Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २६ लमजुङमा पहिरोले घर पर्दा तीन जनाको मृत्यु भएको छ । बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु भएको हो । पहिरोले दिपक तामाङको घर पुर्दा उनको श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएको जनाईएको छ ।...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-25

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-25

समाचार
नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघे । पछिल्लो २४ घण्टामा थप १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको हो । -*- गतराति आएको बाढी र पहिरोले निर्माणाधीन मध्य भोटेकोशी आयोजनामा क्षती । बाह्रविसे नगरपालिकाको जबमु बजारसहितका क्षेत्रमा आएको बाढी र पहिरोले मानविय क्षतीसँगै सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोशी आयोजनामा ठूलो क्षति पु¥याएको हो । -*- कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाको नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला । सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । -*- गत वैशाखदेखि अहिलेसम्म ८ सय ४ वटा विपद्का घटनामा १ सय ४ जना भन्दा बढीको मृत्यु । त्यस्तै ३ जना बेपत्ता भएका छन् भने ३ सय ४९ जना घाइते भएको रा...
भारतीय मिडियालाई राजनीतिक र कानुनी उपचार गर्ने

भारतीय मिडियालाई राजनीतिक र कानुनी उपचार गर्ने

समाचार
पूर्णपुष्टि, असार २५ सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने जनाएको छ । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताउनुभयो । नेपालको प्रधानमन्त्रीकोबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा पत्रकारहरुले प्रश्न गरेका थिए । भारतीय टिभी च्यानललाई रोक लगाउनुपर्ने आवाज उठिरहेको छ ।, सरकारले के गर्छ भन्ने प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिनुभएको थियो । सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडिया...
माेहनपुरमा भयाे कार्की परिवारमा सांघातिक आक्रमण, आक्रमणकारीहरूलाई कडा कारवाहीको माग

माेहनपुरमा भयाे कार्की परिवारमा सांघातिक आक्रमण, आक्रमणकारीहरूलाई कडा कारवाहीको माग

समाचार
पूर्णपुष्टि, असार २५ ।  जग्गाविवादमा छिमेकी परिवारबाट सांघातिक आक्रमणमा परेको त्रियुगा नगरपालिका ६ मोहनपुरका एक परिवारले दोषीलाई कडा कारवाहीको माग गरेको छ । छिमेकी जगतबहादुर खड्का र छोरासहितले सांघातिक आक्रमण गरी सक्त घाइते पारेको भन्दै कार्की परिवारले कडा कारवाहीको माग गरेको हो । स्थानीयहरुका अनुसार उनीहरुबीच पुरानो जग्गा विवाद थियो । जग्गा विवादकै क्रममा अदालतमासमेत मुद्दा चलेको थियो । कार्की परिवारले भोगचलन गर्दै आएको एलानी जग्गामा दावी गर्दै खड्का परिवारले जिल्लादेखि सर्बोच्चसम्म मुद्दा मामिलामा पुगेपनि उनीहरुको हकदावी नपुगे पछि सांघातिक आक्रमणमा उत्रेको पिडितको आरोप छ । हातहाताम लाठ्ठी, खुकुरी, रड, बन्चरो र चिरुवा दाउरा लिएर सांघातिक आक्रमण गरेको र गम्भिर घाइते बनाएको घाइतेका छोरा यज्ञबहादुर कार्कीले बताउनुभयो । गत असार २२ गते छिमेकी जगतबहादुरसहित उनका छोराहरु राजनकुमार, चिरञ...
नगरलाई ईन्सेकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नगरलाई ईन्सेकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ कोरोना रोकथाम तथा नियन्त्रणको लागी बेलका नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । इन्सेक नेपालको सहयोगमा मानव अधिकार समिति बेलकाले नगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । सनिटाइजर ५ लिटर, थर्मलगन २ थान, सर्जिकल ग्लोब्स २ सय थान, सर्जिकल माक्स २ सय थान, केयन ९५ माक्स २० थान नगरका मेयर दुर्गाकुमार थापालाई हस्तान्तरण गरेको इन्सेकका प्रदेश नम्बर १ का कार्यक्रम संयोजक बाग्मता कटेलले बताए । महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्य कर्मि, सुरक्षाकर्मी, जनप्रतिनीधि तथा सरोकारवाला निकायहरुलाई हयोग गरेको मानव अधिकार समुह बेलकाका अध्यक्ष जयराम पुर्वछानेले बताए । बेलका नगरपालिकामा अहिलेसम्म पुष्टि भएका १० जना कोरोना संक्रमितमध्ये ५ जना उपचारपछि निको भईसकेका छन् । बैदेशिक रोजगारी, छिमेकी राष्ट्र भारत तथा अन्य जिल्लाबाट नगरमा आवजाउ बढेकाले कोरोनाक...
नेस्पेकद्धारा कृषकलाई विउविजन र कृषि औजार हस्तान्तरण

