Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

थप १६७ जनामा कोरोनाका सङ्क्रमण पुष्टि

थप १६७ जनामा कोरोनाका सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १ नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालयले जनाएको छ । उक्त संक्रमितमध्ये आज थप २ सय १३ जना उचारपछि निको भएको छ । योसँगै निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ । अहिले देशभरिका आईसोलेसनहरुमा ६ हजार ५६ विरामी उचाररत छन् । कुल सङ्क्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।...
सिन्धुपाल्चोकको पहिरोमा पुरिएकामध्ये २ जनाको शव भेटियो

सिन्धुपाल्चोकको पहिरोमा पुरिएकामध्ये २ जनाको शव भेटियो

समाचार
पूर्णपुष्टि, साउन १ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा पहिरोमा परि बेपत्ता भएका एकै परिवारका ५ जनामध्ये २ जनाको शव फेला परेको छ । आमा निमा स्याङ्बु शेर्पा र छोरी याङ्जी शेर्पाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोमा हराइरहेका छिरिङ्वागु शेर्पा, सुमबुट्टी शेर्पा र सेमङ शेर्पा अझै फेला परेको छैन । बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी भइरहेको जनाईएको छ । पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको थियो । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ ।...
टेलिकमको सर्भर ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ

टेलिकमको सर्भर ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १ नेपाल टेलिकमको मोबाईल एपको सर्भर ह्याक गर्ने एक जना पक्रउ परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले टेलिकमको सर्भर ह्याक गर्ने दिवाकर देउजालाई धनकुटाबाट पक्राउ गरेको हो । सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्रीसमेत गरी आफूले आर्थिक लाभसमेत लिई नेपाल टेलिकमलाई हानी नोक्सानी पुर्याई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको भन्दै अनुसन्धानको लागि नेपाल टेलिकमले अनुरोध गरेसँगै प्रहरीले देउजालाई पक्राउ गरेको जनाएको छ । ह्याकरले अन्ट्रासिवल प्रविधिको प्रयोग गरी अनधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणाली पटक पटक–चालएको देखिएको छ । धनकुटा, पाख्रिबास नगरपालिका–५ स्थायी घर भई हाल धनकुटा नगरपालिका–४ बस्ने, सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत २८ वर्षीय देउजाल...
खोलाले बगाएर १ जनाको मृत्यु

खोलाले बगाएर १ जनाको मृत्यु

समाचार
झापा, श्रावण १  झापाको अर्जुनधारामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो । हिजो दिउँसो साँढे ५ बजे बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० मिटर तल मृत फेला पारेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इप्रकाले जनाएको छ ।...
ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

समाचार
पूर्णपुष्टि साउन १ सवारी ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेको छ । त्रियुगा नगरपालिका –६ निबासी ३२ वर्षीय टंकबहादुर विक विहिबार पक्राउ परेको हो । २०६७ असोज १४ गते जिल्ला अदालत उदयपुरबाट २० दिन कैद र २ हजार जरीवाना फैसला सुनाएपछि फरार रहेको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा फरार रहेको अभियुक्त विकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले उनको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विकलाई आवश्यक कारबाहीको लागी जिल्ला अदालत उदयपुर पठाएको प्रहरीले जनाएको छ ।...
विहारमा उद्घाटन भएको १ महिनामै पुल भत्कियो

विहारमा उद्घाटन भएको १ महिनामै पुल भत्कियो

समाचार, संसार
पूर्णपुष्टि, साउन १ भारतको बिहारमा उद्घाटन भएको एक महिनामै पुल भत्किएको छ । २ सय ६४ करोड रुपैयाँमा निर्माण गरिएको विहार राज्यको सत्तरघाट महासेतु पुल उद्घाटन भएको एक महिनामै भत्किएको हो । २ सय ६४ करोड भारु आर्थत (४ सय २२ करोड नेरु) मा निर्माण गरिएको पुलको बिहारका मुख्यमन्त्री नीतिश कुमारले एक महिना पहिले अर्थात् १६ जुनमा उद्घाटन गरेका थिए । गत राति परेको भारी वर्षाको कारण गण्डक नदीमा पानीको मात्रा बढ्दा त्यसको भार थाम्न नसकेर पुल भत्किएको जनाईएको छ । सन् २०१२ बाट निर्माण सुरु गरिएको यो पुल ८ वर्ष लगाएर एक महिना पहिलेमात्र सम्पन्न भएको थियो । बिहारको गोपालगञ्जलाई चम्पारण तथा तिरहुतका धेरै जिल्लासँग जोड्ने यो पुल भत्किएपछि यी क्षेत्रमा आउने जाने बाटो बन्द भएको छ । यो पुल निर्माणमा मुख्यमन्त्री नीतिश कुमारले भ्रष्ट्राचार गरेको भन्दै अहिले बिहारमा उनको तीव्र आलोचना भइरहेको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
आज सुनको भाउ घट्यो आज सुनको भाउ घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।...
मेलम्चिमा बेपत्ता भएकाहरुको खोजीमा परिचालित डुंगा पल्टियो

मेलम्चिमा बेपत्ता भएकाहरुको खोजीमा परिचालित डुंगा पल्टियो

समाचार
पूर्णपुष्टि, साउन १ मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा बेपत्ता भएकाको खोजी कार्यमा खटेका गोताखोरको डुंगा पल्टिएको छ । आज बिहान इन्द्रावतीमा हराइरहेकाको खोजी गर्ने क्रममा सशस्त्रका प्रहरी निरीक्षकसहित ७ जना रहेको डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनीहरु सबैको सकुशुल उद्धार गरिएको छ । मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा अस्ति एक्कासी गेट खुल्दा इञ्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापामगर सम्पर्कबिहीन भएकामा गोहितको शव हिजो भेटिएको थियो । थापामगरको अवस्था भने अझै थाहा हुन सकेको छैन । अहिले पनि उनको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।...
पहिरो विस्थापितलाई बुधबारेमा अस्थायी बसोबास

पहिरो विस्थापितलाई बुधबारेमा अस्थायी बसोबास

समाचार
पूर्णपुष्टि, साउन १ अविरल वर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा शनिबार राति आएको पहिरोबाट विस्थापित भएकाहरुलाई बुधबारे बजारमा अस्थायी बसोबासको तयारी गरेको छ । सिलिचोङ गाउँपालिका–२ सिसुवाटारको बुधबारे बजारमा सुरक्षाकर्मीको टोलीले अस्थायी बास निर्माण गरिरहेको हो । मैदान सम्याउने, टेन्ट टाँग्ने, शौचालय र खानेपानी लगायतको व्यवस्थापनमा खटिरहेको गाउँपालिकाले जनाएको छ । बेसिन्दा गाउँका ७३ घरका ३ सय ५० जना भन्दा बढिलाई अस्थायी रुपमा तत्काल चित्रेमा सारिएको थियो । चित्रे समुद्री सतहबाट झण्डै २ हजार ४ मिटरभन्दा माथिको उचाईमा रहेकाले चिसो र सधैंभरी बाक्लो हुस्सु र कुहिरो लागिरहने भएकाले बुढाबुढी र बालबालिकाको स्वास्थ्य अवस्था र शिक्षालाई समेत मध्यनजर गरेर सिसुवाटारको बुधबारे बजारमा सार्ने काम भइरहेको पालिकाले जनाएको छ । टेन्ट निर्माण गरिएसँगै थप राहत उद्धारका कार्यलाई ...
विश्वमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ८० लाख नाघ्यो

विश्वमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ८० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १ विश्वभरमा कोरोना संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या ८० लाख नाघेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म १ करोड ३६ लाख ९१ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएकामध्ये ८० लाख ३७ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डोमिटरले जनाएको छ । अहिले उपचार गराइरहेका ५० लाख ६७ हजारभन्दा धेरैमध्ये १ प्रतिशत अर्थात साढे ५९ हजार जनाको अवस्था जटिल रहे पनि बाँकी ५० लाख भन्दा धेरैको अवस्था सामान्य छ । अहिलेसम्म कोरोना संक्रमितमध्ये कारण ५ लाख ८६ हजार जनाको मृत्यु भईसकेको छ । भारतमा मात्रै अहिलेसम्म ९ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भईसकेको छ भने साढे २४ हजारभन्दा धेरैको मृत्यु भईसकेको वल्डोमिटरले जनाएको छ । विश्वभर कोरोना सङ्क्रमित धेरै हुने देशको सूचीमा भारत तेस्रो स्थानमा छ ।...