Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भेटिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको छ । प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएका परीक्षणमा कालिकोटका १४ जना र दैलेख र सुर्खेतका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । उक्त संक्रमित मध्ये ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलेशन सेन्टरबाट १ सय ६, नारायण क्याम्पसमा रहेको आइसोलेशन र जिल्ला अस्पताल दैलेखबाट ४३ जना, प्रदेश अस्पताल सुर्खेतबाट ३ जना निको भएर घर गएको जनाईएको छ । योसँगै कोरोना मुक्त हुनेको संख्या ४ सय ९४ पुगेको छ ।...
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते । गण्डकी प्रदेशमा थप २१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्वका १८ र पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ । नयाँ पुष्टि भएका २१ जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासीको हप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, स्थानीय तह नखुलेका २७ वर्षका पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षका पुरुष रहेका छन् । यीमध्ये कावासोतीका ३७ वर्षीय पुरुषको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएकोमा मङ्गलबार कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको थियो । त्यस्तै, पर्वतको फलेवास नगरपालिकाका १९ र २१ वर्षीय पुरुष र ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण ...
२ न. प्रदेशमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

२ न. प्रदेशमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।    २ न. प्रदेशमा थप १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै २ न. प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ । सप्तरीमा ३, सिरहामा २, धनुषामा २१, महोत्तरीमा ९, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा २ गरी १ सय ८५ नयाँ संक्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमितमध्ये ५ सय ६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।...
नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  आज नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सख्या ७ हजार १ सय ७७ पुगेको छ । उक्त संक्रमित मध्ये १  हजार १ सय ६७ पुगेको छ भने २० जनाको मृत्यु भईसकेको छ ।
अर्घाखाँचीका २ जना कोरोना संक्रमित उपचारपछि निको भए

अर्घाखाँचीका २ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  अर्घाखाँची दुई जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पाणिनी गाउँपालिका–८ पालीको कमला माविको क्वरेण्टीनमा रहेका दुई जना कोरोना मुक्त भएको अस्पतालले जनाएको छ । गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिँडेरै ५ जना अर्घाखाँची आइपुगेका थिए । उनीहरुलाई पाणिनी गाउँपालिका–८ को विद्यालयको क्वरेण्टीनमा राखिएको थियो । उनीहरुको गत जेठ १० गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी  प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो । प्रयोगशालामा परिक्षण गर्दा १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा जेठ १३ गते कोरोना पुष्टि भएको थियो । सेल्फ क्वारेन्टाईनमा बस्ने गरी उनीहरुलाई घरमा पठाइने जनाएको छ । अहिलेसम्म अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । अर्घाखाँचीमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने २ जना कोरोना मुक्त भएका छन् ।...
उदयपुरमा राम्रो छवि बनाएका एसपी मगर सुर्खेत सरूवा

उदयपुरमा राम्रो छवि बनाएका एसपी मगर सुर्खेत सरूवा

समाचार
पूर्णपुष्टि, असार, ३ उदयपुरमा कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सफल प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगर कर्णाली प्रदेश सशस्त्र प्रहरी गण (सुर्खेत) सरुवा हुनुभएको छ । लागूऔषध, चोरी, अपराधजन्य घटना नियन्त्रण तथा फरार अपराधीहरु पक्राउ गर्न सफल एसपी मगर १३ महिनाको कार्यकाल पछि मगर उदयपुरबाट सुर्खेत सरुवा हुनुभएको हो । जिल्लामा रहेर नागरिकको शान्ति सुरक्षा, अमन चयन कायम गर्न र विशेषगरी कोरोना भाइरसको संक्रमण नियन्त्रण, लकडाउनको पालनामा योगदान रहेको एसपी मगरले जिल्लामा सच्चा र इमान्दार प्रहरीको छाप छोड्न सफल भएको भन्दै विभिन्न संघसंस्था र व्यक्तिहरुले बिदाइ गरिरहेका छन् । पूणर्पुष्टि मिडियाले पनि आज कदरपत्रसहित आज एसपी मगरलाई बिदाई गरेको छ । नागरिकलाई लकडाउनबारे सूसुचित गराउने, कोरोनाप्रति सतर्क गराउन प्रभावकारी भूमिका खेलेको भन्दै नागरिकतहबाट उच्च कदर भएको छ ।  १ नं प...
मलेसियामा रहेका सवै नेपाली कोरोना मुक्त

