Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

कैलालीको एक सूचना अधिकारी रङ्गे हात पक्राउ

कैलालीको एक सूचना अधिकारी रङ्गे हात पक्राउ

समाचार
पूर्णपुष्टि, असार ३० कैलालीको एक गाउँपालिकाका सुचना अधिकारी घुससहित पक्राउ परेको छ । जोशीपुर गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशी घुससहित पक्राउ परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले गाउँपालिकाका सूचना अधिकारी जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ । सीपमूलक तालिममा सहजीकरण गरेबापत उनले ८५ हजार घुस लिएको आयोगले जनाएको छ ।...
थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३० नेपालमा आज थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ४ हजार ३ सय ६१ जनाको कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । अहिले आईसोलेशनमा ६ हजार ६ सय ९५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ३४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।...
भारतले कोशी ब्यारेजको ढोका थुन्दा डेढ लाख नेपाली जोखिममा

भारतले कोशी ब्यारेजको ढोका थुन्दा डेढ लाख नेपाली जोखिममा

समाचार
पूर्णपुष्टि, असार ३० भारतले जीर्ण बन्दै गएको सप्तकोशी ब्यारेजका अधिकांश ढोका थुनेपछि करिब डेढ लाख नेपाली जोखिममा परेको छ । अविरल वर्षापछि कोशीमा पानीको वहाव खतराको तहमा पुगेपनि भारतले व्यारेजका सवै ढोका नखोल्दा प्रदेश १ र २ को सुनसरी, उदयपुर र सप्तरी जिल्लाका विभिन्न बस्तीमा बसोवास गर्दै आएका १ लाख ५० हजार नेपालीको ज्यान जोखिममा रहेको हो । सप्तकोशीमा पानीको बहाव उच्च भएपछि ५ दिनदेखि खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा सोमबार पानीको बहाव प्रतिसेकेण्ड १ लाख ८९ हजार २ सय ३५ क्युसेक रहेको र ब्यारेजका ३७ ढोका खोलिएको प्रहरीले जनाएको छ । पानीको बहाव बढ्दा समेत भारतको नियन्त्रणमा रहेको सप्तकोशी व्यारेजका सबै ढोका नखोलिएपछि कोशी प्रभावित क्षेत्रका वासिन्दा त्रासी बनेका छन् । ५६ ढोका रहेको कोशी व्यारेजमा भारतले पानीको बहाव उच्च हुँदासमेत १५ देखि ३५ वटा मात्र ढोका खोल्ने गर...
१ न. प्रदेशमा ७० प्रतिशत रोपाइँ सकियो

१ न. प्रदेशमा ७० प्रतिशत रोपाइँ सकियो

समाचार
पूर्णपुष्टि, असार ३० १ नम्बर प्रदेशमा करिब ७० प्रतिशत रोपाई सकिएको छ । गत आईतबार साँझसम्म प्रदेशभर ६९.८३ प्रतिशत रोपाई भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ न. प्रदेशले जनाएको छ । धान रोपाइँ हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये २ लाख ३८ हजार ७ सय ४१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको जनाएको छ । यो कुल क्षेत्रफलको ६९.८३ प्रतिशत हो । अन्न भण्डारको रूपमा रहेको झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी ७३.१६ प्रतिशत रोपाइँ भएको जनाइएको छ । जसमध्ये हालसम्म झापामा ७५, मोरङमा ७० र सुनसरीमा ७५ प्रतिशत रोपाइँ भईसकेको छ । झापा, मोरङ र सुनसरीमा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मध्ये १ लाख ६५ हजार १ सय ८५ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको जनाईएको छ । त्यसैगरी मध्य पहाडको इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र खोटाङमा ७६ प्रतिशत र उच्च प...
उद्योग अधिकृत ९६ हजार घुससहित पक्राउ

उद्योग अधिकृत ९६ हजार घुससहित पक्राउ

समाचार
पूर्णपुष्टि, असार ३० बाँकेका घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत घुस रकमसहित पक्राउ परेको छ । वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार रङ्गे हात पक्राउ गरेको हो । वलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ ।
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

समाचार
पूर्णपुष्टि, असार ३० आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । सुन तोलमा १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ घटे पनि चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
स्याङ्जामा पहिरोले पुरेर एक जनाको मृत्यु, ३ जना बेपत्ता

स्याङ्जामा पहिरोले पुरेर एक जनाको मृत्यु, ३ जना बेपत्ता

समाचार
पूर्णपुष्टि, असार ३० अविरल वर्षापछि आएको पहिरोमा परि स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । कालीगण्डकी गाउँपालिका–४ खहरे लाँकुरीथोकमा पहिरोले पुरिंदा बिर्घाका एक जनाको  मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी गएको पहिरो हेर्न आज बिहान छिमेकीसँगै पुगेका अन्दाजी ७० वर्षका पुरुषलाई माथिबाट झरेको पहिरोले पुरेको स्थानीयले बताएका छन् । तीन जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् । पहिरोले स्थानीय ३ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्याङजाका प्रहरी प्रमुख बिमलराज कँडेलका अनुसार बेपत्ताको खोजी भैरहेको छ ।...
साढे ३ करोड ऋण पास गरिदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

साढे ३ करोड ऋण पास गरिदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

समाचार
पूर्णपुष्टि, असार ३० डोटीमा साढे ३ करोड ऋण पास गरिदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया र दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको र १० लाख रुपैयाँ दिएमा साढे ३ करोड रुपैयाँको ऋण पास गरिदिन्छु भन्दै कैलालीको टिकापुर नगरपालिकाकी ४४ वर्षीया एक महिलालाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैजनालाई डोटीको दिपायल सिलगढी नगरापलिका–४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले कैलालीमा ठगी गरेका क...
जेलमा रहेका शिक्षकलाई तलब

जेलमा रहेका शिक्षकलाई तलब

समाचार
पूर्णपुष्टि, असार ३० बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका २ शिक्षकलाई तलब दिएको खुलेको छ । दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि कारवाही गर्नुको साटो तलब भत्ता दिएको पाए पाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले नगद ८३ हजार १ सय लिएको खुलेको छ । सरकारी रकमको दुरुपयोग गरेकाले अख्यितारले सो रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ । दोगडाकेदारमै रहेको जशलिंग प्राविका तत्क...
सिलिचोङमा पहिरोमा परि बेपत्ताको खोजी कार्य हुदै

सिलिचोङमा पहिरोमा परि बेपत्ताको खोजी कार्य हुदै

समाचार
पूर्णपुष्टि, असार ३० संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा पहिरोमा परि हराएका ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । गत शनिबार राती आएको पहिरोले ९ घर बगाउँदा हराइरहेका ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् । पहिरो खसेपछि सिलिचोङ–१ बेसिन्दा गाउँका ७३ घरका ३ सय ५० जनाभन्दा धेरैलाई सिसुवा नजिकैको चित्रेमा सारिएको छ । यसैबीच उद्धार र राहतको लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत विशिष्ट व्यक्ति सेनाको हेलिकप्टर लिएर प्रभावित ठाउँमा गए पनि बाक्लो हुस्सु र कुहिरोका कारण अवतरण गर्न समस्या भएपछि खाँदबारीको तुम्लिङटार बसेको छ । मन्त्री राईसहितको टोली आज प्रभावित ठाउँमा जाने तयारी भएको जनाईएको छ । ...