Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-26

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-26

समाचार
नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । -*- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र १८ दिने शिशुसहित २४ जना उपचारपछि निको भए । स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि आइसोलेनमा बसेको १४ दिनपछि पुुनः स्वाप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार साँझ उनीहरुलाई डिस्चार्ज गरिएको हो । -*- जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह । कष्ट सहेरै भए पनि आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान प्रविधिकरणले आग्रह गर्नुभएको हो । -*- अविरल वर्षा भैरहेकाले बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक प्रकोपका जोखिमयुक्त क्षेत्...
बाढी पहिरोबाट एकै दिन २४ जनाको मृत्यु, ३७ जना बेपत्ता

बाढी पहिरोबाट एकै दिन २४ जनाको मृत्यु, ३७ जना बेपत्ता

समाचार
पूर्णपुष्टि, असार २६ अविल वर्षासँगै आएको बाढी, पहिरोले देशको विभिन्न ठाउँमा ठूलो जनधनको क्षति गरेको छ । देशको विभिन्न ठाउँमा शुक्रबारमात्रै बाढी र पहिरोमा परि २४ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता भएका छन् । पहिरोमा परि कास्कीका विभिन्न ठाउँमा गरी ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले पहिरोमा परि मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । त्यस्तै म्याग्दीको विभिन्न ठाउँमा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–४ मा पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । बारेकोटकै धुमा खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको छ । त्यस्तै लमजुङमा ३ जना, रुकु...
आईतबारसम्म सुरक्षित ठाउँमा बस्न आग्रह

आईतबारसम्म सुरक्षित ठाउँमा बस्न आग्रह

समाचार
पूर्णपष्टि, असार २६ अविरल वर्षा भैरहेकाले बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक प्रकोपका जोखिमयुक्त क्षेत्रहरुमा सर्तकता आपनाउन जिल्ला प्रहरी कार्यालय उदयपुरले आग्रह गरको छ ।  वर्षापछि बाढी, पहिरो आउने भएकाले नदि किनार, खोला छेउछाउ लगायतका जोखिमयुक्त क्षेत्रमा सर्तकता अपनाउन जिप्रकाले आग्रह गरेको हो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विहिबारदेखि आईतबारसम्म ठूलो वर्षा हुने जनाएको छ । प्राविधिकरणले सुचना जारी गर्दै जोखिमयुक्त क्षेत्रका बस्तिहरुमा सर्तकता अपनाउन आग्रह गरेको छ । जिप्रका उदयपुरले सर्तकता अपनाउन आग्रह गर्दै यस्ता घटना कतै घटे, देखे र सुने तत्काल जानकारी गराउन अनुरोध छ । जिप्रकाले प्रमुख जिल्ला अधिकारी, जिप्रका प्रमुख, जिप्रका सुचना अधिकारी र जिप्रका माताहतका सवै प्रहरी युनिटको सम्पर्क नम्बरहरु जारी गरेको छ । सम्पर्क नम्बरहरु तल हेर्नुस् :...
जिल्ला भित्र मात्रै सार्वजनिक यातायात संचालन गर्न पाउने

जिल्ला भित्र मात्रै सार्वजनिक यातायात संचालन गर्न पाउने

समाचार
सार्वजकन यातायात संचालन गर्न ७ वटा नियम पूर्णपुष्टि, असार २६ सरकारले जिल्ला भित्र मात्रै सार्वजनिक यातायात संचारन गर्न दिने भएको छ । सार्वजनिक यातायात सञ्चालन गर्नु पूर्ब स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न पाईने भएको हो । “चालकसहित सिट क्षमताको बढीमा ५० प्रतिशत मात्र रहने, एक पङ्तीको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्र राख्ने, सवै यात्रुलाई माक्स प्रयोग गर्न लगाउने, यात्रुलाई सवारी चढ्न अघि ढोकामा स्यानिटाईजरको प्रयोग गर्ने, सवारी साधनको चालक र सह–चालकले अनियवार्य रुपमा माक्स र पंजाको प्रयोग गर्ने, सवारी साधनलाई प्रत्येक दिन निसंक्रमित गर्ने र जिल्ला भित्र मात्रै संचालन गर्ने” सरकारले जारी गरेको सर्त पालना गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरले आग्रह गरेको छ । यदि सकैले उक्त नियम पालना नगरी उलङ्घन गरेको पाईएमा संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कानु...
भारतलाई प्रेस काउन्सिलको पत्र

