Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कर्णाली प्रदेशमा थप ९ जना कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ९ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ गते । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ९ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका ६ जना, दैलेखका २ र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाका – १, २, ६, ८ र ११ का एक महिलासहित ६ जना, दैलेखको भैरवी गाउँपालिकका–२ का २ जना पुरुष र जाजरकोटको छेडागाड नगरपालिका–४ का १ जना पुरुष रहेको जनाईएको छ । आज मेहेलकुना अस्पताल सुर्खेतबाट १ जना, कालीकोट जिल्ला अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५ सय ८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ पुगेको छ ।...
मकवानपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार
पूर्णपुष्टि, असार ५ गते । मकवानपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनहरि गाउँपालिकाको हाँडीखोलाको लामिटार क्वारेन्टिनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएर ४ दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । मनहरि गाउँपालिका–१, का २ जना, ४ नम्बरका २ जना र ७ नम्बरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ भने ४ नम्बरकै १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको वाग्मती प्रदेश सामजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएका पुरुषहरू २८ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरु गत जेठ १८ र २५ गते भारतबाट आएको गाउँपालिकाले व्यवस्थापन गरेको लामिटार क्वारेन्टिनमा रहेका २९ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो ।...
घटना विशेष खबर : १३ महिनामा एसपी मगरले के के गरे ? यी हुन् उनका खास कामहरू

घटना विशेष खबर : १३ महिनामा एसपी मगरले के के गरे ? यी हुन् उनका खास कामहरू

समाचार
पूर्णपुष्टि, असार ५ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट हिजाे विदा भएका एसपी बीरबहादुर बुढा मगर उदयपुरमा नि*र्वि*वा*द*रुपमा आफ्नो कार्यकाल पुरा गर्ने प्रहरी प्रमुखको रुपमा देखिए । उनले १३ महिने कार्यकालमा जिल्लामा शान्ति, सुरक्षा तथा नागरिकको अमनचयन कायम गर्दै विवादरहितरुपमा कार्य सम्पादन गरेकाले कार्य नि*र्वि*वा*द*रुपमा कार्यकाल पुरा गर्न सफल भए । उनको जिल्लामा कोरोना संक्रमण नियन्त्रणको भूमिका पनि उत्तिकै प्रशंसनीय रह्यो । उनले आफ्नो कार्यकालमा घटेका ज*घ*न्य अ*प*रा*धका घ*ट*नाहरुलाई सफलतापूर्वक छिटो अनुसन्धान गरी अप*रा*धीलाई कटघरामा उभ्याउने काम गरेका थिए । उनका केही प्रशंसनीय कामहरु चर्चा गरौं । केटासाथीसंग पिकनिक स्पोर्ट गएकी किशोरीलाई केटाकै अगाडी सा*मुहिक ब*ल*त्का*र गर्नेहरु तत्काल प*क्रा*उ गत २०७६ सालको साउन २२ गते यस्तो घ*ट*ना घट्यो जुन घ*ट*नामा केटासाथीका साथ पिकनिक स्पो...
सुरुङ मार्गमा पर्ने गुठी जग्गाको मोहीले पनि मुआब्जा पाउने

सुरुङ मार्गमा पर्ने गुठी जग्गाको मोहीले पनि मुआब्जा पाउने

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ५ गते । कलंकी–थानकोट–नागढुंगा सुरुङ मार्ग आयोजनाको क्षेत्र भित्र पर्ने जग्गा अधिग्रहण गर्दा सरकाररले सरकारी गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति रकम दिने भएको छ । आयोजना क्षेत्रमा रहेको श्री ५ को वायु गुठीको जग्गा भोगचलन गरिरहेका मोहीहरुलाई तोकिएको मुआब्जाको आधा रकम मात्र क्षतिपूर्ति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । जग्गाधनीहरुले मुआब्जा पाउने तर गुठीको जग्गा भोगचलन मात्र गरेकाले क्षतिपूर्ति स्वरुप मुआब्जाको ५० प्रतिशत रकम दिने निर्णय भएको उहाँले बताउनुभयो । जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत÷नापी कार्यालयमा रहेको श्रेस्ता फिल्डबुकमा जनाउ रहेको आधारमा मोहीलाई क्षतिपूर्ति रकम दिने सरकारले निर्णय गरेको हो ।...
छोरा हत्या गरेको आरोपमा बाबु पक्राउ

