Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

नेपाली भूूभागबाट भारतीय सैनिक क्याम्प हट्नु पर्छ : श्रेष्ठ

नेपाली भूूभागबाट भारतीय सैनिक क्याम्प हट्नु पर्छ : श्रेष्ठ

समाचार
पूर्णपुष्टि, असार ४ गते ।  नेपाली भूमी कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले बताएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुनभएका नेता श्रेष्ठले भन्नुभयो, “कालापानी, लिपुलेक, लिम्पयाधुरा हाम्रो हो हामीलाई प्राप्त हुनुपर्छ । नेपाली भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ । र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ भन्ने हाम्रो दृढ अडान हो श्रेष्ठले भन्नुभयो । लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएकाले भारत वार्तामा बस्न तयार हुनुपर्ने श्रेष्ठले बतउनुभयो । बार्तामा बस्न बारमबार भारतलाई भने पनि विभिन्न बहानामा पन्छि रहेको छ । हामी वार्तामा बस्न आतुर ...
राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित

समाचार
पूर्णपुष्टि, असार ४ गते ।  राष्ट्रिय सभाबाट नेपालको संविधानको दोस्रो संशोधन विधेयेक २०७७ सर्वसम्मतले पारित भएको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नको लागि पेस भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको हो । राष्ट्रिय सभामा उपस्थित ५७ जना सांसदले नै संविधान संशोधनको पक्षमा मतदान गरेका छन् । यसअघि यो विधेयक प्रतिनिधि सभाबाट पनि सर्वसम्मत पारित भइसकेको छ । भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपु्लेक र कालापानीको भू–भाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेको छ । संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न सरकारले विधेयेक ल्याएकोमा संसदका दुवै सदनले पारित भएको छ । अब यो विधेयेक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ ।...
भारतले अतिक्रमण गरेको नेपाली भूमि तत्काल फिर्ता गर्नु पर्छ : शर्मा

भारतले अतिक्रमण गरेको नेपाली भूमि तत्काल फिर्ता गर्नु पर्छ : शर्मा

समाचार
पूर्णपुष्टि, असार ४ गते ।  भारतले अतिक्रमण गरेको नेपाली भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले बताउनुभएको छ । नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेश गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताउनुभएको हो । दवै छिमेकी असल मित्र भएकाले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नु पर्ने उहाँले बताउनुभयो । नेपालीहरुको सदाशयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भारतले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको भन्दै उहाँले नेपालको भूमिमा बसेको भारतीय सेना तत्काल हटाउनु पर्ने बताउनुभयो । नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकता...
अछाममा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

अछाममा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते ।  अछाम थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अछाम जिल्लामा संक्रमितको संख्या ५१ पुगेको छ । अछामको साँफेबगर नगरपालिकाका ६ जना र मेल्लेख गाउँपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाण्डौको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको अछाम अस्पतालले जनाएको छ । अहिलेसम्म अछाम जिल्लाका ५१  संक्रमित मध्ये  ७ जना उचपारपछि निको भएरका छन् ।...
कोरोना संक्रमित विराटनगरबाट ३९ जना डिस्चार्ज

कोरोना संक्रमित विराटनगरबाट ३९ जना डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते ।  मोरङको विराटनगरबाट ३९ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । गोठगाउँमा रहेको  पूर्वाञ्चल विश्वविद्यालयको  आइसोलेशन केन्द्रमा उपचार गराइरहेका १ सय १६ जनामध्ये ३९ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा झापा, मोरङ, सुनसरी र भोजपुरका १५ देखि ४७ बर्ष उमेर समूहका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । १ न. प्रदेशमा संक्रमितको संख्या ४ सय १६ पुगेको छ भने अहिलेसम्म उचपारपछि निको हुनेको संख्या २ सय १६ छ । १ न. प्रदेशका जिल्लाहरु मध्ये सबैभन्दा बढी झापा जिल्लामा १ सय ७६ जना संक्रमित छन् भने मोरङमा  १ सय २ पुगेको छ ।  सुनसरीमा ६२ पुगेको छ भने उदयपुरमा ४७ , धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १ , संखुवासभामा २, इलाममा २ जना र तेह्रथुममा २ जना संक्रमित रहेको प्रदेश सरकारले जनाएको छ ।...
कुवेतबाट १५० जना नेपाली काठमाण्डौँ आईपुग्यो

कुवेतबाट १५० जना नेपाली काठमाण्डौँ आईपुग्यो

समाचार
पुर्णपुष्टि, असार ४ गते ।  कुवतेबाट १ सय ५० जना नेपाली नेपाल आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली जजिरा एअरमार्फत काठमाण्डौ आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । यसअघि ४ वटा उडानमार्फत ५ सय ९८ जना नेपाल आई सकेका छन् । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । आममाफीमा सहभागी झण्डै ३ हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फकाइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेको दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ । घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्...
धानको समर्थन मूल्य तोकियो

धानको समर्थन मूल्य तोकियो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ४ गते । रोपाई हुनुअघि नै सरकारले यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पहिलो पटक रोपाईं हुनुभन्दा पहिला नै धानको समर्थन मूल्य तोकेको हो । मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । पहिलो पटक रोपाईं हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेपछि किसानका लागि बचत सुनिश्चित भएको मन्त्रालयले दावी गरेको छ । किसानले व्यवसायीलाई बिक्री गर्न नसके सरकारी कम्पनीले खरिद गर्ने मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत समर्थन मूल्य तोकिएको बालीको बजारको ग्यारेन्टी गर्ने उल्लेख छ । उत्पादन गरेको बाली बिक्री नभए सरकारले खरिद गर्ने सुनिश्चित भएपछि किसानले ढुक्कका साथ उत्पादनका लागि लगानी गर्ने र त्यसले कृषि उ...
चितवनमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते ।  चितवनमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खैरहनी नगरपालिकाका २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । भरतपुरको कोरोना प्रयोगशाला गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्म चितवनमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।...
पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते । पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका र फलेबास नगरपालिका २\२ जना र मोदी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष र १३ न. वडाका २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुष र मोदी गाउँपालिका ६ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।...
प्रहरी हुँ भन्दै ब्यापारीसंग रकम असुल गर्ने १ जना पक्राउ

प्रहरी हुँ भन्दै ब्यापारीसंग रकम असुल गर्ने १ जना पक्राउ

समाचार
सुनसरी, असार ४ गते । सुनसरीमा सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीहरुसंग रकम असुली गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । हरिनगर गाउँपालिका–२ का ब्यापारीहरुलाई बिभिन्न डर त्रास देखाई गैह्र कानूनी रुपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसंगै मंगलवार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका–५ का २३ बर्षीय असरार अहमद मियालाई पक्राउ गरेको हो । यसरी प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरुसंग गैह्र कानूनी तवरले रकम असुली गर्ने मियाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...