बाढी पहिरोमा परि १ न. प्रदेशमा १६ जना बेपत्ता
पूर्णपुष्टि, असार २८
अविरल वर्षापछि आएको बाढी पहिरोले १ नम्बर प्रदेशमा १६ जना बेपत्ता भएका छन् । १ नम्बर प्रदेशको विभिन्न जिल्लाको नदि, खोलमा आएको बाढी र पहिरोमा परेर १६ जना बपत्ता भएका हुन् ।
अविरल वर्षासँगै आएको पहिरोले संखुवासभामा ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । सिलिचोङ गाउँपालिका–१ वर्षासँगै पहिराले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् ।
बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
त्यस्तै तमोर नदिले बगाएर तीन जना बेपत्ता भएका छन् । ताप्लेजुङ र तेह्रथुम जिल्लाका विभिन्न ठाउँमा तमोर नदिले बगाएर तीन जना बेपत्ता भएका हुन् ।
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान ताक्मादेन लिम्बुलाई सोमबार दिउँसो २ बजे सिजनेमा खोले बगाएर तमोर नदिमा पुर्याई बेपत्ता बताएको प्रहरीले जनाएको छ । बेपत्ता लिम्बुको खोजी कार्य भईरहेको जिल्ल...






