Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ गते । गण्डकी प्रदेशमा थप २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाग्लुङ, कास्की, स्याङजा र नवलपरासी सुस्ता पूर्वका गरी २४ जना संक्रमित थपिएका हुन् । बाग्लुङमा २ महिलासहित १४ जना, कास्कीमा २ महिलासहित ६ जना, स्याङ्जा र नवलपरासी सुस्ता पूर्वका २/२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ३ सय ४८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
साउदीबाट पहिलो चार्टर्ड उडानमार्फत १५४ नेपाली आईपुग्यो

साउदीबाट पहिलो चार्टर्ड उडानमार्फत १५४ नेपाली आईपुग्यो

समाचार
पूर्णपुष्टि, असार ५ गते ।  पहिलो चार्टर्ड उडानमार्फत साउदीको दमामबाट १ सय ५४ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि शनिबार भर्नेछ । यस उडानमार्फत स्वदेश फिर्तीका लागि २ सय २६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । साउदीमा समस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।...
घटना विशेष खबर : १३ महिनामा एसपी मगरले के के गरे ? यी हुन् उनका खास कामहरू

घटना विशेष खबर : १३ महिनामा एसपी मगरले के के गरे ? यी हुन् उनका खास कामहरू

समाचार
पूर्णपुष्टि, असार ४ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आज विदा भएका एसपी बीरबहादुर बुढा मगर उदयपुरमा नि*र्वि*वा*द*रुपमा आफ्नो कार्यकाल पुरा गर्ने प्रहरी प्रमुखको रुपमा देखिएका छन् । उनले १३ महिने कार्यकालमा जिल्लामा शान्ति, सुरक्षा तथा नागरिकको अमनचयन कायम गर्दै विवादरहितरुपमा कार्य सम्पादन गरेको पाइएको छ । कार्यकाल भर उनलाई नागरिकहरुबाट कुनै पनि किसिमको आक्षेप लगाउने अवस्था बनेन । उनको जिल्लामा कोरोना संक्रमण नियन्त्रणको भूमिका पनि उत्तिकै प्रशंसनीय रह्यो । उनले आफ्नो कार्यकालमा घटेका जघन्य अ*प*रा*धका घ*ट*नाहरुलाई सफलतापूर्वक छिटो अनुसन्धान गरी अप*रा*धीलाई कटघरामा उभ्याउने काम गरेका छन् । उनका केही प्रशंसनीय कामहरु चर्चा गरौं । दशैंको बेला आमाछोरीको ह*त्या, ह*त्या*रालाई जन्म*कैद दशैको माहौल थियो । त्रियुगा नगरपालिका ९ चौकीबारीमा ज*घ*न्य घ*ट*ना घट्यो । २०७६ असोज २४ गते त्यहाँ आमाछ...
कोशी करिडोर सडकलाई पूणर्ता दिन ३ पालिकाले छुट्यायो ४ करोड

कोशी करिडोर सडकलाई पूणर्ता दिन ३ पालिकाले छुट्यायो ४ करोड

समाचार
पूणर्पुष्टि, असार, ४ उदयपुरको घुर्मि लिम्चुङबुङ कोशी करिडोरको ट्रयाक खोल्न ३ पालिकाबाट ४ करोड बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरबको योजना भएता पनि हाल सम्म कुनै पहल नभएपछि छायाँमा परेको सडकलाई स्थानीय स्थरबाट स्तरउन्नतिका लागि ३ पालिकाले बजेट बिनियोजन गरेको हो । राष्ट्रिय गौरब पूर्वधारको रुपमा रहेको घुर्मि, चतारा कोशी करिडोर सडकको निर्माण कार्य अबरुद्ध भइ लामो समय देखि अलपत्र परेको अवस्था थियो । यस बिषयमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाका आम जनताहरुले चासो राखेको र अलपत्र सडकलाई तत्काल निर्माण गरी सहज गराउन स्थानिय सरकारलाई बाराम्बार अनुरोध गरेका थिए । यसै सडकको लागि नेकपा उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवालको संयोजकमा कटारी नगरपालिकामा ३ ओटै पालिकाका स्थानीय सरकार प्रमुख लगाएत सम्बन्धित निकायहरु सँग बुधबार बसेको बैठकले कोशी करिडोर सडकको बाँकी रहेक...
कोशी करिडोर स्थानीय तहले निर्माण गर्ने

