Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते ।  विश्वको विभिन्न देशमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ । विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाईरस संक्रमणबाट अहिलेसम्म ४ लाख ५१ हजार २ सय ६३ जनाले मृत्यु भएको जनाईएको छ । विश्वमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८४ लाख पुगेको छ । संक्रमितमध्ये ४४ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । यसैबीच भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार पुगेको छ । संक्रमितमध्ये १ लाख ९४ हजार निको भएका छन् भने १२ हजार २ सय ६२ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।...
रसुवागढी नाका खोल्न चीनको सहमति

रसुवागढी नाका खोल्न चीनको सहमति

समाचार, संसार
पूर्णपुष्टि, असार ४ गते ।  रसुवागढी नाका खोल्न चीन सहमत भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको नाका सञ्चालनमा ल्याउन लागिएको हो । सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो । तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने भन्दै स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको हो । चीनले हिजो नाका खोल्न सहमति दिएकाले केही दिनमा नै नाका सञ्चालनमा आउने रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालन नआउँदा तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ । नाका कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा दुवै देशका सीमा प्रशासनले निर्णय गर्नेछन् । नाका बन्द भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले ४ पटक सामग्री आयात गर्ने बाहेक नाकामा अन्य गतिवि...
नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खुल्यो

समाचार
पूर्णपुष्टि, असार ४ गते । भिषण वर्षासँगै पहिरो खसेर बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलको छ । चितवनको कालिखोलामा हिजो वर्षासँगै पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको हो । पहिरो पन्छाएर गाडी एकतर्फी सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोले सडक बन्द भएपछि कालिखोलामा गाडीको चाप छ । पहिरो पन्छाउने काम भैरहेकाले आज दुईतर्फी नै गाडी सञ्चालन हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । पहिरो पन्छाउने काम जारी रहेपनि पानी पर्ने कार्य पनि जारी रहेकाले जोखिम कायमै रहेको जनाईएको छ । नारायणगढ मुग्लिन सडकको बाटो विस्तार गर्दा ठाउँ ठाउँमा पहाड काटिएको छ ।...
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, असार ४ गते ।  इंग्लिस प्रिमियर लिगको पहिलो दिनको खेलमा म्यानचेस्टर सिटीले आर्सनलाई हराएको छ । कोरोना महामारीकै बीच सिटीको घरेलु मैदानमा सुरु भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलाई ३–० गोलले हराएको हो । खेलमा रहिम स्ट्रलिङ, केभिन डी बु्रइन र फोडेनले एक एक गोल गरे । केभिन डी ले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनल दोस्रो हाफको सुरुवातमै १० खेलाडीमा सीमित भयो । आर्सनलका डिफेन्डर डेविड लुइज विपक्षीलाई फल गरेपछि रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ । नवौं स्थानमा रहेको आर्सनलको ४० अंक छ । त्यस्तै गएराति भएको खेलमा एस्टन भिल्ला र सेफिल्डले बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै २६ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ । ४४ अंक जोडेको सेफिल्ड ...
गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते ।  गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीमा थप ४१ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ८९ पुगेको छ । मनाङमा समेत कोरोना संक्रमित भेटिएका छन् । मनाङका संक्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो । नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखामा १ महिला सहित ११ जना र तनहुँमा १२ जना रहेका जनाईएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमित मध्ये उपचारपछि २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
आज भनिएको साउदी र यूएईको उडान रद्द

आज भनिएको साउदी र यूएईको उडान रद्द

समाचार
पूर्णपुष्टि, असार ४ गते । आज भनिएको दुई देशका उडा रद्द भएको छ । साउदी र यूएईबाट नेपाल एअरलाईन्सले  उडान भर्ने भनिएको तालिका रद्द भएको हो । साउदीको रियादबाट नेपाल एअरलाइन्सले विहिबार भनिएको उडान रद्द भएपछि जुन २१ ऋर्थात असार ७ गते उडा भर्ने भएको छ । यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४ सय ४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको जनाएको छ । यो उडानमार्फत स्वदेश फर्कनेले कोरोना जाँचको प्रमाण साथैमा राख्नुपर्नेछ । त्यस्तै आजकै दिन संयुक्त अरब इमिरेट्स यूएईबाट हुने भनिएको नेपाल एअरलाइन्सको उडान पनि रद्द भएको छ । यो उडान कहिले हुन्छ भन्ने जानकारी आएको छैन ।...
अहिलेसम्म १३ देशबाट १५ सयभन्दा बढी स्वदेश फर्किए

