Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २ जबरजस्ति करणी मुद्दामा फरार रहेको अभियुक्त पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई पक्राउ परेको हो । जिल्ला अदालत उदयपुरबाट ५ वर्ष कैद सजाय फैसला भएपछि फरार रहेको प्रतिबादी  राईलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । विशेष सचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले फरार अभियुक्त राईलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागी अदालत पठाएको प्रहरीले जनाएको छ ।...
१३ नं. वडा प्रगति सार्बजनिकसहित जेष्ठ नागरिकहरुलाई छाता र झुल, प्रगति विवरण सहित

१३ नं. वडा प्रगति सार्बजनिकसहित जेष्ठ नागरिकहरुलाई छाता र झुल, प्रगति विवरण सहित

समाचार
पूणर्पुष्टि, साउन २ । त्रियुगा नगरपालिका वडा नं. १३ ले आर्थिकवर्ष २०७६/०७७ को प्रगति विवरण सार्बजनिक गर्दै आप्mनो वडाका बृधबृद्धाहरुलाई जेष्ठ नागरिक सम्मानस्वरुप छाता र झुल शुक्रबार वितरण गरेको छ । वडाले एक कार्यक्रमको आयोजना गरी वडाभित्रका बृधभत्ता पाइरहेका एकसय ८० जना बृधबृधाहरुलाई छाता र झुल वितरण गरेको हो । वडाध्यक्ष पशुपती चौधरीका अनुसार वर्षातमा हिडडुलको बेला पानी परेमा वा घाम लागेमा ओतिनलाई छाता र राती सुत्दा लामखुट्टेबाट जोगिनलाई झुल दिइएको हो । वडाले हरेक वर्ष न्यानो कपडा वा अन्य कुनै सामान दिएर बृधबृधाहरुको सम्मान गर्दै आएको छ । यो पटक बृधबृधालाई झुल र छाता दिएर जेष्ठनागरिक सम्मान गरेको छ । कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जेष्ठ नागरिकहरुलाई छाता र झुल हस्तान्तरण गर्नुभयो । त्यस...
घाइते नाबालक डिस्चार्ज, आरोपित वकिल तामाङमाथि ज्यान मार्ने उद्योगमा सजायको माग

घाइते नाबालक डिस्चार्ज, आरोपित वकिल तामाङमाथि ज्यान मार्ने उद्योगमा सजायको माग

समाचार
पूर्णपुष्टि, साउन २ कानून व्यवसायी इन्द्रबहादुर तामाङले ढुङ्गा प्रहार गरी टाउको फुटाएपछि अस्पताल भर्ना भएका ७ वर्षीय नाबाल आयन लिम्बु न्यूरो अस्पतालबाट डिस्चार्ज हुने भएको छ । वकिल तामाङले बालुवा खेलाएको निहुँमा टाउको फुटाएपछि अस्पताल भर्ना भएका नाबालक १२ दिनपछि न्यूरो अस्पतालबाट डिस्चार्ज हुने भएको हो । नाबालक लिम्बूको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालले उदयपुर अस्पतालमा डे«सिङलगातका आवश्यक स्वास्थ्य सेवा र परामर्श लिन सक्ने गरी डिस्चार्ज गर्न लागेको न्यूरो अस्पताल विराटनगरले जनाएको छ । नाबालक लिम्बुको टाउकोको हड्डि दबेको अवस्थामा रहेको जर्नाइएको छ । बालकलाई हेर्न जाने गंगा राईका अनुसार बालकमा मानसीक आघात पनि परेकोले बर्बराउने समस्या देखिएको छ । नाबालक लिम्बूलाई घाइते बनाएको आरोप लागेका त्रियुगा नगरपालिका–१२ का कानून व्यवसायी तामाङलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरी ज्यान मार्न...
करदाता सेवा कार्यालय गाईघाटद्धारा ६३ करोड कर संकलन

