Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

पोखरीमा डुबेर १ महिलाको मृत्यु

पोखरीमा डुबेर १ महिलाको मृत्यु

समाचार
धनकुटा,असार २९  धनकुटामा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । चौबिसे–२ निबासी ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको हो । चौबिसे–२ मा रहको सिचाईको लागि बनाईएको ३ फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ । हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर आज विहान करिब ९ बजे पोखरी पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
खोलाले बगाएर १ जनाको मृत्यु

खोलाले बगाएर १ जनाको मृत्यु

समाचार
झापा, असार २९ झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–३ बस्ने ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाएर मृत्यु भएको हो । आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर करिब २ सय मिटर तल खोला छेउमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी चौकी पथरीयाबाट प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
राहत रकममा वृद्धि गर्न निर्देशन

राहत रकममा वृद्धि गर्न निर्देशन

समाचार
पूर्णपुष्टि, असार २९ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरो र डुबानबाट पीडित वा प्रभावितलाई दिइने क्षतिपूर्ति वा राहत रकम वृद्धि गर्न सरकारलाई निर्देशन दिएको छ । क्षतिपूर्तिमा आवश्यक पुनरावलोकन गरी गम्भीरताका आधारमा राहत रकममा वृद्धि गर्ने समितिले निर्देशन दिएको हो । पीडितलाई विभिन्न तहको समन्वयद्वारा एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउन पनि समितिले निर्देश गरिएको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य उपचार, औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन, सरुवा रोग तथा महामारी फैलिन नदिन, विपदको समयमा हुन सक्ने चोरी र महिला तथा बालबालिका हिंसा वा दुव्र्यवहार रोक्ने गरी सुरक्षा सर्तकता अपनाउन समितिले सरकारलाई निर्देश गरेको छ । राहत कोष र राहत तथा उद्धार सामग्रीको व्यवस्थासहितको संयन्त्र प्रत्येक स्थानीय तहमा निर्माण गर्न निर्देशन दिइएको छ । यसैगरी, राजमार्ग ...
एकीकृत बस्तीका लागि कानुन बनाउन निर्देशन

एकीकृत बस्तीका लागि कानुन बनाउन निर्देशन

समाचार
पूर्णपुष्टि, असार २९ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एकीकृत बस्ती निर्माण सम्बन्धी गुरुयोजना बनाउन र त्यसका लागि कानुन बनाउन निर्देशन दिएको छ । एकीकृत वस्ती निर्माणको विषयमा लामो समयदेखि कुरा हुँदै आए पनि यसलाई अगाडि बढाउने योजना सम्बद्ध निकाय वा सरकारबाट नआएको भन्दै समितिले स्पष्ट गुरुयोजना ल्याउन निर्देशन दिएको हो । यसका लागि आवश्यक कानुनी संरचना निर्माण गर्न समितिले निर्देश गरेको छ । समितिले जथाभावी डोजर चलाउनुभन्दा माटोको भूबनोटको निरीक्षण गरी जोखिम न्युनीकरण सम्बन्धी योजना बनाएर विकास निर्माणका काम गर्न निर्देशन दिएको छ । बैठकमा सांसदहरुले स्थानीय तहका प्रमुख र वडाअध्यक्षहरुले डोजर किनेर अनियमितता गरिरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका थिए ।...
सीमा क्षेत्रका भारतीयले लगाएको बाँध र तटबन्ध हटाउन पहल गर्न निर्देशन

सीमा क्षेत्रका भारतीयले लगाएको बाँध र तटबन्ध हटाउन पहल गर्न निर्देशन

समाचार
पूर्णपुष्टि, असार २९ नेपाल–भारत सिमामा भारतले निर्माण गरेको सडक, बाँध र तटबन्ध तत्काल हटाउन पहल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ । भारतले एकतर्फी रुपमा बाँध, सडक, तटबन्ध निर्माण गर्दा तराईका जिल्ला डुबानको खतरामा परेको निष्कर्ष निकाल्दै समितिले निर्देशन दिएको हो । समितिले यस्तै निर्देशन यसअघि पनि २ पटक दिइसकेको छ । गत वर्ष, गत जेठ १६ गते र सोमबार समितिले सरकारलाई दिएको निर्देशनको भाषा उस्तै छ ।, ‘अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको रहेका वस्ती, सडक, बाँध र तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्ने ।’ सोमबार बैठकको निर्णय सुनाउँदै सभापति शशी श्रेष्ठले विगतका निर्देशन कार्यान्वयन गर्न पनि निर्देशन दिइन् । ‘बाढी, पहिरो, डुबान, कटान, चट्याङ लगायतका विपत्तबाट हुने जनधनको जोखिम र क्षति न्युनीकरण र व्यवस्थापनका स...
अपि हिमालसँगै क्रिकेट मैदान