भारतलाई प्रेस काउन्सिलको पत्र

समाचार
पूर्णपुष्टि, असार २६ नेपाल प्रेस काउन्सिलले प्रेस काउन्सिल अफ् इण्डियालाई पत्र लेखेको छ । भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओली विषयमा चरित्रहत्या गरिरहेको भन्दै उनीहरुलाई कारबाही र आचारसंहिताको दायरामा ल्याउन पत्रमार्फत आग्रह गरिएको छ । काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिल अफ् इण्डियाका प्रमुख चन्द्रमौलीकुमार प्रसादलाई पत्र लेखेर नेपालको सार्वभौमसत्ता र अखण्डता तथा प्रधानमन्त्रीको व्यक्तित्वमाथि गम्भीर आक्रमण भइरहेको भन्दै त्यहाँका सञ्चारमाध्यमलाई आचारसंहिता पालना गराउन आग्रह गर्नुभएको छ । भारतीय सञ्चारमाध्यमको रवैयाका कारण नै नेपालमा भारतीय समाचार च्यानलको प्रसारण बन्द भएको पनि काउन्सिलले जनाएको छ । भारतीय च्यानल जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीबीचको सम्बन्धबारे भ्रामक र आपत्तिजनक सामग्...
नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २६ नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । त्यस्तै आज थप १ सय २० जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ ।
बेतेनी पहिरोमा मोटरसाईकल क्षती, मानिस घाइते

बेतेनी पहिरोमा मोटरसाईकल क्षती, मानिस घाइते

समाचार
पूर्णपुष्टि, असार २६ ।  उदयपुरको कटारी नगरपालिका ११ बेतेनीमा पहिरोमा परेर आज एउटा मोटरसाईकल पूर्णरुपले क्षती भएको छ भने एकजना मानिस घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार कटारी नगरपालिका ४ का राजकुमार ज्यू ठकुरी सवार मोटरसाईकल पहिरोमा परी क्षतीग्रस्त भएको हो । मोटरसाईकल चालक ठकुरी भने भाग्न सफल भएका थिए ।  मोटरसाईकलसहित ठकुरी पहिरोमा अभरो भरेपछि उद्धारको लागि गएका स्थानीय २२ वर्षिय पिक मगर भने पहिरोमा परी घाइते भएका छन् । गएरातीदेखि परेको वर्षातले जिल्लाको विभिन्न ठाउँमा पहिरो र डुवान भएका छन् । हालसम्म ठूलो धनजनको क्षती नभएपछि मनसुनी वर्षातले क्षती गर्नसक्ने भन्दै सतर्कता अपनाउन जिल्लाबासीलाई प्रशासनले आग्रह गरेको छ । यस अवस्थामा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुवानको उच्च जोखिम हुने गरेको छ । साथै विषालु जीवको प्रक...
३ ट्रक अवैध काठ पक्राउ

३ ट्रक अवैध काठ पक्राउ

समाचार
पूर्णपुष्टि, असार २६  रौतामाईको मुर्कुचीबाट अवैध ३ ट्रक काठ पक्राउ परेको छ । रौतामाई गाउँपालिका–७ मुर्कुचीबाट सप्तरीको भारदहतर्फ लैजान लागेको अवैध तीन ट्रक काठ प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रुपमा काठ लादैगरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले बुधबार राती करिब ८ बजे ना ३ ख ९४१९, ना ४ ख ८३८४ र ना ४ ख २१२४ नम्बरको तीन वटा ट्रक, ट्रक चालक, सह–चालक र काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्रक, ट्रकमा लोड गरेको गोलीया काठ, ट्रक चालक र सह–चालकलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय कटारी बुझाएको जिप्रका उदयपुरले जनाएको छ ।...
म्याग्दीमा बाढी पहिरोले १० जनाको मृत्यु

म्याग्दीमा बाढी पहिरोले १० जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २६ अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि म्याग्दीमा १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । गतरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा २ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ । त्यसैगरी धवलागिरी–६, मराङमा बाढी, पहिरोमा परेर १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मराङमा २०, विममा १० र ताकममा ५ घरधुरीमा क्षति भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर मृत्यु भएकाहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पु¥याएको छ । रघुगंगा खोलामा आएको बाढीले पुलमा पूर्ण क्षति पु¥याएपछि रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हि...
ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ

समाचार
झापा, असार २६  झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दमक नगरपालिका–१ बाट ब्राउन सुगर सहित दिपेन लिम्बु र रोहन राईलाई पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गतराती ११ बजे ईलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ मा बसोबास गर्ने २२ बर्षीय लिम्बु र माङसेबुङ–३ घर भएका १६ बर्षीय राईलाई ४९.१ ग्राम ब्राउन सुगर र नगद ५२ हजार ६ सय ५ रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...