Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३१ नेपालमा आज थप १ सय १६ जनामा केरोना संक्रमण पुष्टि भएका छन् । योसँगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् योसँगै निको हुनेको संख्या ११ हजार २५ पुगेको छ । नेपालमा अहिलेसम्म कुल सङ्क्रमितको ६४.२५ प्रतिशत सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ६ हजार एक सय १४ जना सक्रिय सङ्क्रमित उपचाररत रहेका छन् ।...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
मोरङ, असार ३१  मोरङबाट लागुऔषधसहित २ जना पक्राउ परेकाा छन् । विराटनरगको २ ठाउँबाट लागुऔषध सहित २ जना पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेका प्रहरी टोलीले आज दिउँसो बिराटनगर–९ का १८ बर्षीय मो. सावाजलाई लागुऔषध डाईलक्स डि.सि.२६ बोतल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै बिराटनगर–१५ का २३ बर्षीय सचिन कुमार शाहलाई डाईलक्स डि.सी. ६ बोतल र नाईट्राभेट ३० चक्की सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।...
खोलाले बगाएर बेपत्ता भएका १ ब्यक्ति मृत फेला

खोलाले बगाएर बेपत्ता भएका १ ब्यक्ति मृत फेला

समाचार
मोरङ, असार ३१  मोरङको रतुवा खोलाले बगाएर बेपत्ता बनाएको एक जना मृत अवस्थामा फेला परेको छ । रतुवामाई नगरपालिका–३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका–७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेको हो । गत सोमवार दिउँसो सवा ३ बजे खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटेको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ३ बजे बगाएको ठाउँदेखि करिव ३ किलोमिटर तल खोला किनारामा कम्मर भन्दा मुनी बालुवामा पुरिएको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।...
अयोध्यापुरीमा उत्खनन गर्ने पुरातत्व विभागको तयारी

अयोध्यापुरीमा उत्खनन गर्ने पुरातत्व विभागको तयारी

समाचार
पूर्णपुष्टि, असार ३१ सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो दिएको हो । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ । निर्देशन आउनासाथ तत्काल अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँने जनाईएको छ । अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने जनाईएको छ । अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको भन्दै अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो या थिएन भन्ने स्पष्ट हुने विभागका अधिकारीहरुले बताएकाछन् । अहिले अयोध्यापुरी क्षेत्रमा...
उदयपुरमा थप १४ जना कोरोना संक्रमित निको भए

उदयपुरमा थप १४ जना कोरोना संक्रमित निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३१ उदयपुरमा थप १४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । चौदण्डिगढी नगरपालिका–६ बेल्टारको कोभिड–१९ अस्पतालको आईसोलेशनमा उपचाररत मध्ये १४ जना निको भएका हुन् । जिल्लाका विभिन्न गाउँपालिकाका संक्रमित विभिन्न मितिमा आईसोलेशनमा भर्ना भएकाहरु मध्ये ३ वर्षीय बालिकासहति १४ जना डिस्चार्ज भएको जनाईएको छ । उनीहरुको पछिल्लो स्वाव परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको जनाईएको छ । अहिले आईसोलेशनमा एक महिलासहित ८ जना विरामी उपचाररत रहेको बुझिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।...
एम्बुलेन्स दुर्घटनामा ११ जना घाइते

एम्बुलेन्स दुर्घटनामा ११ जना घाइते

समाचार
पूर्णपुष्टि, असार ३१ दाङमा एम्बुलेन्स दुर्घटना हुँदा नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगञ्जबाट पश्चिम दाङको हंसपुरका जाँदै गरेकोे भे १ च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे–सुर्खेत सडकखण्डको कुमालगडीमा दुर्घटना हुँदा एक दिनको नवजात शिशुसहित ११ जना घाईते भएका हुन् । दुर्घटनामा घाइते भएका सबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घुम्तीमा एम्बुलेन्सको स्टेरिङ फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
केहि दिन ठूलो पानी पर्ने सम्भावना छैन

केहि दिन ठूलो पानी पर्ने सम्भावना छैन

समाचार
पूर्णपुष्टि, असार ३१ अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । गत बिहीबारदेखि सक्रिय बनेको मनसुन हिजोदेखि केही कमजोर बनेको हो । तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसँगै मौसममा सुधार आउन थालेको महाशाखाले जनाएको छ । मौसम सुधारसँगै अबका तीन दिन लगातारको झरी पर्ने सम्भावना कम भएको जनाएको छ । तर मनसुन कायमै रहेकोले केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहने जनाएको छ । यसअघि बिहीबारदेखि अस्ति सोमबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो । मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि हिजोसम्म बाढी र पहिरोमा परी एक सय जनाको मृत्यु भएको छ । ४३ जना बेपत्ता भएका र ९७ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी पहिरोबाट २५ जिल्ला प्रभावित भएका छन् ।...
भारतबाट सलहको झुण्ड नेपाल आउने सम्भावना बढ्यो

भारतबाट सलहको झुण्ड नेपाल आउने सम्भावना बढ्यो

समाचार
पूर्णपुष्टि, असार ३१ भारतबाट सलहका झुण्डहरु नेपाल आउने सम्भावना बढेको छ । उत्तर प्रदेशमा रहेका सलहका झुण्ड जतिसुकै बेला पनि नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले आग्रह गरेको हो । सिमावर्ती क्षेत्रका विभिन्न ठाउँमा फैलिएका झुण्ड ठूलो सङ्ख्यामा भने नभएको जनाईएको छ । थोरै सङ्ख्यामा पनि विभिन्न ठाउँमा छरिएर बसेका हुनाले हावाको गतिसँगै नेपाल आउने सम्भावना बढेको जनाईएको छ । सलहको झुण्ड प्रदेश २ को सर्लाही तथा धनुषा, प्रदेश ५ र सूदूरपश्चिमबाट प्रवेश गर्ने सम्भावना छ । यो भन्दाअघि नेपाल आएका झुण्डहरु भने अहिले रुकुम पश्चिम तथा बाग्लुङ र म्याग्दीको सिमानामा केही मात्रामा देखिएका छन् । प्रतिकूल हावापानीका कारण धेरै सलह तितरवितर भएका र केही मरेका हुन सक्छ । बाग्लुङ र रुकुम पश्चिमबाहेक अरु ठाउँमा देखिएको खबर भने नआएको जनाएको छ । हावाको ...
उद्धार उडान आजदेखि एक हप्ता हुने

उद्धार उडान आजदेखि एक हप्ता हुने

समाचार
पूर्णपुष्टि,  असार ३१ २ दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती उद्धार उडान आजदेखि सुरु हुने भएको छ । करिब एक महिना लगातार भएका उद्धार उडानहरु २ दिन स्थगित भएपछि सरकारले फेरि आजदेखि उद्धार उडान सुरु गरेको हो । उडानको समिक्षा गर्न भन्दै २  दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ । यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४२ उडान हुने मन्त्रालयले जनाएको छ । आजै नेपाली ल्याउन, लिन जान र कार्गो गरी ६ अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् । आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको...
बेपत्ता भएको १ ब्याक्ती मृत फेला

बेपत्ता भएको १ ब्याक्ती मृत फेला

समाचार
झापा, असार ३१ झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । भद्रपुर–३  निबासी ३३ बर्षीय हिरण राई शनिवार अपरान्ह साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएको थियो । बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा हिजो दिउसो साढे १ बजे कचनकबल गाउँपालिका–५ बागाडागी स्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...