Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

भोटेकोशी नदीमा एक्कासी बाढी आएपछि तटिय क्षेत्रमा सतर्कत रहन आग्रह

भोटेकोशी नदीमा एक्कासी बाढी आएपछि तटिय क्षेत्रमा सतर्कत रहन आग्रह

समाचार
पूर्णपुष्टि, साउन १ सिन्धुपाल्चोकको भोटेकोशी नदीमा एक्कासी बाढी आएको छ । भोटेकोसी र सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै बलेफी नदीमा पनि बाढी आएको छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने अनुमान छ । त्यस्तै आज कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्तीका केही साना सहायक नदीमा आकश्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ । यी नदीमा ठूलो बाढीको जोखिम नरहेको तर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहदै काम गर्न महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसूनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ ।...
प्रदेश १ सरकारद्धारा सागका पदक विजेता ८८ खेलाडीलाई सम्मान

प्रदेश १ सरकारद्धारा सागका पदक विजेता ८८ खेलाडीलाई सम्मान

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १ १ न. प्रदेश सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ । एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, रजत पदक विजेता ४ जना र कास्य पदक विजेता १० जना खेलाडीलाई सम्मान गरिएको हो । यस्तै टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, रजत पदक विजेता २२ जना र कास्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गर्नुभएको थियोे । प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई छायामा नपारिने बताउनुभयो । खेलका माध्यमबाट जीविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको उहाँले...
हरित त्रियुगा नगरका लागि बृहद बृक्षरोपणको सुरुवात, एकसातासम्म सबैवडामा हजार विरुवा रोपिने -फाेटाे फिचरसहित

हरित त्रियुगा नगरका लागि बृहद बृक्षरोपणको सुरुवात, एकसातासम्म सबैवडामा हजार विरुवा रोपिने -फाेटाे फिचरसहित

समाचार
पूर्णपुष्टि, साउन १ । नयाँ आर्थिकवर्ष २०७७÷०७८ सुरुवातीसंगै त्रियुगा हरित पार्क निर्माणको सुरुवात आजबाट भएको छ । हरित महिना साउन १ को अवसर पारेर नगरपालिकाले सिंगो नगरपालिकालाई नै हरित पार्ने अभियान सुरुवातको रुपमा बृक्षरोपण कार्यक्रम सुरु गरेको हो । आज त्रिनपा १२ त्रिवेणीटोल, विसनपुरबाट सुरु भएको बृक्षरोपणलाई पालिकाको १६ वटै वडामा विस्तार गर्दैछ । १६ वटै वडामा एकहजारका दरले विरुवा वितरण गरिने नगरपालिकाले जनाएको छ । साथै भोलीदेखि एकहप्तासम्म हरेक वडामा बृक्षरोपणको कार्यक्रम अगाडी सारिने जनाइएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराज–सप्तरी, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समि िआयोजना कार्यालन्वय इकाई सलकपुर–मोरङको सहयोगमा पालिकाले बृहद बृक्षरोपण थालेको हो । अभियान अन्तर्गत २५ हजार विरुवा रापिने छन् । २५ हजार विरुवाले त्रियुगा हरितपार्कको रुपमा हराभरा हुने लक्ष छ । त...
विश्वका धनी व्यक्तिहरुको ट्विटर एकाउण्ट ह्याक

विश्वका धनी व्यक्तिहरुको ट्विटर एकाउण्ट ह्याक

समाचार, संसार
पूर्णपुष्टि, साउन १  अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्स सहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर एकाण्ट ह्याक भएको छ । यो बिटक्वाइन स्क्याम ह्याकिङ् हो । ह्याक गरिएका एकाउण्टमा गरिएको पोष्टमा बिटक्वाइनको लागि चन्दा मागेको छ । बिल गेट्सको एकाउण्टबाट गरिएको ट्वीटमा लेखिएको छ । ‘सबैले मलाई समाजलाई पहिलेकै अवस्थामा ल्याउन भनिरहेका छन् । अब त्यो समय आइसकेको छ ।, मलाई तपाईं एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर पठाउनेछु ।’ टेस्लाको ट्विटर एकाउण्टमा गरिएको पोस्टमा पनि बिटक्वाइनमा पठाएको पैसाको दुई गुना गरेर फिर्ता पठाउनेछु भनिएको छ । बिटक्वाइनको लिंकको साथमा ट्वीटमा कोभिड–१९ महामारीका कारण आफूले दान दिन खोजेको लेखिएको छ । तर पोस्ट गरिएको केही मिनेटमा नै यी पोस्ट डिलिट भएका छन् । अमेरिकाका प्रख्यात ¥यापर कानवे वेस्ट, पूर्व राष्ट्रपति बाराक ओबामा तथा डेमोक्रेटि...
जबरजस्ति करणी आरोपमा ४ जना पक्राउ