अहिलेसम्म १३ देशबाट १५ सयभन्दा बढी स्वदेश फर्किए

समाचार
पूर्णपुष्टि, असार ४ गते ।  अहिलेसम्म विश्वका विभिन्न् १३ देशबाट १५ सय ७९ जना स्वदेश फर्किएका छन् । कुवेतबाट चार उडानमार्फत ५ सय ९८, बंगलादेशबाट २ उडानमार्फत ४ सय १३, मलेसियाबाट १, म्यानमारबाट २६, यूएईबाट १ सय ६८ जना स्वदेश फर्किएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यस्तै जापान २ उडानमार्फत १३, अस्टे«लियाबाट ११, अफगानिस्तानबाट १८, ओमानबाट १ सय ६६, हङ्कङबाट ११, श्रीलंकाबाट ५, र माल्दिभ्सबाट १ सय ४९ जना स्वदेश फर्किएको जनाईएको छ । त्यस्तै आज मलेसिया, कुवेत र ओमानबाट नेपाली स्वदेश फर्कंदै छन् । कुवेतबाट आममाफीमा सहभागी १ सय ५० जना नेपालीलाई कुवेत सरकारले नै नेपालसम्म ल्याइदिने कुवेतमा रहेको नेपाली राजदुताबासले जनाएको छ । कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाण्डौ आउनेछ । उनीहरु सबैजनालाई कोरोना जाँचसहित कुवेतले निःशुल्क ल्याइदिनेछ । त्यस्तै ओमानबाट १ सय ८० जना नेपाली स्वदे...
साउदीबाट असार ७ मा ४४५ जना नेपाल आउने

साउदीबाट असार ७ मा ४४५ जना नेपाल आउने

समाचार
पूर्णपुष्टि, असार ३ गते ।  आगामी जुन २१ अर्थात आईतबार नेपाल एअरलाइन्सले साउदीको रियादबाट चार्टर्ड उडान भर्ने भएको छ । यस उडानमार्फत स्वदेश फर्कने ४४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको जनाएको छ । यो उडानमार्फत नेपाल फर्कनेले कोरोना जाँचको प्रमाण साथैमा राख्नुपर्नेछ । तर जहाजको टिकट काटेपछि मात्र कोरोना जाँच गराउन प्राथमिकतामा परेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिन्छ । नजिकको स्थानबाट कोरोना जाँच गराउन समस्या भएमा कृष्ण भूषाललाई ०५९८२५६७१८ मा सम्पर्क गर्न दूतावासले भनेको छ । रियादबाट काठमाण्डौ आउनका लागि ४६५ अमेरिकी डलर अर्थात १७४४ साउदी रियाल तोकिएको छ । टिकट कम्पनीले नकाटिदिएमा आफ्नै खर्चमा काट्नु पर्...
नेपालमा कोरोना मुक्त हुनेको संख्या १ हजार नाघ्यो

नेपालमा कोरोना मुक्त हुनेको संख्या १ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १ हाजार नाघेको छ । अहिलेसम्म नेपालमा उपचारपछि निको हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ  । पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सिरहाबाट ६ जना र वीरगञ्जबाट ३ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाईएको छ ।...
बंगलादेशबाट १५५ जना नेपाल आईपुगे

बंगलादेशबाट १५५ जना नेपाल आईपुगे

समाचार
पूर्णपुष्टि, असार ३ गते । बंगलादेशबाट १ सय ५५ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कोरोनाको कारण समस्यामा परेका नेपालीहरु हिमालय एअरलाइन्सबाट केहीबेर अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । स्वदेश फर्कनेमा ३६ महिला  १ सय १९ पुरुष र २ जना २ वर्ष मुनीका बालबािलका रहेको जनाईएको छ । हिमालय एअरलाइन्स ढाकातर्फ बिहान ८ बजेर १५ मिनेटमा ७ जना नेपाली र ९ जना विदेशी नागरिक लिएर उडेको थियो । यसअघि शुक्रबार ढाकाबाट २ सय ५८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।...