Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

बायर्न म्यूनिखले जर्मन बुन्डेस्लिगाको उपाधि चुम्यो

बायर्न म्यूनिखले जर्मन बुन्डेस्लिगाको उपाधि चुम्यो

खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३ गते ।  लगातार आठौं पटक बुन्डेस्लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । दुई खेल बाँकी छँदै बायर्नले लिगको उपाधि जितेको हो । गतराति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिगको उपाधि जितेको थियो । खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । योसँगै लेवान्डोस्कीको लिगमा गोल संख्या ३१ पुगेको छ । लिगमा ७ अंकको अग्रता रहेको बायर्नलाई उपाधि जित्न एक खेलमा जित आवश्यक थियो । ७६ अंकसहित शीर्ष स्थानमा रहेको बायर्नले तीन खेल खेल्न बाँकी रहेको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमेन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।...
विश्वमा ८२ लाख नाघ्यो कोरोना संक्रमित

विश्वमा ८२ लाख नाघ्यो कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  विश्वमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ८२ लाख नाघेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म ८२ लाख ५६ हजार २ सय ५७ जना संक्रमित भएका वर्ल्डओमिटरले जनाएको छ । संक्रमित भएकामध्ये करिब ४३ लाख ६ हाजर ८९ जना उपचारपछि निको भएका छन् भने ४ लाख ४५ हजार ९ सय ३७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट ३ लाख ५४ हजार भन्दा बढी संक्रमित भएका छन् भने ११ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म भारतमा उपचारपछि निको हुनेको संख्या १ लाख ८७ हजार ५ सय ५२ जना पुगेको जनाईएको छ । सबैभन्दा बढी अमेरिकामा २२ लाख ८ हजार ४ सय भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै ब्रजिलमा ९ लाख २८ हजार ८ सय ३४ भन्दा बढी संक्रमित भएका छन् ।...
आज थपिएका कोरोना संक्रमित एकै वडाका

आज थपिएका कोरोना संक्रमित एकै वडाका

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  उदयपुरमा आज थप भएका कोरोना संक्रमित सवै एकै वडाको रहेका छन् । त्रियुगा नगरपालिका–४ को ३ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका ३६, ४६ र ४८ वर्षीय पुरुष र २८ वर्षीया महिला संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदपुरले जनाएको छ । सवै संक्रमितहरु भारतबाट आएर गत जेठ २२ क्वारेन्टाईनमा बसेको बुझिएको छ । उनीहरुको गत २८ गते नमुना स्वाव संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो । परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।...
चिनियाँ सेनासँगको झडपमा भारतीय २० जना सेनाको मृत्यु

चिनियाँ सेनासँगको झडपमा भारतीय २० जना सेनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असार ३ गते ।  भारत –चीनको विवादित सीमा क्षेत्र लद्दाखमा चिनीया र भातीय सेना विच झडप हुदा २० जना भारतीय सेनाको मृत्यु भएको छ । जून १५ र १६ मा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । मंगलबार ३ जना सैनिकको मृत्यु भएको जानकारी दिएको भारतीय सेनाले बुधबार थप १७ जना सैनिकको मृत्यु भएको जनाएको हो । पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा डरलाग्दो झडप भएको र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चोटका कारण मृत्यु भएको भारतीय सेनाले बताएको संचारमाध्यमहरुले जनाएको छ ।...
उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  आज उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ को मोतिगडा क्वारेन्टाईनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवै भारतबाट आएर क्वारेन्टाईनमा बसेको बसेको बुझिएको छ । यो सँंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।
५ हाजार हेक्टर मकै बालिमा फौजी किराको प्रकोप

५ हाजार हेक्टर मकै बालिमा फौजी किराको प्रकोप

आर्थिक, समाचार
विक्रम राई पूर्णपुष्टि, असार ३ गते । खेतबारीमा लगाएको मकै बालिमा अमेरिकन फौजि किराको प्रकोप बढ्दै गएपछि उदयपुरका कृषकहरु चिन्तित बनेका छन् । यस वर्ष जिल्लाको ४ हाजार ७ सय ८९ हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको मकै बालिमा फौजि किराको प्रकोप फैलिएको कृषी ज्ञान केन्द्र उदयपुरले जनाएको छ । जिल्ला भरीका कृषकहरुले वर्षेनी ९ हजार ७ सय ८८ हेक्टर भन्दा बढी क्षेक्रफलमा मकै बालि लगाउँदै आएको छ । उक्त क्षेत्रफल मध्ये ४ हजार ७ सय ८९ हेक्टर क्षेफल भन्दा बढीमा लगाएको मकै बालीमा किराको प्रकोप देखिएको ज्ञान केन्द्रको जनाएको छ । रौतामाई गाउँपालिकाको ८ वटै वडामा २ हजार ७७ हेक्टर क्षेत्रपलमा मकै बालि लगाईएको थियो । उक्त क्षेत्रफलमध्ये १ हजार ४ सय ७२ हेक्टरमा लगाएको मकै बालिमा फौजि किराको प्रकोप देखिएको छ । यसबाट पालिकाका ३ हजार ३ सय ५ घर परिवार कृषक प्रभावित भएका छन् । त्यस्तै बेलका नगरपालिकाको ९ वट...
बर्खा  लागेसँगै पहाडी सडकहरु अवरुद्ध हुन थाल्यो, हिजोको पानीले लिम्चुङबुङ गाउँपालिका जाने सडकको तस्विरहरु

