Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

विश्वमा एकैदिन २ लाख ३० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन २ लाख ३० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २९ विश्वमा एकै दिन २ लाख ३० हजार ३ सय ७० जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि २ लाख २८ हजार १ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा सङ्क्रमण तीव्र हुँदा दैनिक थपिने सङ्क्रमितको संख्या धेरै भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हिजो अमेरिकामा १ लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, यूरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । हिजो विश्वभर कोभिड–१९ बाट ५ हजार २ सय ८५ जनाको मृत्यु भएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको संगठनले जनाएको छ । विश्वभर सङ्क्रमितको सख्या १ करोड ३० लाखभन्दा धेरै पुगेको संगठनले जनाएको छ ।...
काठमाण्डौँमा मयूर यातायातको सेवा सुरु

काठमाण्डौँमा मयूर यातायातको सेवा सुरु

समाचार
पूर्णपुष्टि, असार २९  काठमाण्डौँमा मयूर यातायातले यात्रु सेवा सुरु गरेको छ । सरकारले तोकेको मापदण्ड अनुसार सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो । कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा २ वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ । गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको कम्पनीले जनाएको छ । पर्सीसम्ममा २०÷२२ वटै बस सेचालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको चाप कम भएकाले एकैपटक सबै सवारी संचालन नगर्ने जनाईइएको छ । अन्य कम्पनीलाई पनि बस चलाउन आग्रह गरेको जनाएको छ । बस रोकिराख्दा व्यवसायीलाई थप हानी नो...
एकै महिनामा बाढी र पहिरोबाट ८५ जनाको मृत्यु

एकै महिनामा बाढी र पहिरोबाट ८५ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २९ वर्षायाम सुरुभएको पछिल्लो एक महिनामा बाढी, पहिरो र डुवानबाट ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् । गत जेठ ३१ गतेदेखि असार २९ गतेसम्म भएका बाढी, पहिरो र डुवानबाट १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । यस क्रममा ५० जना घाइते भएका छन् भने १ सय ३४ घर क्षति भएको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । असार २६ गतेको पहिरोले म्याग्दीमा २८ जनाको मृत्यु, ४ जना बेपत्ता र १२ जना घाइते भएका छन् । पहिरोका कारण ३७ घर प्रभावित भएको छ । जेठ ३१ गते पर्वतमा पहिरोमा परी ९ जनाको मृत्यु र १ जना घाइते भएका छन् । यहाँ २ वटा घर पुरिएको छ । असार ८ गते पाल्पाको तानसेन नगरपालिमा पहिरोका कारण ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । २ वटा घरमा क्षति पुगेको छ । असार १९ गते बझाङमा गएको पहिरोका कारण ७ जनाको ...
तनहुँको पहिरोमा परि मृत्यु हुनेको संख्या ६ पुग्यो

तनहुँको पहिरोमा परि मृत्यु हुनेको संख्या ६ पुग्यो

समाचार
पूर्णपुष्टि, असार २९  तनहुमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा ४ जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा १ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल पठाईएको छ । स्थानीय ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिरोले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको श...
ईङ्गल्याण्डका १०४ वर्षे महिलाले घरमै जिते कोरोना

ईङ्गल्याण्डका १०४ वर्षे महिलाले घरमै जिते कोरोना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २९ इङ्गल्याण्डको केन्टका १ सय ४ वर्षे महिलाले घरमै बसेर कोरोनाबाट मुक्त भएकी छिन् । ग्रेस ग्रिनउड नामकी ती महिला विगत तीन सातादेखि ओछ्यानबाट उठ्न सक्दैनथिन् । उनलाई सास फेर्न पनि गाह्रो भएको थियो । तर उनलाई कोरोना संक्रमणको उपचार गर्न अस्पताल जानु परेन । अहिले उनी पूर्णरुपमा ठीक भएकी छन् । उनले जीवनमा धेरै कष्ट व्यहोरेकी छन् । आफ्नो जीवनको अधिकतम समय उनले बिरामीहरुको सेवामा बिताएकी छन् । त्यसैले पनि उनमा चुनौतीहरुको सामना गर्ने हिम्मत छ । ग्रेसको जन्म म्यानमार (बर्मा)मा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरेकी थिइन् । त्यसपछि लामो समुद्री यात्रा तय गर्दै उनी सन् १९४६ मा इङ्गल्याण्ड गइन् । लण्डनमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अगाडि उहाँ बिरामी हुनुभयो । डाक्टरहरुले उहाँको स्वास्थ्य अवस्था...
१ न. प्रदेशका एकै दिन ३३ जना कोरोना मुक्त