करदाता सेवा कार्यालय गाईघाटद्धारा ६३ करोड कर संकलन

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २ आर्थीक वर्ष २०७६/७७ मा आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाटले करिव ६३ करोड कर संकलन गरेको छ । कोरोना कहर विच कार्यालयले ६२ करोड ९९ लाख ७४ हजार पाँच सय २८ रुपैया १८ पैसा कर संकलन भएको हो । आव २०७५/७६ भन्दा गत आवमा १९ करोड ९ लाख ६१ हजार १ सय ५५ रुपैया ५३ पैसा बढी कर संकलन भएको हो । आव २०७५/७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैया ६५ पैसा कर संकलन गरेको थियो । कोरोना कहर विच आव २०७५/७६ भन्दा ४३.५ प्रतिशत बढी कर संकलन गरेको हो । आय कर ११.०१ प्रतिशत, व्याज १०८.१५ प्रतिशत र मुल्य अभिवृद्धि कर ९९.५२ प्रतिशतले वृद्धि भएको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ । घर बहाल करमा २१.४३ प्रतिशत, अन्त शुल्कमा २७.९४ प्रतिशत, स्वास्थ्य सेवा शुल्कमा ९५.५२ प्रतिशत र शिक्षा सेवा शुल्कमा ७४.६८ प्रतिशतले कमी आएको करदाता सेवा कार्यालय गाईघाटका कर अधिकृत सुमन बुढाथोकीले बताउन...
कुलोमा डुबेको अवस्थमा एक बालक मृत फेला

कुलोमा डुबेको अवस्थमा एक बालक मृत फेला

समाचार
मोरङ, श्रावण २ मोरङमा कुलामो डुबेको अवस्थामा एक बालक मृत फेला परेको छ । पाँचथरको मिक्लाजुङ–२ घर भई मोरङको केरावारी गाउँपालिका–७ मा रहेको मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन लिम्बु घर नजिकै रहेको कुलोमा मृत फेला परेको हो । बिहिवार राती साँढे ९ बजे बालक उक्त कुलोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
सुनसरी, श्रावण २ सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देवानगंज–२ मुसरी टोल बस्ने २० बर्षीय महबुज अन्सारीको करेन्ट लागेर मृत्यु भएको हो । हिजो दिउँसो ५ बजे अन्सारीले बिजुलीको ट्रान्स मिटरको पोलमा नेटको तार जोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनि वेहोस भएका थियो । वेहोस भएका अन्सारीको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा साझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २ आज सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको हो । हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
गाडीको ठक्करबाट एक जनाको मृत्यु

गाडीको ठक्करबाट एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन २ पूर्वी नवलपरासीमा मोटरसाईकललाई गाडीले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ मा गतराति गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । ना ३५ प ३७७३ नम्बरको मोटरसाइकललाई बा १६ च ५०६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विनयी त्रिवेणी –४ बस्ने ४८ वर्षीय रेशम गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । त्यस्तै दुर्घटनामा विनयी त्रिवेणी –५ बस्ने २२ वर्षीया उर्मिला गाहा गम्भीर घाइते भएको छ । उनको  भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
माछापुच्छ्रेमा पहिरो जादाँ ३ जनाको मृत्यु

माछापुच्छ्रेमा पहिरो जादाँ ३ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन २ कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पर्ने खोरको मुखमा पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले प्रेमराज बिकको घर पुरिंदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर प्रेमराज बिकका १६ वर्षीय नाति कुशल, नातिनी १६ वर्षीया रोजिना र नाती १४ वर्षीय समीरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रेमराज र उनकी श्रीमती सकुशल रहेको प्रहरीले जनाएको छ । प्रेमराजको छोरा बुहारी घरमा नभएकाले सुरक्षित रहेकोे प्रहरीले जनाएको छ ।...
प्रहरीलाई गोली हान्ने २ जना पक्राउ

प्रहरीलाई गोली हान्ने २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २ प्रहरीमाथी गोली प्रहार गर्ने दुई जना सुनसरीको देवानञ्जबाट पक्राउ परेका छन् ।  देवानञ्ज गाउँपालिका–३ पानीट्याङकीमा प्रहरीमाथि गोली प्रहार गर्ने दुई जनालाई स्वालित पेस्तोलसहित पक्राउ गरेका हुन् । स्वचालित पेस्तोल सहित देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ । गस्तीमा रहेको प्रहरी टोलीले ३ जना भारतीय नागरिकसहित २ वटा मोटरसाइकलमा आएका ५ जनाको समूहलाई रोकेर जाँच गर्ने क्रममा प्रहरी टोलीलाई लक्षित गरी फायर गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले जवाफी फायर गर्दा २ जना घाईते भएका छन् भने ३ जना भारततर्फ नै भागेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले अमेरिकन स्वचालित पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड गोली र म्यागजिन २ थान, भारतीय नम्बर प्लेटको मोटरस...