नेस्पेकद्धारा कृषकलाई विउविजन र कृषि औजार हस्तान्तरण

समाचार
दिनेश राई पूर्णपुष्टि, असार २५  नेस्पेक उदयपुरले त्रियुगा नगरपालिका–१५ खाँबुमा सोमवार कृषि औजार र विउविजन हस्तान्तरण गरेको छ । वल्डभिजन इन्टरनेशनल नेपाल र साझेदार संस्था नेस्पेक उदयपुरले उक्त सामग्री वितरण गरेको हो । विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोविड–१९) ले ग्रामीण कृषकमा पर्न गएको असरलाई मध्यनजर गर्दै वल्डभिजनको आर्थिक सहयोग र नेस्पेक उदयपुरको समन्वयमा यो कृषकमुखी कार्यक्रम गरिएको नेस्पेकका अध्यक्ष अर्जुन पोखरेलले बताए । पोखरेलका अनुसार– ‘यस कार्यक्रमले कृषक बर्गमा केही सुधार र सहयोग मिल्ने अपेक्षा रहेको बताए ।’ कृषिकलाई कृषि औजार र विउविजन त्रियुगा नगरपालिका वडा नं. १५ खाँबुका वडाअध्यक्ष निरबहादुर आले मगरले वितरण गरेका थिए । मगरका अनुसार–‘यस किसिमको कार्यक्रम वडाबासीका लागि स्वागत योग्य रहेको भन्दै सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका थिए ।’ साथै, कार्यक्रम निर...
गाइघाट सिभिल हस्पिटलकाे उपचारमा अर्काे लापरवाही : तीनवर्षे वालकको हात बांगियाे

गाइघाट सिभिल हस्पिटलकाे उपचारमा अर्काे लापरवाही : तीनवर्षे वालकको हात बांगियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ । गाइघाटस्थित गाईघाट सिभिल हस्पिटलले तीनवर्षे वालकको हातको कुहिनोको जोर्नीको राम्रो उपचार नगर्दा हात बांगिएको भन्दै अभिभावकले गुनासो गरेका छन् । आज बालकसहित पूर्णपुष्टिमा आएका बालक कृष कटुवालका बुवा हरीबहादुर र आमा अम्बिका खड्काले यस्तो गुनासो गरेका हुन् ।  त्रियुगा नगरपालिका ९ राजाबासका अभिभावकका अनुसार गतवर्षको मंसिरमा बालकको घरमा लडेर दाहिने हाँतको कुहिनाको जोर्नी खुस्किए पछि लगत्तै सो हस्पिटलमा उपचारका लागि लगिएको थियो । हस्पतालले हात सिधा बनाउने भन्दै ब्याण्डेज गरेको थियो । एकमहिना एकहप्ता पछि ब्याडेज खोल्दा बालकको हात बाँगिएको अवस्थामै थियो । हात सिधा भएन भन्दै अभिभावकले गुनासो गर्दा हस्पिटलले बालकको हात चार÷पाँच महिनामा सिधा भइसक्छ भनेको तर, नौमहिना भइसक्दा पनि सिधा नभएको बुवा हरिबहादुरले बताउनुभयो । “हस्पिटलमा डाक्टरले पाँच÷छ महिनामा सिधा हुन्छ भनेको थियो...
सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

समाचार
पूर्णपुष्टि, असार २५ सरकारले सार्वजनिक यातायात संचारन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गरेर संचालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । ट्याक्सीमा बढीमा २ र परिवारका सदस्यहरुमात्रै बस्ने भए सिट क्षमता बमोजिम बस्न पाउने गरी खुकुलो गरिएको उहाँले बताउनुभयो । छोटो दूरीका सार्वजनिक यातायात सुरक्षा मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउने उहाँले बताउनुभयो । जस बमोजिम काठमाडौं उपत्यकाको ३ जिल्लामा मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने प्रष्ट्याउनुभएको छ । निर्णय बमोजिम उपत्यका बाहेक जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछन् । मन्त्रीपरिषद्को निर्णय सार्...
नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छ् । योसँगै ७ हजार ८ सय ९१ जना उपचारपछि निको भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म उक्त संक्रमित मध्ये ३५ जनाको कोरोनाको कारण मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।...
भारतीय जी न्युजको पीत पत्रकारिता

भारतीय जी न्युजको पीत पत्रकारिता

समाचार
पूर्णपुष्टि, असार २५ भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको नेपाल पत्रकार महासङ्घले नेपालको जनाएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएको र यो प्रचार पीत पत्रकारिताको नमुना रहेको महासङ्घको दाबी छ । जी न्युजका सामग्री प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको छ । महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियामा सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कुटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।...