Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

भारतीय च्यानल बन्द गर्दा आपत्तिजनक अभिब्यक्ति दिने डाक्टरमाथी अनुसन्धान सुरु

भारतीय च्यानल बन्द गर्दा आपत्तिजनक अभिब्यक्ति दिने डाक्टरमाथी अनुसन्धान सुरु

समाचार
पूर्णपुष्टि, असार २७  चितवनको भरतपुर अस्पतालमा काम गर्ने एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानविन थालेको छ । अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए ‘ खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ ?’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ । आपत्तिजनक अभिव्यक्ति दिएकाले डा. तिवारीलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ । प्रहरीले  तिवारीमाथि सोधपुछ गरिने जनाएको छ । अभिव्यक्तिमाथि साइबर क्राइमको मुद्दा चल्न सक्छ । त्यो भन्दा पनि अर्को राज्य विरुद्धको अपराध हो । विवादास्पद छविका डा. तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर...
युएईबाट ३३ किलो सुन प्रकरणका आरोपीलाई काठमाडौं ल्याइयो

युएईबाट ३३ किलो सुन प्रकरणका आरोपीलाई काठमाडौं ल्याइयो

समाचार
पूर्णपुष्टि, असार २७ ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपितलाई यूएईमा पक्राउ गरेर नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । उनलाई गौशाला प्रहरी बृतको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुसमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठ...
आकृति बनाएर हावामा सर्प उड्छ

आकृति बनाएर हावामा सर्प उड्छ

समाचार, संसार
पूर्णपुष्टि, असार २७ सर्प घिस्रेर हिड्ने जिव हो । तर हावामा उड्छ भन्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ । खासगरी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प भेटिन्छन् । भर्जिनिया टेकका वैज्ञानिकहरुले यसबारे अनुसन्धान सार्वजनिक गर्नु अघि मानिसलाई सर्प कसरी उड्न सक्छन् भन्ने थाहा थिएन । अनुसन्धान टोलीका प्रमुख आइज्याक यटोनका अनुसार सर्पहरुले हावामा एक आवृत्ति बनाएर तिव्र गतिमा उड्छन् । र उनीहरु यही कुरा पत्ता लगाउन उत्सुक थिए । उनीहरुलाई यसबारे आधारभुत जानकारी थियो । तर २० वर्षदेखि सर्पबारे अध्ययनरत जेक सोकाको सहायताबाट यो कसरी उड्छ भन्ने ज्ञान भएको यटोनले बताएका छन् । वैज्ञानिकहरुले अध्ययनबाट सर्प तल र माथि गर्दै हावामा तैरिएर उड्ने तथ्य भेटाएका थिए । एक किसिमको आकार बनाएर सर्पले हावामा गति निकाल्ने उनीहरुको निष्कर्ष छ । वैज्ञानिकहरुको एक पूर्वानुमान के थियो भने,...
विदेशी मदिरा रोक्दा ५० करोड बच्यो

विदेशी मदिरा रोक्दा ५० करोड बच्यो

आर्थिक, समाचार
पूर्णपुष्टि असार २७ सरकारले विदेशी महंगा मदिराको आयात रोक्दा ३ महिनामै करिब ५० करोड रुपैयाँ जोगिएको छ । कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला विलासी वस्तुको आयात घटाउने रणनीति अन्तर्गत सरकारले गत चैत १६ गतेदेखि विदेशबाट हुने मदिरा आयात रोक्ने निर्णय हो । नेपालले वार्षिक २ अर्बभन्दा बढीको विदेशी मदिराको आयात गर्ने गरेको छ । यस हिसाबले ३ महिना मदिरा आयात रोकिदा करिब ५० करोड रुपैयाँ बराबर स्वदेशी मुद्रा विदेशिनबाट जोगिएको भन्सार विभागले जनाएको छ । नेपालमा स्कटिस ह्वीस्कीको बजार ठूलो रहेको मदिरा आयातकर्ताहरुको दाबी छ । स्कटिस ह्वीस्की, जोनी वाकर तथा सिवास रिगल र अमेरिकी जेडी ह्वीस्की नेपालमा प्रख्यात ब्राण्डका मदिरा हुन् । नेपालमा वाइन, भोड्का, जिनजस्ता अल्कोहलिक पदार्थको आयात उच्च हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका,...
प्राकृतिक प्रकोपपछि स्वास्थ्य समस्या आउन सक्ने, सावधानी हुन डाक्टरको आग्रह

