Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

कोरोनाका गम्भीर बिरामीको संख्या घट्दै

कोरोनाका गम्भीर बिरामीको संख्या घट्दै

समाचार
पूर्णपुष्टि, असार ३० विश्वको विभिन्न देशमा कोरोना सङ्क्रमणको गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै गएको छ । केही दिन अघिसम्म कुल बिरामीको २ प्रतिशत बिरामी गम्भीर अवस्थामा पुग्ने गरेकामा अहिले घटेर १ प्रतिशतमा झरेको वल्डोमिटरले जनाएको छ । अहिले विश्वभर १ करोड ३२ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । उक्तसंख्या मध्ये ४९ लाख ९३ हजारभन्दा धेरैको उपचार चलिरहेकोमा १ प्रतिशत अर्थात ५८ हजार ८ सय ८१ जनाको अवस्था जटिल रहेको छ भने बाँकी ९९ प्रतिशत अर्थात ४९ लाख ४ हजारभन्दा धेरैको अवस्था भने सामान्य रहेको जनाएको छ । त्यस्तै कोरोना संक्रमित मध्ये ७६ लाख ९६ हजारभन्दा धेरै उपचार पछि निको भएका छन् भने ५ लाख ७५ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ३४ लाख ७९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख ३८ हजार जनाको मृत्यु भईसकेको छ । १५ लाख...
धरहराको १० औं तलाको काम सकियो

धरहराको १० औं तलाको काम सकियो

समाचार
पूर्णपुष्टि, असार ३० धरहराको १० औँ तला ढलानपछि रोकिएको टावर निर्माणको काम २/३ दिनमा सुरु हुने भएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै आएकोमा करिब साढे ३ महिनापछि टावरको काम सुरु हुने भएको हो । टावर निर्माणको काम गर्ने कामदारलाई अहिले क्वरेण्टीनमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । लकडाउनका बेला घर गएका १ सय १० जना कामदार अहिले काठमाण्डौ आएका छन् । उनीहरुको आज पीसीआर परीक्षण गर्ने तयारी छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै धरहराको ११ तलाको काम सुरु हुनेछ । धरहराको १० औं तलाको काम भने यसअघि नै सकिएको छ । धरहराको ३९ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । १० औँ तलाको काम सकिएको धरहरामा अहिले पार्किङस्थलको काम भइरहेको र दैनिक ४० जना कामदारले काम गरिरहेका छन् । धरहरामा अवलोकन कक्षका साथै म्युजियम, वाटर फाउन्टेन, बगैँचा, र...
प्युठानमा टिन, थाल ठटाएर सलह भगाइँदै

प्युठानमा टिन, थाल ठटाएर सलह भगाइँदै

समाचार
पूर्णपुष्टि, असार ३० प्यूठानमा कृषकहरुले टिन, थाल ठटाएर सहल किरा भगाउन थालेका छन् । सोमबार विहानदेखि पुन सलह किरा गाउँमा प्रवेश गरेपछि मकै र तरकारी लगायतका अन्नबाली जोगाउन किसानहरुले टिन र थाल ठटाउँदै भगाउन थालेका हुन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा कतिपय ठाउँमा नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको कृषकहरु बताउँछन् । अहिले सलहले धान, मकै, तरकारी बाली खाएर नोक्सान पु¥याइरहेको छ । भारतबाट नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको जनाईएको छ । सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको जनाएको छ ।...
अयोध्याबारे प्रधानमन्त्रि ओलीको अभिव्यक्ति प्रति भाजपाको निन्दा

अयोध्याबारे प्रधानमन्त्रि ओलीको अभिव्यक्ति प्रति भाजपाको निन्दा

समाचार, संसार
पूर्णपुष्टि, असार ३० प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतको भाजपाले निन्दा गरेको छ । भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको हो । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि भनेका छन् । प्रम ओलीको आलोचना गर्दै शास्त्रीले ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् भनेका छन् । उनले ‘चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’ सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रम ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएको थियो । ओलीको यस अभिव्यक्तिलाई भारतीय मिडियाहरुले राजनीतिक वि...
कोरोना विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्छ : डब्ल्यूएचओ

कोरोना विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्छ : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३० कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्ने संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले चेतावनी दिनुभएको हो । उहाँले नेताहरुका मिश्रित सन्देशले विभिन्न देशका नागरिक अलमलमा परेका पनि दावी गर्नुभयो । कोरोना भाइरस शत्रुका रुपमा भए पनि विभिन्न देशका सरकार र सर्वसाधारणले गरेको हेलचेक्राईंले यो नदेखाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्तै सावधानी नअपनाइएका देशमा कोरोनाको सङ्क्रमण बढिरहेको पनि बताउनुभयो । कोरोना फैलिन नदिन व्यक्तिगत दूरी, हात धोइरहनु र मास्क लगाउनु अनिवार्य भए पनि धेरै देशका सरकार र नागरिकले यसलाई बेवास्ता गरेको उहाँले बताउनुभयो । अमेरिकी देशहरु ...
पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