कोशी करिडोर स्थानीय तहले निर्माण गर्ने

समाचार
पूर्णपुष्टि, असार ४ गते । अलपत्र परेको कोशी करिडोर उदयपुरका ३ वटा स्थानीय तहले निर्माण गर्ने भएको छ । विगत १० वर्षदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्गमा जोडिने कोसी करिडोर नामले परिचित उदयपुरको घुर्मी–चतरा सडक ओझेलमा परेको भन्दै उदयपुरका स्थानीय तहले निर्माण गर्ने भएको हो । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरका अध्यक्ष बिनोद कटुवाल (दिवश) को अध्यक्षतामा कटारी नगरपालिकाको कार्यलयमा बसेको सर्वपक्षीय बैठकले संघीय सरकारले अलपत्र पारेको सडक कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङ गाउँपालिका आफैले निर्माण गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेटबाट निर्माण गर्ने गरी ४ करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ । सडक सर्भे गर्दा वातावरण प्रभाव मूल्यांकन (ईआईए) अध्ययन नगरेको भन्दै वन कार्यालयले रोकेपछि १ सय ६७ किलोमिटर दुरी भएको सडकको ट्रयाक खोल्ने काम अलपत्र परेको थियो । संघ...
लडेर १ जनाको मृत्यु

लडेर १ जनाको मृत्यु

समाचार
सुनसरी, असार ४ गते ।  सुनसरीको बराहक्षेत्रमा लडेर एक जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–३ का २३ बर्षीय शुशिल मेहेताको घरबाट लडेर मृत्यु भएको हो । बुधवार अपरान्ह साँढे ५ बजे बराहक्षेत्र नगरपालिका–८ चौफालामा फुल कुमारी चौधरिको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेर घाईते भएका मेहेताको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
खोलामा डुबेर १३ बर्षीया बालिकाको मृत्यु

खोलामा डुबेर १३ बर्षीया बालिकाको मृत्यु

समाचार
उदयपुर, असार ४ गते ।  उदयपुरको बनाल खोलामा डुबेर एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ । सिराहा घर भई उदयपुरको गढी गाउँपालिका–७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गा बहादुर खड्काको १३ बर्षीया छोरी नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको हो । हिजो दिउँसो साँढे ४ बजे घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।...
जंगली च्याउ खाएर ३ जना बिरामी

जंगली च्याउ खाएर ३ जना बिरामी

समाचार
झापा, असार ४ गते ।  झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका छन् । बुधवार बिहानको खाना संगै जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, निजको छोरा २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् । बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
भ्रष्टाचारको आरोप लगाएर सरकारलाई अप्ठेरोमा पार्न खोजियो : प्रधानमन्त्री ओली

भ्रष्टाचारको आरोप लगाएर सरकारलाई अप्ठेरोमा पार्न खोजियो : प्रधानमन्त्री ओली

समाचार
पूर्णपुष्टि, असार ४ गते ।  कोरोना रोकथाम तथा नियन्त्रणमा भ्रष्टाचार भयो भनेर हुदै नभाको आराप लगाएर सरकारलाई अप्ठेरोमा पार्ने काम भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । राष्ट्रिय सभामा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई आक्रमण गर्ने उद्देश्यले नै हुँदै नभएका विषयमा हल्ला चलाइएको दाबी गर्नुभयो । उहाँले कारोना महामारीको अप्ठेरो अवस्थामा काम गरिरहेका निकाय र व्यक्तिको प्रशंसा गर्नुको साटो भ्रष्टाचारको आरोप लगाएर निरुत्साहित पार्न खोजिएको बताउनुभयो । देशमा भ्रष्टबाहेक कोही जन्मिँदै जन्मिन्नन् र पदमा पुगेका सबै भ्रष्ट छन् भन्ने नियत त्याग्न उहाँले आग्रह गर्नुभयो ।  कोरोना नियन्त्रणमा भएको १० अर्ब रुपैयाँको मोटामोटी खर्च सार्वजनिक भएको र सानो खर्च पछि सम्बन्धित निकायले सार्वजनिक गर्ने प्रधानमन्त्रीको भनाइ छ । कोरोनासँग लड्ने बेलामा केही व...
ओमानबाट १४७ नेपाली काठमाण्डौ आइपुग्यो

ओमानबाट १४७ नेपाली काठमाण्डौ आइपुग्यो

समाचार
पूर्णपुष्टि, असार ४ गते । आज ओमानबाट १ सय ४७ जना नेपाली स्वदेश फर्किएका छन् । सलाम एअरको फ्लाइट नम्बर ओभी ४२७ मार्फत १ सय १० जना पुरुष र ३७ जना महिला काठमाण्डौ आई पगेको हो । विमानस्थल र होल्डिङ् सेन्टर हुँदै सिधै होम क्वारेण्टीनमा जान पाउनेछन् । ओमानमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सलाम अएरमार्फत स्वदेश फर्काइरहेको छ । सरकारले तोकेको भन्दा सस्तो भाडादरमा दूतावासले ओमानबाट नेपालीलाई स्वदेश फर्काएको छ । एकतर्फी उडानको भाडा १ सय १५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार ४ सय २३ रुपैयाँ तोकेको छ । यो भाडादर सरकारले स्वदेश फिर्तीका लागि तोकेको भन्दा सस्तो हो । सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३ सय ६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ ...