पूर्णपुष्टि, साउन २
सिद्धार्थ राजमार्ग अन्र्नगत पर्ने पाल्पा – पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले तानसेन ८, गौडेपुलमा बिहान साढे ५ बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जनाएको छ ।
पूर्णपुष्टि, साउन २
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको वल्डोमिटरले जनाएको छ ।
उक्त संक्रमितमध्ये २५ हजार ६ सय ९ जनाको मृत्यु भएको छ । भारतमा कुल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी उपचारपछि निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा पुगेको छ ।
भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढीरहेको छ ।...
पूर्णपुष्टि, साउन २
भारतबाट सलहका अरु झुण्ड पनि नेपाल आउने सम्भावना बढेको छ । भोलिदेखि हावाको दिशा दक्षिण पश्चिमबाट उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले भारतको राजस्थानमा रहेका सलहको अरु केही झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो ।
आज हावाको दिशा उत्तर पश्चिमतर्फ बहने र भोलिदेखि परिवर्तन भएर उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले सलह आउने सम्भावना देखिएको जनाएको छ ।
गत असार २८ गते नेपाल आएको सलह भने हिजो बेलुका सुर्खेतको पच्चिमी क्षेत्रको जंगलमा गएर बसेका छन् । सुर्खेतकै छिन्चुमा बस्न खोजेको र स्थानीयबासिन्दाले भगाएपछि पश्चिमतर्फ गएर जंगलमा बसेको जानकारी आएको केन्द्रले जनाएको छ ।
किसानले सतर्कता अपनाएर बस्न नदिएका कारण र मौसम प्रतिकूलताका कारण सलहको झुण्ड पटक पटक नेपाल आए पनि धेरै नोक्सानी गर्न पाएको छैन ।...
पूर्णपुष्टि, साउन २
आज नेकपाको स्थायी कमिटीको बैठक बस्दैछ । गत असार १७ गतेदेखि ४ पटक स्थगित भएको स्थायी कमिटि बैठक आज विहान ११ बजे बस्ने भएको हो ।
आजको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन ।...
पूर्णपुष्टि, साउन २
आगामी आईतबारदेखि पुनः मनसुन सक्रिय हने भएको छ । मनसुन सक्रिय भएपछि बाढी पहिरोको जोखिम हुने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले सूचना जारी गर्दै पर्सि आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।
आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्दै जनाईएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्र्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।
यसकै प्रभावले सोमबारदेखि बुधबारसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा बाढी आउन...
पूर्णपुष्टि, साउन २
स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले चुमेको छ । गतराति भएको खेलमा भिल्लारियललाई २–१ गोलले अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि चुमेकोे हो ।
घरेलु मैदानमा भएको खेलमा रियलले खेलको २९ औं मिनेटमा करिम बेञ्जिमाले गोल गरे ।
खेलको ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले पहिलो पटकको प्रयासलाई मान्यता दिइएन । फेरि रामोसको सट्टा बेञ्जिमाले प्रहार गरेपछि सहज गोल भयो ।
एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो । त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल विजयी भयो ।
यता त्यही समयमा भएको खेलमा बार...
नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालयले जनाएको छ ।
-*-
उदयपुरमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि । त्रियुगा नगरपालिका–३ मोतिगडाको क्वारेन्टाईनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको हो ।
-*-
विश्वभरमा कोरोना संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या ८० लाख नाघे । विश्वका विभिन्न देशमा अहिलेसम्म १ करोड ३६ लाख ९१ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएकामध्ये ८० लाख ३७ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डोमिटरले जनाएको छ ।
-*-
नयाँ आर्थिकवर्ष २०७७÷०७८ सुरुवातीसंगै त्रियुगा हरित पार्क निर्माणको सुरुवात । हरित महिना साउन १ को अवसर पारेर नगरपालिकाले सिंगो नगरपालिकालाई नै हरित पार्ने अभियान सुरुवातको रुपमा बृक्षरोपण कार्यक्रम सुरु गरेको हो ।
-*-
सवारी ज्या...
पूर्णपुष्टि, साउन १
उदयपुरमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–५ श्रीपुर निबासी ४७ वर्षीय हद्दबहादुर दमाई गाँजासहित पक्राउ परेको हो ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले दमाईको घरबाट ७ बोट गाँजा र करिब साढे एक केजी गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुुरले जनाएको छ ।
गाँजासहित पक्राउ परेका दमाईलाई जिप्रका उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पूर्णपुष्टि, साउन १
उदयपुरमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको क्वारेन्टाईनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको हो ।
साउदीबाट करिब ८/१० दिन अगाडी आएर क्वारेन्टाईनमा बसेको बुझिएको छ । उनको नमुना स्वाव २ दिन अगाडी लिईएको थियो । स्वाव परिक्षणको लागी कोशी अस्पतालको प्रयोगशालामा पठाईएकोमा करिब ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
प्रहरीका अनुसार कोरोना संक्रमण पुष्टि भएका पुरुष त्रिनपा–१५ को भएको बुझिएको छ । उनलाई उचारको लागी चौदण्डिगढी नगरपालिका–६ बेल्टारको कोभिड १९ अस्पताल पठाईएको कार्यालयले जनाएको छ ।...
पूर्णपुष्टि, साउन १
सरकारले सञ्चारमाध्यमको नवीकरण गर्न शुल्क नलिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिनुभयो ।
त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उहाँले बताउनुभयो ।
यो वर्ष कोरोना महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने सरकारले जनाएको हो ।
...