जबरजस्ति करणी आरोपमा ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १ कास्कीमा एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा ४ जना पक्राउ परेको छ । गाडीमा लिफ्ट दिने बहाना बनाई युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकाहरुमाथी मंगलबार बिहान पोखराको लेकसाइडमा रहेको एक होटलमा लगेर जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेको आरोप छ । कास्कीको अन्नपूर्ण गाँउपालिका–१० घर भइ अन्नपुर्ण–३ मा बस्ने २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण–३ का २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे–७ घर भइ अन्नपूर्ण–३ काडे बस्ने १९ वर्षीय पुकार गुरुङ र अन्नपूर्ण–३ कै १८ वर्षीय सुशल गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । गत असार ३० गते पोखरा महानगरपालिका–२ बाट नीलो रंगको ग १ च ७७४५ नम्बरको कारमा आएका उनीहरुले एक युवतीलाई जबरजस्ती गा...
सिन्धुपाल्चोकमा पहिरोले पुरेर ५ जना बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोले पुरेर ५ जना बेपत्ता

समाचार
पूर्णपुष्टि,  साउन १ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले घर पर्दा ५ जना बेपत्ता भएका छन् । घर माथीबाट खसेको पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाले जनाएको छ । पहिरोले ग्याल्जेन शेर्पाको घर पुरिंदा उनका ५ जना परिवार बेपत्ता भएको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिए रहेको जनाईएको छ । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाईएको छ ।...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि,  साउन १ इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । गतराति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो । खेलको ६ औं मिनेटमा सिल्भाले फ्री किकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गरे । त्यसपछि खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काए पनि सिटी २–१ ले जित हात पार्यो । घरेलु मैदानको जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । यस्तै सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दूरी समेत घटाएको छ । शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ भने सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ । ३१ अंक जोडेर बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ ।  यो हारसँगै बर्नेमाउथको रेलिगेसन सम्भावना बढेर गएको छ ।...
२०२० मा हुने विश्वकपको मिति सार्वजनिक

२०२० मा हुने विश्वकपको मिति सार्वजनिक

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन १ सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक भएको छ । प्रतियोगिता नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिने भएको हो । यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको छ । अत्याधिक गर्मी हुने भएकाले आयोजकले २०२२ को विश्वकप नोभेम्बरमा गर्ने भएको हो । प्रतियोगिताको समूह चरणका बेला ४ वटा खेल हुनेछन् । प्रतियोगिताको फाइनल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा स्थानीय समय अनुसार साँझ ६ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । यो स्टेडियमको क्षमता ६० हजार रहेको छ । विश्वकपका बेला समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् । जसमा स्थानीय समय अनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राती १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु स...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-31

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-31

समाचार
नेपालमा आज थप १ सय १६ जनामा केरोना संक्रमण पुष्टि । योसँगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । -*- उदयपुरमा थप १४ जना कोरोना संक्रमित उपचारपछि निको भए । चौदण्डिगढी नगरपालिका–६ बेल्टारको कोभिड–१९ अस्पतालको आईसोलेशनमा उपचाररत मध्ये १४ जना निको भएका हुन् । -*- वलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी पक्राउ । लामापाटनको आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोन गरेर जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो । -*- सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुर...
वलात्कार आरोपमा एसएसपी पक्राउ

वलात्कार आरोपमा एसएसपी पक्राउ

समाचार
पूर्णपुष्टि, असार ३१ वलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेको छ । लामापाटनको आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोन गरेर जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो । पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ । महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको जानकारी गराएलगत्तै प्रहरीको टोली सम्बन्धित ठाउँमा पुगेर अधिकारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ओरोपीत एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।...