कक्षा ११ मा सङ्काय छुट्याउन नपाइने व्यावस्था
पूर्णपुष्टि, भदौ ७
अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना गर्न नपाइने भएको छ । पहिला जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।
यस पटकबाट विद्यालयले पहिला जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने भएको जनाईएको छ ।
यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन ।
यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छ वटा विषय अध्यापन गराईने भएको छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–...