बर्खा लागेसँगै पहाडी सडकहरु अवरुद्ध हुन थाल्यो, हिजोको पानीले लिम्चुङबुङ गाउँपालिका जाने सडकको तस्विरहरु

Breaking News 1
पूणर्पुष्टि, असार २ गते बर्षा सँगै उदयपुरको बिभिन्न पहाडी क्षेत्रहरुमा पहिरोले बाटो अबरुद्ध बनाउन थालेको  छ । उदयपुरको कणर्ाली भनेर चिनिने लिम्चुङबुङ गाउँपालिका जाने बाटो हिजो बेलुका आएको पानीले ध्वस्त बनाएको छ । बर्खा लागे सँगै पहाडी सडकहरुमा यस्तो समस्या आउन थालेको हो । यो हरेक बर्ष पहाडीबासीन्दाको ठुलो समस्या हो ।...
प्युठानमा १ बालिकामा डेंगुको संक्रमण

प्युठानमा १ बालिकामा डेंगुको संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते ।  प्युठानमा एक बालिकामा डेङ्गुको संक्रमण देखा परेको छ । प्युठान नगरपालिका – ६ की एक ६ वर्षीया बालिका बिरामी भएर अस्पताल आएकी बालिकामा डेंगुको संक्रमण पुष्टि भएको हो । बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि मंगलबार बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ । गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेंगुको संक्रमण देखिएको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेंगु संक्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानले जनाएको छ ।...
२ न. प्रदेशमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

२ न. प्रदेशमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते । २ न. प्रदेशमा थप १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै २ न. प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ जना पुगेको छ । सप्तरीमा ३ जना, सिराहामा २ जना, धनुषामा २१ जना, महोत्तरीमा ८९ जना, सर्लाहीमा १६ जना, रौतहटमा ५२ जना र पर्सामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । महोत्तरीको मठियानी नगरपालिकाका १३ वर्षीय एक बालक, १९ देखि ५१ वर्षसम्मका ५ जना पुरुष, महोत्तरीकै लोहरपट्टी नगरपालिकाका २६ र २७ वर्षका २ जना पुरुष, औरही नगरपालिकाकी २८ वर्षीया एक महिला, औरहीकै १८ देखि ४० वर्षसम्मका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ७२ जना संक्रमितको विवरण आउन बाँकी रहेको जनाईएको छ । रौतहटको यमुनामाई नगरपालिकाका १५ देखि ४० वर्ष उमेर समूहका ५ जना पुरुष, बौधीमाई नगरपालिकाका ८ र १२ वर्षीया दुई जना बालिका, सोही नगरपालि...
स्मार्ट कार्ड प्रिन्ट गर्ने सेवा बन्द

स्मार्ट कार्ड प्रिन्ट गर्ने सेवा बन्द

समाचार
पूर्णपुष्टि, असार २ गते ।  यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाको लागि २४ घण्टामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराउने व्यवस्था स्थगित गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई आवश्यक पर्दा छिटो स्मार्ट कार्ड प्रिन्ट गर्ने सेवा स्थगित भएको विभागले सूचना जारी गर्दै जनाएको हो  । यसअघि विदेश जाने, सुरक्षा निकायबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखी आएको पत्रको आधारमा छिटो स्मार्ट कार्ड प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदक दाताको स्मार्ट कार्ड निवेदन दिएको भोलिपल्ट नै प्रिन्ट गरी वितरण गरिदिने व्यवस्था थियो । यो सेवा अब अर्को सुचना नआएसम्मको लागि स्थगित भएको भन्दै विभागले सम्बन्धित कार्यालयहरुलाई स्मार्ट कार्ड छिटो प्रिन्टको लागि सिफारिस नगर्न अनुरोध...