Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

बनेपामा चोरी गर्ने चोर सुनवलमा पक्राउ

बनेपामा चोरी गर्ने चोर सुनवलमा पक्राउ

समाचार
पूर्णपुष्टि, असार ५ गते । बनेपामा चोरी गर्ने एक ब्यक्ति सुनवलमा पक्राउ परेको छ । बनेपाको हार्डवेयर पसलमा चोरी गरेर फरार व्यक्ति नवलपरासीको सुनवल–१ बाट पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय, बनेपाको टोलीले चितवनको रत्नगर–१ का २७ वर्षीय प्रकाशजंग कुँवरलाई चोरीको रकम मध्ये १ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो । कुँवरले घटनास्लथमा प्रयोग गरेको कपडा, जुत्ता, मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत जेठ २८ गते कुँवरले तेन्डेल हार्डवेयर प्रा.लिको क्वारउन्टरमा ९ लाख ४ हजार २ सय ७५ रुपैयाँ चोरी गरेर फरार भएका थिए । कुँवरविरुद्ध जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुँवर पटके चोर हुन् । तिम्सिना इलाका प्...
भारतमा एकैदिन १३ हजार बढी संक्रमित थपियो

भारतमा एकैदिन १३ हजार बढी संक्रमित थपियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ गते ।  भारतमा एकै दिन १३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा  संक्रमितको संख्या ३ लाख ८० हजार ५ सय नाघेको छ । संक्रमित मध्ये २ लाख ४ हजार ७ सय १० जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको कारण १२ हजार ५ सय ७३ जनाको मृत्यु भइसकेको छ । भारतको महाराष्ट्र राज्य सबै भन्दा बढी प्रभावित भएको छ । यो राज्यमा १ लाख २० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै तमिलनाडुमा ५२ हजारभन्दा धेरै, दिल्लीमा ४९ हजारभन्दा धेरै र गुजरातमा २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।...
होम क्वरेण्टीनमा बसेका १ जनाको मृत्यु

होम क्वरेण्टीनमा बसेका १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार ५ गते । गुल्मीमा होम क्वरेण्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका ५ को मैनडाँडाका ६९ वर्षीय पुरुष राति मृत्यु भएको हो । दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्ककिएका लामो समयदेखि प्यारालाइसिसको बिरामी थिए । उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनी होम क्वरेण्टीनमा बस्दै आएको थियो । आज उनको स्वाब संकलन गरेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको छ । मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।...
आज कुवेतबाट १५० जना नेपाली आईपुग्यो

आज कुवेतबाट १५० जना नेपाली आईपुग्यो

समाचार
पूर्णपुष्टि, असार ५ गते ।  आज पनि कुवेतबाट १ सय ५० जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० जना नेपालीलाई लिएर जजिरा जहाज काठमाण्डौँ आईपुगेको हो । कुवेतबाट जजिरा एअरलाइन्सले १ सय ५० जना यात्रु र दुईवटा शव ल्याएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कुवेतबाट यसअघि ५ उडानमार्फत ७ सय ४८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफीमा सहभागी भएकाहरुलाई कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । आममाफीमा सहभागी झण्डै ३ हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ । घर फर्किएका नेपालीलाई वि...
स्थानीय तहले पीसीआर मेसिन खरिद गर्न प्रक्रिया अघि बढायो

स्थानीय तहले पीसीआर मेसिन खरिद गर्न प्रक्रिया अघि बढायो

समाचार
पूर्णपुष्टि, असार ५ गते ।  तनहुँका स्थानीय तहहरुले पीसीआर परिक्षण मेसिन खरिद गर्न प्रक्रिया अगाडी बढाएको छ । ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० पालिकाको संयुक्त लागतमा पीसीआर परीक्षण मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएको हो । कोरोनाको विरामी बढ्दै गएपछि कोरोना परिक्षणमा सहजता ल्यायउने उद्देश्यले पालिकाले मेसिन खरिद प्रक्रिया अघि बढाएको हो । १० वटै पालिकाद्वारा शुक्लागण्डकी नगरपालिकालाई खरिद तथा भौतिक संरचना व्यवस्थापनको लागि जिम्मा दिइएको छ । नगरपालिकाले फायल तयार गरी गण्डकी प्रदेश सरकारसँग मेसिन खरिद प्रक्रियाको लागि अनुमति लिने कार्य भएको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ । १० वटै पालिकाले प्रतिशतका आधारमा लागत सहभागिताको लागि प्रतिबद्धता जनाए अनुरुप पीसीआर परीक्षण मेसिन खरिद प्रक्रिया अघि बढाएको जनाएको छ । पीसीआर मेसिन खरिदका लागि जिल्लाका शुक्लागण्डकी नगरपालिकाको १४ ...
यूएईबाट १४८ जना नेपाली आइपुग्यो