प्राकृतिक प्रकोपपछि स्वास्थ्य समस्या आउन सक्ने, सावधानी हुन डाक्टरको आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ मनसुन सक्रिय भएसँगै यस वर्ष पनि बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोप सुरु भइसकेको छ । यस्ता विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । विपत्तिसँगै तत्कालीन रुपमा शरीरमा चोटपटक लाग्ने, अंगभंग हुने, पानीमा डुबेको छ भने फोक्सोमा समस्या हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ । यस्ता समस्याको तत्कालै उपचार गर्नुपर्ने हुन्छ । यस्तै दोस्रो चरणमा पानी, खाना वा हावाबाट सर्ने रोगको जोखिम हुन्छ । यस अन्तर्गत झाडापखाला, छालामा हुने इन्फेक्सन, जण्डिस, टाइफाइड, श्वासप्रश्वास सम्बन्धी लगायतका समस्याहरु हुन सक्ने भएकाले जनरल फिजिसियन डाक्टर युवराज शर्माले सावधानी अपनाउन सुझाव दिएका हुन् । अहिले कोरोना महामारीको बेलामा त झनै यी कुराहरुमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । यस्तै विपत्तिमा परेकाहरुको परिवारका सदस्य गुमेका हुन सक्छ...
बढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

समाचार
पूर्णपुष्टि, असार २७ नवलपरासी पूर्व गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट–९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो । डाइभर्सन आज बिहान करिब ४ बजे बाढीले बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । बाढीले डाइभर्सन बगाएपछि आवतजावत पूर्ण रुपमा बन्द भएको छ । खाद्यान्न लगायतका अन्य सामाग्री ढुवानी गर्ने गाडी बिहानदेखि नै रोकिएका छन् । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडी समेत रोकिएका छन् । बगाएको डाइभर्सन बनाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।...
बर्षाले गाईघाट ढुवान

बर्षाले गाईघाट ढुवान

समाचार
पूणर्पुष्टि, असार, २७ पूणर्पुष्टि, असार, २७ बर्खाको लगतार पानीले गाईघाट बजार लगाएत आसपासको क्षेत्रहरुमा ढुवान भएको छ । शनिवारको ठुलो झरी बर्षाका कारण शनिवारको पानीले भने ठुलो ढुवान र क्षेति पुराएको छ । असारी लाईनको बाटोमा पानी जम्दा आवत जावतमै समस्या भएको छ । सडक निर्माणका कारण पानी व्यवस्थी नहुदा घर पसलमा पानी छिरेको छ । असारी जाने बाटो पुरानो सब्जी बजारका केही पसल, घर र होटलहरु पूर्णरुपले ढुवानमा परेको छ । पुरानो सब्जी बजारमा पानी जमेपछि आवत जावतमा समेत समस्या भएको छ । त्यस क्षेत्रको पसल तथा घरको कोठाकोठमै पनी छिरेको छ । सब्जी बजार अगाडीको रुबी मेडिकलमा पानीले ठुृलो क्षती पुराएको छ । करिब ५ लाख बराबरको औषधी पानीले ढुवाएर क्षेती पुराएको रुबी मेडिकलका संञ्चालक जय कुमार भगतले बताए । बिभिन्न खाले गोदाममा राखिएका औषधीहरु पानीले ढुवाएर नष्ट बनाएको उनले बताए । मेनचोकको नाली...
बाढी पहिरोमा बेपत्ताहरुको खोजी कार्यमा समस्या

बाढी पहिरोमा बेपत्ताहरुको खोजी कार्यमा समस्या

समाचार
पूर्णपुष्टि,  असार २७ बाढी पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्यमा समस्या भएको छ । निरन्तर पानी परिरहेकोले खोजी र उद्धार कार्यमा समस्या आएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । जाजरकोट र म्याग्दीमा हिजो नै हेलिकोप्टरमार्फत उद्धारको काम अघि बढाउने भनिए पनि मौसमले साथ नदिएकोले काम गर्न नसकिएको महाशाखाले जनाएको छ । प्रभावित क्षेत्रमा मान्छे हिँड्ने बाटो समेत पहिरोले बगाएको र जनशक्ति थप गरिए पनि जान समस्या भएको महाशाखाले जनाएको छ । अहिलेसम्म बाढी पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् भने ३७ जना बेपत्ता भएका छन् । म्याग्दीमा मात्रै ३१ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा गत बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । बाढी पहिरोका कारण विभिन्न ११ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।...
स्याङ्जामा उपचारपछि निको हुनेको संख्या १२८ पुग्यो

स्याङ्जामा उपचारपछि निको हुनेको संख्या १२८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ स्याङ्जामा कोरोना सङक्रमित उपचारपछि निको हुनेको संख्या १ सय २८ पुगेको छ । ६ महिला सहित १ सय ८८ जना सङक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । केही दिनयता, जिल्लामा नयाँ कोरोना सङ्क्रमित भेटिएका छैनन् । विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ । भारतबाट नेपालीहरु आउने क्रम घटेसँगै सङक्रमितको दर पनि घटेको जनाईएको छ । जिल्लामा ४ जना स्थानीय व्यक्तिमा सङ्क्रमण भेटिएको भए पनि कन्ट्रयाक ट्रेसिङ गर्दा उनीहरुको सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण नपाइएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ ।...
शनिबार पनि बैंक खुल्ने

शनिबार पनि बैंक खुल्ने

समाचार
पूर्णपुष्टि, असार २७ आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको शाखा खोलेर कारोबार गर्न निर्देशन दिएको हो । राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन छ । चालू आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।...