Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

चिया पसलबाट लागुऔषध बरामद

चिया पसलबाट लागुऔषध बरामद

समाचार
मोरङ, असार ३१  मोरङको बिराटनगर महानगरपालिका–१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हिजो दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध डाईलेक्स डिसी १ बोतल, कोडिनफास्फेट २ बोतल र निट्राभेट ३० चक्की र सहेदा खातुनको चिया पसलबाट डाईलेक्स डिसी  ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध बरामद भए संगै दुबै चिया पसलका संचालक र बिराटनगर–१७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

समाचार
झापा, असार ३१  झापाको कमल गाउँपालिका–२ मिलन चोकमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालक केदारनाथ दाहालको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट घाईते भएका मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का ४१ बर्षीय दाहाललाई उपचारको लागी लाईफ लाईन अस्पताल पठाईएकोमा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन  र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...
खोलामा डुबेर दाहाल मृत फेला

खोलामा डुबेर दाहाल मृत फेला

समाचार
सुनसरी, असार ३१  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ पोखरीया निबासी  ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् । हिजो बिहान करिब ४ बजे मनिङवाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पार्यो

प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पार्यो

खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ । गतराती घरेलु मैदानमा भएको  खेलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पछि पार्दै जित हात पारेको हो । पहिलो हाफको ईन्जुरी समयमा जिराउडले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठूलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ । २ खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफूलाई थप सुरक्षित गरेको छ । चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौं स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-30

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-30

समाचार
नेपालमा आज थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । -*- विश्वको विभिन्न देशमा कोरोना सङ्क्रमणको गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै । केही दिन अघिसम्म कुल बिरामीको २ प्रतिशत बिरामी गम्भीर अवस्थामा पुग्ने गरेकामा अहिले घटेर १ प्रतिशतमा झरेको वल्डोमिटरले जनाएको छ । -*- अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै खुलेन । तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । -*- कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी । विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्ने संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले चेतावनी दि...
२०२० को राष्ट्रिय युवा सम्मेलन भर्चुअल रुपमा हुने

२०२० को राष्ट्रिय युवा सम्मेलन भर्चुअल रुपमा हुने

समाचार
मिलन परियार लिम्चुङ्बुङ, असार ३० कोरोनाको कारणले गर्दा यस वर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुने भएको छ । अन्तर्राट्रिय युबा दिबस २०२० को अबसरमा रास्टिय युबा सम्मेलन २०२० भर्चुअल रूपमा ४ दिन हुने भएको हो । नेपाल युवा परिषदले आयोजनामा गत वर्षहरुमा झै देशभरका ७७ वटै जिल्लाबाट १÷१ जना युवायुवतीलाई सहभागी गराईने छ । भर्चुअल सम्मेलनमा निर्बाचनमा युवाको भुमिका, सुशासन, जलबायु परिवर्तन, कृषिमा उद्यमशिलता, लैङ्गकि समानता, युवा नेतृत्व, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेका नेपाल युवा परिषदले जनाएको छ । यस सम्मेलन राजधानी काठमाडौमा अगस्ट ९ देखि १२ तारिख अर्थात साउन २५ देखि २८ गतेसम्म भर्चुअल रुपमा सम्मेलन हुने भएको जनाईएको छ । कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै यस बर्ष राष्ट्रिय युबा सम्मेलन २०२० भर्चुअल रूपमा गर्न लागिएको नेपाल युबा ...
डीएसपीकै नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचारको मुद्दा दायर

डीएसपीकै नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचारको मुद्दा दायर

समाचार
पूर्णपुष्टि, असार ३० नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला प्रशासन कार्यालय बझाङबाट लिएको नेपाली नागरिकताको प्रमाण पत्र र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ सुविधा लिएको आरोप पत्रमा उल्लेख छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट जारी विज्ञापन प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तका साथ झुट्टा विवरण पेश गरी सरकारी लाभ सुविधा लिएको पाइएको  छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।...
त्रिवेणी माविलाई प्रविधि हस्तान्तरण

त्रिवेणी माविलाई प्रविधि हस्तान्तरण

समाचार
पूर्णपुष्टि, असार ३० कटारीको त्रिवेणी माध्यामिक विद्यालयलाई परियोजनाले प्रविधि हस्तान्तरण गरेको छ । परियोजना कार्यान्वयन ईकाई  उदयपुरले प्राविधिक शिक्षालय संचालन सहयोग कार्यक्रम वापत प्रविधि हस्तान्तरण गरेको हो । करिब २ लाख बराबरको प्रोजेक्टर १ थान, ल्यावटप १ थान, प्रिन्टर १ थान, सिल पोलिन प्लास्टिक टनेल १ थान, एप्रोन ६ थान, प्रुनिगं सअ ९ थान, पित्तल स्पेयर २ थान र सिकेचर ९ थान हस्तान्तरण गरेको परियोजनाले जनाएको छ ।...
मालपोतका नायव सुब्बा १३ हजार घुससहित पक्राउ

मालपोतका नायव सुब्बा १३ हजार घुससहित पक्राउ

समाचार
पूर्णपुष्टि, असार ३० मालपोत कार्यालय सप्तरीका एक जना कर्मचारी रङ्गे हात पक्राउ परेको छ । सेवाग्राहीसँग १३ हजार घूस लिदै गरेको अवस्थामा कार्यकक्षबाटै नायव सुब्बा कृष्णबल्लभ ठाकुर पक्राउ परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा ठाकुरलाई सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ । जग्गासम्बन्धी काम सजिलै गराइदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा पक्राउ परेका नायव सुब्बा ठाकुरमाथी थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।...
सिँचाइ कार्यालयका प्रमुख ९ लाख घुससहित पक्राउ

सिँचाइ कार्यालयका प्रमुख ९ लाख घुससहित पक्राउ

समाचार
पूर्णपुष्टि, असार ३० जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ घुससहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पभित्र रहेको निवासबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।...