ना उपचारपछि निको भएर डिस्चार्ज भई घर गइसकेको जनाएको छ ।...
नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते । आज नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । झापा १, पाँचथर १, सुनसरी र सिराहामा २÷२ जना, रौतहटमा २८, महोत्तरी १७, पर्सा २, गोरखा १०, नवलपरासी पूर्व २, वाग्लुङ १,तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १, बैतडी २१, डोटी २०, कन्चनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, नवलपरासी पूर्व १, अर्घाखाँची ३, रुपन्देशी १, दैलख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, अर्घाखाँची ६, काठमाडौं १, महोत्तरी ७२, मोरङ १ ,रोल्पा १, रौतहट १४, रुपन्देही ३, सर्लाही १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ । आज उपचारपछि निको भएर १ सय १७ जना डिस्चार्ज भएका छन् ।  ८ जना महिला र १ सय ९ जना पुरुष रहेको छ । यो सँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस...
२४ दिनपछि न्युजिल्याण्डमा कोरोना संक्रमित फेला पु¥यो

२४ दिनपछि न्युजिल्याण्डमा कोरोना संक्रमित फेला पु¥यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते । २४ दिनपछि न्युजिल्याण्डमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको हो । संक्रमित दुई जना भर्खरै बेलायतबाट फर्किएको र उनीहरु एक–अर्कासँग सम्बन्धित रहेको जनाईएको छ । संचारमाध्यमहरुको अनुसार, ती दुई व्यक्तिलाई एक मृत व्यक्तिको अन्तिम संस्कारमा बाहिरबाट आउनको लागि प्रतिबन्धमा छुट दिइएको थियो । न्युजिल्याण्डले गत हप्तामात्रै देश कोरोना भाइरसमुक्त भएको घोषणा गर्दै सबै प्रतिबन्ध हटाएको थियो ।...
स्वास्थ्य, कृषी र रोजगारीमा केन्द्रित प्रदेशको बजेट

स्वास्थ्य, कृषी र रोजगारीमा केन्द्रित प्रदेशको बजेट

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २ गते ।  हिजो नेपालको ७ वटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले बजेट ल्याउँदा स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रदेश १  १ न. प्रदेशले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८को बजेटमा बिराटनगरको कोरोना उपचार केन्द्रलाई सरुवा रोग उपचार केन्द्रका रुपमा विकास गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कोरोना जनसुरक्षा कोषको लागि पर्याप्त श्रोत व्यवस्था गरिएको र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । प्रदेश २  २ न. प्रदेशले ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक विवरणमा चा...
चीन र भारतको भिडन्तमा ३ जना भारतीय सैनिकको मृत्यु

चीन र भारतको भिडन्तमा ३ जना भारतीय सैनिकको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असार २ गते ।  चीन–भारत सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा चिन र भारतीय सैनिकबीच भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको मृत्यु भएको हो । दुई देश विच सीमा क्षेत्रमा बारम्बार तनाव हुने गरे लामो समयपछि गोली नचलेको छ । एक महिनादेखि लद्दाखमा भारतले बाटो विस्तार गरेपछि दुई देशबीच तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ । भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेक...
गाउँपालिका अध्यक्ष शेर्पाको निधन

गाउँपालिका अध्यक्ष शेर्पाको निधन

समाचार
पूर्णपुष्टि, असार २ गते ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । अध्यक्ष शेर्पाको ३९ वर्षको उमेरमा मंगलबार बिहान साढे ८ बजे निधन भएको गाउँपालिकाले जनाएको छ । सानो आन्द्रामा क्यान्सर भएर विगत १० महिनादेखि थलिएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि गत जेठ १० गते हेलिकोप्टर मार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याइएको जनाएको छ । खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय युवा नेता मानिने शेर्पाको पछिल्लो समय काठमाण्डौको ह्याम्स अस्पतालमा ‘केमोथेरापी’ गराइएको थियो । शल्यक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको चिकित्सकको भनाइ छ । दश महिना पहिले भारतको मेदान्ता अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म ‘रेडियो थेरापी’ गराएको थियो ...
आज विहान दोलखामा भुकम्प

आज विहान दोलखामा भुकम्प

समाचार
पूर्णपुष्टि, असार २ गते ।  दोलखा केन्द्र विन्दु बनाएर ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । विहान करिब ९ः५३ बजे दोलखाको लामाबगर केन्द्र विन्दु बनाएर भुकम्प गरएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
कोरोना संक्रमितको संख्या विश्वमा ८१ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या विश्वमा ८१ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते ।  विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ८्र१ लख नाघेको छ । विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिदा अहिलेसम्म ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संक्रमितमध्ये ४२ लाख १३ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन् भने ४ लाख ३९ हजार ८५ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । भारतमा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या करिब दोब्बरले बढेको छ । अहिले भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।...