समाचार
पूर्णपुष्टि, असार ३० अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै खुलेको छैन । तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले हिजो बेलुकादेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । निरन्तर पानी परेकाले पहिरो पन्छाउन नसकिएको जनाईएको छ । अहिले गाडीको आवतजावत पूर्ण रुपमा बन्द छ ।...
शुक्रबारदेखि अष्ट्रेलियाको ए लिग फुटबल हुने

शुक्रबारदेखि अष्ट्रेलियाको ए लिग फुटबल हुने

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार ३० कोरोना महामारीले रोकिएको अष्ट्रेलियाको शीर्ष डिभिजनको हुन्डाई ए लिग फुटबल शुक्रबारदेखि हुने भएको छ । फुटबल फेडेरेसन अष्ट्रेलियाले कोरोना भाइरसको महामारीको कारण ४ महिना स्थगित लिग शुक्रबार अर्थात जुलाई १७ देखि हुने जनाएको हो । सिड्नी एफसी र विलिङटन फोनेक्सबीचको खेलसँगै लिग हुनेछ । यस सिजन सिड्नी २० खेलमा ४८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । तीन टिम मेलवर्न भिक्ट्री, वेस्टर्न युनाइटेठ र मेलवर्न सिटीको टिम सिड्नीमा रहेको छ । १४ दिनको क्वरेण्टीनपछि प्रतियोगिता शुरु हुन लागेको हो । कोरोनाका कारण ए लिगमा सिमित दर्शकहरुलाई मात्र प्रवेश दिइने छ । प्रवेश पाउने दर्शकको सङ्ख्या ४५ सय हुने बताइएको छ ।...
एसियन लाईफद्धारा अतिरित्त सुविधा बापतको रकम प्रदान

एसियन लाईफद्धारा अतिरित्त सुविधा बापतको रकम प्रदान

समाचार
  एसियन लाईफ ईन्स्योरेन्स गाईघाट उपशाखाले बच्चाको बिमा अन्तर्गत अतिरित्त सुविधा बापतको रकम सोमवार २ जना अविभावकलाई कार्यलयमा प्रदान गरेको छ । कार्यलयका उपशाखा प्रमुख बाल कुमार राईले १ बालिका र १ बालकको रकम अविभावकलाई प्रदान गरेको हो । बच्चाको विमा गराउँदा विमा अवधिभर प्रस्तावकको मृत्यु भएको अवस्थामा कम्पनीले बच्चालाई १६ बर्ष सम्म पढाई खर्च स्वरुप अतिरिक्त सुविधा अन्तर्गतको रकम उपलब्ध गराउने गरेको एसियन लाईफ ईन्स्योरेन्स कम्पनी गाईघाट उपशाखाका प्रमुख बाल कुमार राईले बताउनुभयो । सो बापतको रकम कम्पनीले दिनेश राई र भोज कुमारी आले मगर प्रस्तावक रहेर बिमा गराएको दिपिसा राई र नियोग आले मगरको पढाइ खर्चको लागि कम्पनीको नियम तथा व्यवस्था अनुसार रकम प्रदान गरेको कम्पनीले जनाएको छ । नियोग आले मगरको प्रस्तावक रही ७० सालमा  आमा भोज कुमारी मगरले छोरा नियोग आले मगरको ५ लाख बराबरको विमा गर...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-29

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-29

समाचार
नेपालमा आज थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । -*- विश्वमा एकै दिन २ लाख ३० हजार ३ सय ७० जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । -*- १ न. प्रदेशबाट एकै दिन ३३ जना कोरोना मुक्त । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार डिस्चार्ज भएका हुन् । -*- दाङका ४० जनामा सिकलसेल पोजेटिभ । दङ्गीशरण गाउँपालिकाका दुई वटा वडाका ४० जनामा सिकलसेल पोेजिटिभ देखिएको हो । -*- कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विद्यालयहरू बन्द हुँदा विश्वमा करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ । -*- दार्चुलाको अपि हिमा...
भारतको हस्तक्षेपले नेपाल बर्सेनि डुबानमा पर्ने गर्छ : गृह मन्त्री थापा

भारतको हस्तक्षेपले नेपाल बर्सेनि डुबानमा पर्ने गर्छ : गृह मन्त्री थापा

समाचार
पूर्णपुष्टि, असार २९ गृह मन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपले वर्षेनी नेपाल डुबानमा पर्ने गरेको बताउनुभएको छ । भारतको हस्तक्षेपका कारण वर्षाैँदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्री थापाले भारतले सीमा क्षेत्रमा बनाएको बाँधरुपी सडकले नेपालको तराई क्षेत्र डुबानमा पर्ने गरेको बताउनुभयो । भारत सरकारसँग पटक–पटक भएका सन्धि सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आउने गरेको मन्त्रि थापाले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेलासमेत सहमति बनेको र अध्ययन समिति गठन भए पनि त्यो कार्यान्वयनको चरणमा जान नसकेको उहाँले बताउनुभयो । नेपाल हुँदै भारततर्फ जाने नदीलाई भारतले निकास नदिँदा समस्या भएको उल्लेख गर्दै गृह मन्त्री थापाले भारतले आफ्न...