Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

त्रियुगा बाढीले बगाएर एकजनाको ज्यान गयो

त्रियुगा बाढीले बगाएर एकजनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार २७ । आजको भिषण वर्षाले त्रियुगा नदिमा आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गोविन्द पुरीका अनुसार त्रियुगा नगरपालिका ९ गैरुनका ६० वर्षिय मानन् चौधरीलाई त्रियुगा बाढीले बताउदा ज्यान गएको हो । त्रिनपा ५ देउरीबाट त्रियुगा तर्ने क्रममा बाढीले बगाएको चौधरीलाई केही तल मृत अवस्थामा फेला पारिएको थियो । बगाएको खबर लगत्तै प्रहरीटोली खटिएको थियो भने स्थानीयहरु उद्धारमा गएको भएपनि चौधरी मृत अवस्थामा भेटिएका थिए । मृतक चौधरीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शब गृहमा राखिएको प्रहरीले जनाएको छ । यो वर्षको मनसुन वर्षातपछिको बाढीले मानिसको ज्यान दिएको यो पहिलो घटना हो । गएरातीदेखि परेको भिषण वर्षातले जिल्लाको विभिन्न ठाउँमा कटान, तथा डुबान भएको भएपनि सामान्य अवस्थामा रहेको जानकारी प्रहरीले दिएको छ । ...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-27

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-27

समाचार
नेपालमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -*- नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको हो । -*- भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ८ लाख २० हजार नाघे । आज बिहानसम्म भारतमा ८ लाख २० हजार ९ सय १६ जना भन्दाबढी सङ्क्रमित भएको जनाईएको छ । -*- स्याङ्जामा कोरोना सङक्रमित उपचारपछि निको हुनेको संख्या १ सय २८ पुगे । ६ महिला सहित १ सय ८८ जना सङक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । -*- बाढी पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्यमा समस्या । निरन्तर पानी परिरहेकोले खोजी र उद्धार कार्यमा समस्या आएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । -*- भारतबाट सलहको झुण्ड नेपाल आउने सम्भावना बढेको...
बबई नदीले बगाएर एक दम्पती बेपत्ता

बबई नदीले बगाएर एक दम्पती बेपत्ता

समाचार
पूर्णपुष्टि, असार २७ बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर एक दम्पती बेपत्ता भएका छन् । ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जीतबहादुर थारु र उनकी श्रीमती २६ वर्षीया राजकुमारी थारु बेपत्ता भएको प्रहरीले जनाएको छ । बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा नदीमा आएको बाढीले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । ती दम्पतीलाई बाढीले बगाएको गोठालोले देखेर प्रहरीलाई खरबर गरेको जनाईएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको सहयोगमा खोजी भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको हो । काठमाण्डौका २ जना र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौ महानगरपालिका–१० शङ्खमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको थियो । फोक्सोमा पानी जमेको र मिर्गाैला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै काठमाण्डौकै गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मिर्गाैलाका बिरामी ती पुरुषको २५ गते निधन भएको थियो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वाब नमुना सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यस्...
भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ८ लाख २० हजार नाघेको छ । आज बिहानसम्म भारतमा ८ लाख २० हजार ९ सय १६ जना भन्दाबढी सङ्क्रमित भएको जनाईएको छ । उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा २७ हजार १ सय १४ जना नयाँ सङ्क्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण ५ सय १९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये अहिलेसम्म ५ लाख १५ हजार ३ सय ८६ जना उपचारपछि निको भएका छन् भने २२ हजार १ सय २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।...
घरबाट लडेर १ जनाको को मृत्यु

घरबाट लडेर १ जनाको को मृत्यु

समाचार
झापा, असार २७  झापामा घर बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । दमक–८ निबासी ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको हो । आज दिउसो पौने २ बजे दमक–६ को एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको हो ।...
नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ नेपालमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ । अहिले नेपालमा कोरोना संक्रमितको ५० प्रतिशत उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।...
सलह प्रतिकेजी १०० रुपैयाँ

सलह प्रतिकेजी १०० रुपैयाँ

समाचार
पूर्णपुष्टि, असार २७ झापाको एक नगरपालिकाले सहल किराको मुल्य निर्धारण गरेको छ । अर्जुनधारा नगर कार्यपालिकाको बैठकले सलह किरा समाटेर ल्याउनेलाई प्रतिकेजी एक सय रुपैयाँ दिने निर्णय गरेको हो । सलह खरिदका लागि विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ विनीयोजन गरिएको नगरले जनाएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत सलह किरा दाना उद्योगलाई प्रतिकेजी रु. ५० मा बिक्री गर्ने निर्णय गरेको नगरले जनाएको छ । नेपालमा २ हप्ता पहिले बारा, पर्सा र सर्लाहीबाट सलह भित्रिएको थियो ।...
भारतबाट सलहको झुण्ड आउने सम्भावना बढ्यो

भारतबाट सलहको झुण्ड आउने सम्भावना बढ्यो

समाचार
पूर्णपुष्टि,  असार २७ भारतबाट सलहको झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै केन्द्रले सतर्क रहन आग्रह गरेको छ । उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा करिब १ सय ५० हेक्टर जमिनमा फैलिएको सलहको २ वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता अपनाउन र पूर्वतयारी गर्न केन्द्रले अनुरोध गरेको हो । केन्द्रले जरुरी सूचना निकालेर ती झुण्ड १–२ दिनभित्रै धनुषा, सर्लाही तथा महोत्तरी आसपासबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको जनाएको छ । त्यस्तै राजस्थानको विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि २–३ दिनभित्र प्रदेश ५ र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । नेपालमा आगामी सोमबारसम्म पानी पर्ने सम्भावना रहेकोले सलह...
बाढीले गरेको क्षति अवलोकन गर्दै प्रचण्ड

बाढीले गरेको क्षति अवलोकन गर्दै प्रचण्ड

समाचार
पूर्णपुष्टि, असार २७ अविरल वर्षासँगै आएको बाढी पहिरोले पु¥याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुग्नुभएको छ । आज चितवन पुग्नु भएका प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गर्नुभएको हो । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको प्रचण्डले स्थनीयलाई बताउनुभयो । प्रधानमन्त्रीसँग मिटिङ भए पनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको उहाँले बताउनुभयो । माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्छ ।...