१ न. प्रदेशका एकै दिन ३३ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २९ १ न. प्रदेशबाट एकै दिन ३३ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार डिस्चार्ज भएका हुन् । अस्पतालमा उपचाररत १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मोरङका ५ जना, झापाका २० जना, सुनसरी २ जना, ताप्लेजुङका १ जना, सङ्खुवासभाका ३ जना र खोटााङका २ जना डिस्चार्ज भएका छन् । उनीहरूको डिस्चार्जपछि ४२ जना उपचाररत बाँकी रहेको अस्पतालले जनाएको छ । अहिलेसम्म २ सय २७ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । त्यहाँ भर्ना गरिएकामध्ये हालसम्म छ जनालाई बीपी प्रतिष्ठान धरान र कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रेफर गरिएको थियो । रेफर गरिएकाहरू समे...
हवाइ चप्पलमा सपना देखेका पुजन

हवाइ चप्पलमा सपना देखेका पुजन

आर्थिक, समाचार
बुद्धि चामलिङ राई बेलका, असार २९ उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिकाको बेल्टार–बसाहा हुँदै रामपुर चतरा जाने सडकको देउरारी  डाडा (जङ्गल) कटेपछि  सुपाडे बजारदेखि  बेलका नगरपालिकाको सिमा सुरु हुन्छ । सुपाडे बजारको देब्रेपटि  करिब दुई किलोमिटर भित्र उत्तरी दिशामा बेलका नगरपालिकाको वडा नम्बर ५ घुम्ने गाउ रहेको छ । यो घुम्ने गाउका स्थानिय युवाहरु तीन हप्ता अघिसम्म  स्थानिय खेतिपातिको काममा ब्यस्त हुन्थे  । गाउँ भएकाले स्थानीय गाउले युवाहरु कृषिको काम मकै गोड्ने, खन्ने, धान रोप्ने काम, गाइबस्तु गोठाला गर्ने युवाहरुको अहिले दैनिकी फेरिएको छ । गत असार १७ गते देखि स्थानिय बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेका स्थानिय २५ बर्षिय युवा पुजन कटुवाल (भोजराज) ले हवाइ चप्पल उद्यम खोले पछि यहाको युवाको दैनिकी फेरियको हो । यस अघि सामान्य खेतिपातिको काममा दिन बिताउने यहाका युवाहरु अहिले मानिसले लगाउने ह...
फेरि भारतबाट सलह आयो

फेरि भारतबाट सलह आयो

समाचार
पूर्णपुष्टि, असार २९ भारतबाट फेरी सलह किरा नेपाल प्रवेश गरेको छ । हिजो बेलुका सलहको अर्को झुण्ड नेपाल प्रवेश गरेपनि धेरै नोक्सानी नगर्ने विज्ञहरुले बताएका छन् । प्यूठान, अर्घाआँची लगायतका जिल्लामा केही नोक्सानी गर्न सक्ने भए पनि अहिले पानी परिरहेकाले धेरै क्षति भने नहुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । तर केन्द्रले सावधानी भने अपनाउन आग्रह छ । झण्डै १० देखि १२ लाखको संख्यामा आएका सलहको झुण्ड हिजो बेलुका प्यूठानमा रहेका र केही ठाउँमा नोक्सानी गरेको खबर आएको केन्द्रले जनाएको छ । यो झुण्डले कत्तिको नोक्सानी गर्छ भन्ने कुरा मौसममा भर पर्ने केन्द्रको भनाई छ ।  घाम लाग्यो भने केही नोक्सानी गर्न सक्छ ।  तर पानी निरन्तर परिरह्यो भने क्षति गर्ने सम्भावना कम हुने भएकाले किसानलाई नआत्तिन बरु भगाउने उपायको खोजी गर्न आग्रह गरेको छ । अहिले हावाको गति पूवोत्तर...
आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ति मनाइँदै

आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ति मनाइँदै

समाचार
पूर्णपुष्टि, असार २९ आज आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्मजयन्ती मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ । आदिकवि भानुभक्तले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ । जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाईदै छ । भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि भानुमक्तको जन्मजयन्ति मनाइन्छ । भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।...
प्रिमियर लिगमा टोटनह्यामको जित

प्रिमियर लिगमा टोटनह्यामको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार २९ इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले जित हात पारेको छ । गतराति भएको नर्थ लण्डन डर्बीमा टोटनह्यामले आर्सनललाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो । खेलको १६ औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ८१ औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटनह्यामलाई २–१ को जित दिलाएको हो । जितसँगै टोटनह्याम लिगको ८ औँ स्थानमा छ । टोटनह्यामले ३५ खेलमा ५२ अंक जोडेको छ । ५० अंक जोडेको आर्सनल ९ औँ स्थानमा झरेको छ ।...