मलेसियामा रहेका सवै नेपाली कोरोना मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  मलेसियामा रहेका सवै नेपालीले कोरोनालाई जितेको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना संक्रमण देखिएकोमा उपचारपछि उनीहरु सवै निको भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । पछिल्लो २ हप्तामा कसैमा नयाँ संक्रमण नदेखिएको र संक्रमितहरु पूर्ण रुपमा निको भएको जनाईएको छ । खाडीका देशको तुलनामा मलेसियामा कोरोनाबाट कम संख्यामा मात्रै नेपाली संक्रमित भएको छ । नेपालीको श्रम गन्तव्य देश यूएई, साउदी, कतार लगायतका देशमा केही नेपालीको कोरोनाको कारण मृत्यु समेत भएको थियो । मलेसियामा अहिलेसम्म ८ हजार ५ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ७ हजार ७ सय ३३ जना उचपारपछि निको भइसकेका छन् । कोरोनाबाट मलेसियामा १ सय २१ जनाको मृत्यु भएको छ । ६ सय ५१ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि गएको मे ४ देखि नै लकड...
टेलिकमले शुल्क मिनाहा गर्ने

टेलिकमले शुल्क मिनाहा गर्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ३ गते ।  कोरोनाको महामारीले गर्दा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म विलम्ब शुल्क नलाग्ने भएको छ । लकडाउनमा कम्पनीका सेवा प्रयोग गरेबापत् तिर्नुपर्ने महसुल बुझाउन नसक्ने ग्राहकलाई विलम्ब शुल्क नलाग्ने टेलिकमले विज्ञप्ति जारी गर्दै जनाएको हो । असार ८ गतेदेखि भने महसुलमा नियमानुसार विलम्ब शुल्क लाग्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट अन्त्य गरी असार १ गतेदेखि नियमित शुल्क नै लागू गरिएको छ । टेलिकमले भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै छ । यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७४ साल वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भए...
बिजुलीको महसुल घट्यो

बिजुलीको महसुल घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ३ गते ।  नेपाल विद्युत प्राधिकरणको प्रस्ताव अनुसार विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने र ट्रंक लाइन तथा डेडिकेटेड लाइन खारेज गर्ने निर्णय गरेको हो । लोडसेडिङको समयमा अन्य ग्राहकबाट भन्दा धेरै महसुल लिएर प्राधिकरणले उद्योगलाई छुट्टै लाइनमार्फत बिजुली दिएको थियो । लोडसेडिङ अन्त्य हुँदा पनि ट्रंक र डेडिकेटेड लाइनमार्फत महँगो बिजुली लिन बाध्य भएको उद्योगीको गुनासो थियो । अब ट्रंक र डेडिकेटेड लाइन खारेज भएको छ । नेपाल विद्युत प्राधिकरणले वर्गीकरण गरेका १३ वटा उपभोक्ता वर्गले प्रयोग गर्ने बिजुलीको महसुल औसतमा १० प्रतिशतले समायोजन गरिएको विद्युत नियमन आयोगले जनाएको छ । ग्रामीण क्षेत्रमा तथा सहरी क्षेत्रका मध्यमवर्गीय उपभोक्ताहरुले एलपी ग्याँसको साटो विद्युतीय उपकरण प्रयोग गरुन् भन्...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ३ गते ।  कोरोनाको महामारीले ठप्प भएका कामहरु विस्तारै सुरु हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ २४ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ । आज बुधबार कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३ सय १७ रुपैयाँ ६० पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ४५ पैसा बिक्रीदर २८ रुपैयाँ ६० पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ सय ९७ रुपैयाँ ५४ ...