Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
ईलाम, असार २६  ईलामको चुलाचुलीबाट लागुऔषधसहति एक जना पक्राउ परेको छ । चुलाचुली गाउँपालिका–४ बाट लागुऔषधसहित तारा लिम्बु पक्राउ परेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले हिजो साँझ ६ बजे स्थानीय २९ बर्षीय लिम्बुलाई स्पार्पाइन ट्याब्लेट १ सय पिस, ट्रोमाडोल ट्याब्लेट ३ सय पिस र २ थान मोवायल सहित घरैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टर दुर्घटना २ जनाको मृत्यु

ट्याक्टर दुर्घटना २ जनाको मृत्यु

समाचार
ईलाम, असार २६   ईलाममा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । माई नगरपालिका–१ पालटारमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो । खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई हिजो दिउँसो साँढे २ बजे  सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका ट्याक्टर चालक माई नगरपालिका–१ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरीलाई उपचारको लागी झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । सोही ट्याक्टरमा सवार रहेका अर्का घाईते १९ बर्षीय समिर बिश्वकर्माको झापाको बि.एण्ड. सी. अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
नेकपा स्थायी कमिटी बैठक १ हप्ताका लागी स्थगित

नेकपा स्थायी कमिटी बैठक १ हप्ताका लागी स्थगित

समाचार
पूर्णपुष्टि, असार २६ नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको हो । देशभर भैरहेको वर्षाबाट जनधनको क्षति रोक्न पार्टी पंक्तिलाई उद्धार तथा राहतमा लाग्न निर्देशन सहित ७ दिनका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । गत असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ । पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता र सहमतिको प्रयास भैरहेको छ । तर सहमति भने भैसकेको छैन । छलफल सकारात्मक बन्दै गएको नेताहरुले बताएका छन् ।...
रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

समाचार
पूर्णपुष्टि, असार २६ अविरल वर्षापछि आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पहिरो झरिरहेकाले मान्छे हिँडडुल गर्न रोक लगाइएको छ ।...
१८ दिने शिशुसहित २४ जना कोराना मुक्त

१८ दिने शिशुसहित २४ जना कोराना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र १८ दिने शिशुसहित २४ जना उपचारपछि निको भएका छन् । स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि आइसोलेनमा बसेको १४ दिनपछि पुुनः स्वाप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार साँझ उनीहरुलाई डिस्चार्ज गरिएको हो । सिञ्जा गाउँपालिका–४ काडागाउँकी ३९ वर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमासहित २४ जनालाई घर पठाइएको अस्पतालले जनाएको छ । प्रतिष्ठानको आइसोलेसनमा अझै १२ जना रहेका र उनीहरुको रिपोर्ट पनि नेगेटिभ आउने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ । डिस्चार्ज भएकाहरुले १४ ...
म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

समाचार
पूर्णपुष्टि, असार २६ म्याग्दीको धौलागिरी गाउँपालिका–६ रिखामा पहिरोले २ घर बगाउँदा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङबाट पहिरो खसेर भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाउँदा ७ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । भीमप्रसादको घरमा ४ र धनबहादुरको घरमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । यस्तै कल्लेनीको धारखोलामा आएको बाढीले २ वटा घर बगाएको छ । म्याग्दीकै रघुगङ्गा नदीमा आएको बाढीले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटमा रहेको बेलिब्रिजसमेत बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्कविच्छेद भएको छ । यस्तै पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।...
पहिरोले घर पुरिदा ४ जनाको मृत्यु

पहिरोले घर पुरिदा ४ जनाको मृत्यु

समाचार
पूर्णपूष्टि, असार २६ कास्कीको दुई ठाउँमा पहिरोले घर पुरिदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । पोखरा महानगरपालिका–१८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जना र हेम्जाका रामचन्द्र अधिकारीको घर पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब ३ बजे आएको पहिरोले ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुल्न सकेको छैन । पुरिएको घरमा हिजो जन्मदिन उत्सव भएको र जन्मदिन मनाउनका लागि केही आफन्तहरु पनि आएका  स्थानीयले बताएको प्रहरीले जनाएको छ । घर पूर्ण रुपमा पहिरोले पुरिएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको भने घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल पठाईएको छ । पानी लगातार परिरहेकाले थप अरु घर पनि जोखिममा छन् । यस्तै पोखराकै हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पनि पहिरोले पुरिंदा उहाँकी आमा हिमकलीको म...
आइतबारसम्म सुरक्षित ठाउँमा बस्न प्राधिकरणको आग्रह

आइतबारसम्म सुरक्षित ठाउँमा बस्न प्राधिकरणको आग्रह

समाचार
पूर्णपुष्टि, असार २६ जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । कष्ट सहेरै भए पनि आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान प्रविधिकरणले आग्रह गर्नुभएको हो । विपद्को पूर्वानुमान गरिएको पहिलो दिन बुधबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले क्षति गरेको छ । अहिले पहिरो बढी आउने पाइएको र विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ । तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । त्यस्तै ३० हजारभन्दा बढीलाई सतर्कताका लागि मोबाइल सन्देश पठाइएको पनि प्राधिकरणले जनाएको छ । यसअघि नै परेको पानीले जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र ब...
प्रिमियर लिगमा म्यानचेस्टरको जित

प्रिमियर लिगमा म्यानचेस्टरको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार २६ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड (म्यानयु)ले जित हात पारेको छ । गतराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्लालाई ३–० गोलले पछि पार्दै जित हात पारेको हो । स्टोनभिल्लाको घरेलु मैदानमा पाहुना टोली म्यानयुले २७ औं मिनेटमा अग्रता लिएको थियो । ब्रूनो फर्नान्डोले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा पौल पोग्बाले गोल गरेपछि म्यानयु ३–० ले अघि बढ्यो । त्यसपछि दुवै तर्फबाट कुनैपनि गोल नभएपछि एस्टोन भिल्ला ३–० ले पराजित भयो । जितसँगै म्यानयु ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने पराजित भएको भिल्ला २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।...
बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन आग्रह

बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन आग्रह

समाचार
पूर्णपुष्टि, असार २६ अविरलत वर्षासँगै बाढी पहिरो आउने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले अहिले देशभर पानी परेको छ । देशको सवै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ । भारी वर्षा भएकाले डुबानको जोखिम र साना नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।...