यूएईबाट १४८ जना नेपाली आइपुग्यो

समाचार
पूर्णपुष्टि, असार ५ गते । संयुक्त अरब एमिरेट्स यूएईबाट १ सय ४८ जना यात्रु लिएर नेपाल एअरलाइन्स नेपाल आइपुगेको छ । यूएईमा समस्यामा परेका नेपालीलाई लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज काठमाण्डौँ र्आइपुगेकोे हो । आज फर्किएका सबैजना दूतावासको फारम भरेर प्राथमिकतामा परेकाहरु हुन् । यसअघि यूएईबाट आएका १ सय ६८ जना दूतावासले तयार गरेको सूची भन्दा बाहिरकाहरु आएका थिए । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । १० जना बिभिन्न रोगका कारण बिरामी र १० जना रोजगारदाता भागेपछि अलपत्र परेका श्रमिक र ३ जना ज्येष्ठ नागरिकसमेत रहेका छन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् । फर्कने ...
कोरोनो उपचारमा खटेका ५ जना स्वास्थ्यकर्मी संक्रमित

कोरोनो उपचारमा खटेका ५ जना स्वास्थ्यकर्मी संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ गते ।  कोरोना संक्रमितको उपचारमा खटेका पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । गत जेठ २० गते पहिलो पटक पर्वतमा संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्तासम्म खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । कोरोना अस्पतालमा कार्यरत सात जनाको नमुना परीक्षण गरिएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको हो । कोरोना अस्पतालमा एक हप्ता बिताए पनि उनीहरु अहिले क्वरेण्टीनमा नै छन् । स्वास्थ्यकर्मीलाई समेत संक्रमण देख...
युवा समाजसेवी तामाङको निधन

युवा समाजसेवी तामाङको निधन

समाचार
पूणर्पुष्टि, असार, ५ लामो समय शान्ति समाज केन्द्र पेशोक उदयपुर रहेर काम गरेका युवा समाजसेवी नरेश मोहन तामाङको बिहिबार राति आफ्नै निवासमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हृदय घातका कारण तामाङको निधन भएको जनाइएको छ । तामाङ सञ्चार समूहको अध्यक्ष समेत रहेको तामाङ स्थानीय पत्रिका त्रियुगा मिडिया ग्रुपमा रहेर पत्रकारीतामा पनि आबद्ध रहेका थिए । तामाङ शान्ति समाज केन्द्र पेशोकमा करिब १० बर्ष काम गरेर समाज सेवामा लागि परेका थिए । अल्पायुमै निधन भएको भन्दै उदयपुरका समाजसेवी, संञ्चार माध्यम लगाएत अन्य क्षेत्रबाट दुख व्यक्त गरिएको छ । तामाङलाई मृत आत्माको चिर शािन्तका लागि बिभिन्न सामाजिक संञ्जाल मार्फत हार्दिक श्रदान्जीलीको ओइरो लागेको छ । एक जोशिलो र क्षमतावान व्यक्ति गुमाएको भन्दै समाज सेवाको क्षेत्रमा ठुलो असर पुगेको समाजसेवीहरुले जनाएको छ । तामाङलाई स्वर्गबासको कामना गर्दै उदयप...
दैलेखमा उपचारपछि निको हुनेको संख्या ३३४ पुग्यो

दैलेखमा उपचारपछि निको हुनेको संख्या ३३४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ गते ।  कोरोना संक्रमित मध्ये दैलेखमा उपचारपछि निको हुनेको संख्या ३ सय ३४ पुगेको छ । बिहीबारसम्म कोरोना जितेर घर फिर्नेको संख्या ३ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । क्वारेण्टीन र आइसोलेशनमा २५ दिन पुगेका र २ पटकसम्म पीसीआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको जनाईएको छ । दैलेखमा कोरोना संक्रमित ७ सय २१ पुगेका छन् ।...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

समाचार
पूर्णपुष्टि, असार ५ गते ।  भिषण वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड गतरातीदेखि दुई तर्फि खुलेको छ । पहिरोले अवरुद्ध सडक विहिबार एकतर्फि खुलाईएको थियो । तर गाडीको भने जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ । मनसुनको सुरुवातीसँगै मुग्लिन नारायणगढ सडकमा फेरि सास्ती सुरु भएको छ । पहिरोले सडक अस्तव्यस्त बन्न पुगेको हो । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक हिजो दिनभर एकतर्फी मात्रै सञ्चालन भएको थियो । सडकखण्ड फराकिलो भए पनि कालीखोला पुल, जलबिरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्ने गरेका छन् । ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको छ । सार्वजनिक गाडी नचल्दासमेत जाममा ट्रक र निजी गाडी फस्ने गरेका छन् ।...