Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

मोरङका चार पालिकामा निषेधाज्ञा

मोरङका चार पालिकामा निषेधाज्ञा

समाचार
पूर्णपुष्टि, भदौ ६ जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाको चार वटा पालिकामा  निषेधाज्ञा जारी गरेको छ । विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा पाँच दिने निषेधाज्ञा जारी गरेको हो । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मानवीय गतिविधि कम गर्न निषेधाज्ञा जारी गरेको जनाएको छ । हिजो मध्यरातिदेखि भदौ १० गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।...
पर्सामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु

पर्सामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ पर्सामा कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । सुगौली विर्ताका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गतराति मृत्यु भएको जनाईएको छ । ती पुरुष गत भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा हिजो रिपोर्ट पोजेटिभ आएको थियो । कुनै पनि ट्राभल हिस्ट्री नभएका उनीमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यस्तै गत भदौ ४ गते उपचारका लागि अस्पताल भर्ना भएका बहुअरीका पुरुषको बिहान सवा ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ  ।...
स्पेनिस क्लबको पोल्टामा युरोपा लिगको उपाधि

स्पेनिस क्लबको पोल्टामा युरोपा लिगको उपाधि

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ ६ युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले हात पारेको छ । गतराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले पछि पार्दै सेभियाले उपाधि हात पारेको हो । सेभियालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे । यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक/एक गोल फर्काए । सेभियाले छैठौं पटक युरोपा लिगको उपाधि हात पारेको छ । यसअघि सेभियाले सन् २०१६ मा युरोपा लिग जितेको थियो । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम बनेको छ । सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।...
कोरोना २ वर्षभित्र नियन्त्रणमा आउने : डब्लूएचओ

कोरोना २ वर्षभित्र नियन्त्रणमा आउने : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ अबको दुई वर्षभित्रमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आशा गरेको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेसस बताएका छन् । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उनले बताए । स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको थियो । अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको बताएका छन् । एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि उनले बताए । स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको मृत्यु भईसकेको छ ।...
भौँसी चोर पक्राउ

भौँसी चोर पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ५ त्रियुगा नगरपालिका–६ जलजलेबाट भैँसी चोरी गर्ने तीन जना भैसी चोर पक्राउ परेका छन् । त्रिनपा–६ जलजले निबासी प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको दुई वटा भैसी चोरी गर्ने तीन जना पक्राउ परेका हुन् । गत साउन २७ गते राती गोठबाटै करिब दुई लाख बराबरको भैँसी हराएपछि प्रहरीलाई जनाकारी गराएको थियो । गोठबाटै भैँसी हराएको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष अनुसन्धान टोली खटेको थियो । टोलीले सिराहा र सप्तरी जिल्लामासमेत अनुसन्धान तथा खोजतलास गरी सप्तरी खड्ग नगरपालिका–२ स्थायी घर भई हाल त्रिनपा–६ जलजलेमा बसी भैँसी व्यापार गर्ने २८ वर्षीय तफेजुल अन्सारी र सिहारा महेशपुरपतार नगरपालिका–२ निबासी ३० वर्षीय ईनुस भन्ने कुदुस मियाले र सिराहाको गोलबजारका ३४ वर्षीय चन्द्रेश्वर साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्सारी र मियाले स १० प ७१८१ नम्बरको मोटरसाईकलमा भ...
उदयपुरमा ५ दिन निषेधाज्ञा थपियो

उदयपुरमा ५ दिन निषेधाज्ञा थपियो

समाचार
पूर्णपुष्टि, भदौ ५ कोरोना संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञालाई पाँच दिन थप्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा सुरक्षा समितिको बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । अहिले जारी निषेधाज्ञा गत साउन २९ गते राती १२ बजेबाट सुरु भई भदौ ७ गते राती बजेसम्म जारी राख्ने निर्णय भएको थियो । तोकिएको समय सिमा सकिनै लाग्दा समुदाय स्तरमा फैलिएको कोरोना भाईरस नियन्त्रणमा आईनसकेको निषकर्ष निकाल्दै समितिले पाँच दिन थप गर्न सिफारिस गरेका थियो । निषेधाज्ञामा यसअघि अवलम्वन गरिएका नियमहरु पुर्णरुपमा पालन हुने गरी बैठकले निर्णय गरेको प्रजिअ पाण्डेले बताए । यसअघि बिहान ९ देखि १२ बजेसम्मका...
उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५  उदयपुरमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाका ३६ वर्षीय पुरुक्षमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ती पुरुष करिब एक हप्ता अगाडी दक्षिण कोरियाबाट आएर नगरपालिकाले निर्माण गरेको मोतिगडा क्वारेन्टाईनमा बस्दै आएको थियो । संक्रमितलाई चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारे कोडिभ १९ अस्पतालमा उपचारको लागि पठाइएको जनाईएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ११ पुगेको कार्यालयले जनाएको छ ।...
गाँजासहित ४ जना पक्राउ

गाँजासहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ५ बेलकाबाट गाँजासहित चार जना पक्राउ परेका छन् । बेलका नगरपालिका–८ बाट लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा खटेका विशेष प्रहरी टोलीले स्थानीय ४९ वर्षीय भुपाल राईको घरबाट ७ केजी गाँजा र ३३ हजार पाँच सय नगद बरामद गरी स्थानीय २८ वर्षीय रोशन राई, ९ नम्बर वडाका २३ वर्षीय कृष्णबहादुर राई र १९ वर्षीय अशोक राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गाँजासहित नियन्त्रणमा लिएका चारै जनालाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
आज कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

आज कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ नेपालमा आज थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ । गत २४ घण्टामा थप दुई सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १८ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १८ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ नेपालमा आज थप दुई सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।...