अपि हिमालसँगै क्रिकेट मैदान

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २९ दार्चुलाको अपि हिमालको काखमा क्रिकेट खेल मैदान बनाईएको छ । खण्डेश्वरी गाउँपालिकामा रहेको अपि हिमालको काखमा क्रिकेट खेल्नका लागि मैदान बनाइएको हो । प्राकृतिक सौदर्यताले भरिपूर्ण दार्चुलाको अपि हिमालको खण्डेश्वरी खात्ती सदिल चौड खेल मैदानमा क्रिकेट खेल्ने गरिएको छ । जहाँ खेलसँगै प्रकृतिको सौन्दर्यको मनमोहक दृश्य पनि नियाल्न पाइन्छ । प्राकृतिक सौदर्यताले जहाँ खेलाडीहरुले स्वर्गकै आभास गर्ने गरेका छन् । अझ हिमालको काखमा क्रिकेट खेल्नुको मजा अझ आनन्ददायी हुने स्थानीय खेलाडीहरु बताउँछन् । ...
थप १४४ जनामो कोरोना संक्रमण पुष्टि

थप १४४ जनामो कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २९ नेपालमा आज थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । त्यस्तै आज थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या १० हजार २ सय ९४  पुगेको छ ।
असारमा ९६ अर्ब राजस्व संकलन

असारमा ९६ अर्ब राजस्व संकलन

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २९ असारमा मात्रे करिब ९६ अर्व राजस्व संकलन भएको छ । करिब ३ महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकै पटक तिरेपछि करिब ९६ अर्व ५ करोड राजस्व संकलन भएको हो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजस्व संकलन उल्लेख्य वृद्धि भएको छ । गत आवको असार १ देखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । तर, यो आवको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ । असार २७ गतेसम्मको राजस्व संकलनको अवस्था हेर्दा यो आवमा पोहोरकै हाराहारीमा राजस्व उठ्ने अनुमान गरिएको छ । समग्रमा चालु आवको असार २७ सम्म ७ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ७ खर्ब ९३ अर्ब २६ करोड रुपैयाँ उठेको थियो । यसपालि राजस्व संकलन गत वर्षको तुलनामा ४ अर्ब ७१ करोड रुपैयाँ मात्रै कम छ । गत वर्षको कुल राजस्व संकलन ...
कोरोनाले विश्वभर १ करोड बालिबालिकाले स्कुल छाड्दै

कोरोनाले विश्वभर १ करोड बालिबालिकाले स्कुल छाड्दै

शिक्षा, समाचार
असार २९ कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विद्यालयहरू बन्द हुँदा विश्वमा करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले यस घटनालाई ‘अभूतपूर्व शैक्षिक आपतकाल’ को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याङ्क विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरू बन्द रहेका कारण विश्वभरका १ अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट वन्चित रहेको जनाएको छ । यो सङ्ख्या विश्वको कुल विद्यार्थी सङ्ख्याको करिब ९० प्रतिशत हो । हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो सङ्ख्यामा बालबालिका पहिलो पटक विद्यालय शिक्षाबाट वन्चित रहेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । कोरोनाले उत्पन्न आर्थिक सङ्कटका कारण करिब ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्नेछन् । यसको असर बालबालिकाको...
दाङमा ४० जनामा सिकलसेल देखियो

दाङमा ४० जनामा सिकलसेल देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २९ दाङका ४० जनामा सिकलसेल पोजेटिभ देखिएको छ । दङ्गीशरण गाउँपालिकाका दुई वटा वडाका ४० जनामा सिकलसेल पोेजिटिभ देखिएको हो । दिगापा–४ र ५ मा गरी २ सय ४१ जनामा गरिएको परीक्षणमा ४० जनामा सिकलसेल पाजिटिभ देखिएको पालिकाले जनाएको छ । योसँगै दङ्गीशरणमा सिकलसेल पोजिटिभ हुनेको सङ्ख्या १ सय १८ पुगेको छ । गाउँपालिकाका ७ सय १५ जना थारु समुदायका नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । आज पालिकाको १ र २ नम्बर वडामा परीक्षण हुने जनाईएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअर्न्तगत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ ।...