छोरा हत्या गरेको आरोपमा बाबु पक्राउ

समाचार
पूर्णपुष्टि, असार ५ गते । रुपन्देहीमा आफ्नै छोरालाई हत्या गरेको आरोपमा बाबु पक्राउ परेको छ । तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले ८ वर्षीय बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप रहेको प्रहरीले जनाएको छ । गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । छोरा बिरामी भएर बेहोस भएपछि बोरामा हालेर जमिनमा गाडेको भन्दै स्थानीयले विरोध जनाउँदै परियारलाई घेरा हालेपछि सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान पनि थालेको जनाईएको छ । आरोपित परियारले भने छोराको मृत्यु भैसकेपछि जमिनमा गाडेको बयान दिएको प्रहरीले जनाएको छ ।...
कतार, दुवई र कुवेतमा मृत्यु भएका २३ जना नेपालीको शव ल्याइयो

कतार, दुवई र कुवेतमा मृत्यु भएका २३ जना नेपालीको शव ल्याइयो

समाचार
पूर्णपुष्टि, असार ५ गते । कतार, दुवई र कुवेतमा मृत्यु भएका २३ जना नेपालीको शव काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट १ र कुवेतबाट २ वटा शव विमान मार्फत ल्याएको त्रिभुवन विमानस्थलले जनाएको छ । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन । त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको जनाईएको छ ।...
चिया, अलैंची निर्यातमा भारतको अवरोध

चिया, अलैंची निर्यातमा भारतको अवरोध

समाचार
पूर्णपुष्टि, असार ५ गते । नेपालको पूर्वी मेची नाका भएर निर्यात हुन लागेको चिया, अलैंची र अम्रिसोलाई भारतीय प्रहरीले रोकेको छ । भारत र बंगलादेश निकासी हुन लागेको ३५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ । विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिया, अलैंची र अम्रिसो बोकेको ३५ वटा ट्रक बिहीबार पठाएका थियौं, तर भारतीय प्रहरीले पुलमै रोकेका छन् ।’  नेपाली वस्तुहरु बोकेको मालबाहक गाडीलाई प्रवेश नदिन माथिको आदेश भएको जानकारी बंगाल प्रहरीले दिएको पनि उनले बताए । भारततर्फको भन्सार कार्यालयसँग समझदरी गरेरै सामान पठाइए पनि प्रहरीबाट अवरोध भएको विभागको भनाइ छ । लकडाउन अवधिमा पनि भारतको पश्चिम बंगाल सरकारले कोरोना फैलनसक्ने भन्दै नेपालतर्फको आयात खुलाएर निकासीमा प्रतिबन्ध लगाएको थियो ।...
अख्तियारमा दुई हजार उजुरी

अख्तियारमा दुई हजार उजुरी

समाचार
पूर्णपुष्टि, असार ५ गते । सरकारले कोरोना भाईरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि लगाएको ८३ दिने लकडाउनमा भ्रष्टचारका मुद्दा बढेको छ । चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । लकडाउन अवधिमा अधिकांश उजुरी अनलाइनबाट आएको थियो । अख्तियारले लिखित, टेलिफोन, इमेल, वेबसाइट, फेसबुक, भाइबर, ट्विटरलगायतबाट उजुरी लिन्छ । लकडाउनका बेला ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै दुई वटा उजुरी परेका छन् । लामो समय बन्द भएको कार्यालय खुले लगत्तै अख्तियारले ८ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा ६ जनालाई पक्राउ गरेको जनाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेल, नायब सुब्बात्रय उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई ...
घर भत्किँदा १ जनाको मृत्यु

घर भत्किँदा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार ५ गते । सर्लाहीको चन्द्रनगरमा घर भत्किदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । चन्द्रनगर गाउँपालिका – ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा स्थनीय ६५ वर्षीया देवकली साहको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका देवकलीको मलगंवा स्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किँदा घरधनी कैलाश साहका बुवा ७० वर्षीय रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षीया छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घर भत्किँदा रु १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।...
लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ५ गते । प्रहरीले सिराहाबाट लागूऔषधसहित एक भारतीय नागरिक सहित दुई जनालाई लाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका–३ अभयनगरबाट लागुऔषध सहति प्रहरी पक्राउ गरेको हो । भारतबाट लागूऔषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय २१ वर्षीय बली यादव र भारतको मधुबनी जिल्ला लल्मनिया ग्रामपञ्चायत बस्ने २० वर्षीय छोटुकुमार यादव पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुले बोरामा लुकाई छिपाई ल्याउदै गरेको डाइलेक्स डीसी १ सय एमएलको ७० बोतल, नुर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजील्याब ३० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...