Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

राजस्व छलीको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

राजस्व छलीको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

समाचार
पूर्णपुष्टि, भदौ ७ भारतबाट भन्सार छलेर सामान ल्याएको आरोपमा राजस्व अनुसन्धान विभागले तीन करोड १९ लाख रुपैयाँ बिगोसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । क्याबिन कोठा बनाएर भारतबाट भन्सार छलेर लत्ता कपडालगायत सामान ल्याउने वीरगञ्जका रजनीश कुमार र चितवनका राजु भनिने राजेन्द्र थापासहित ६ जनालाई पाटन उच्च अदालतमा तीन करोड १९ लाख ७७ हजार रुपैयाँ बिगो र कैद माग गरेर मुद्दा दायर गरेको विभागले जनाएको छ । मालसामान ढुवानीकर्ता नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्रकुमार गुप्ता, ट्रक चालक सुनिल कुमार, काठमाण्डौमा व्यवसाय गर्ने बाराको कलैयाका रञ्जित गुप्ता र भारत दिल्लीका रञ्जितकुमार गुप्ताविरुद्ध पनि विभागले मुद्दा दायर गरेको जनाएको छ ।...
दुबईमा अलपत्र परेका २६४ नेपाली काठमाण्डौँ आईपुगे

दुबईमा अलपत्र परेका २६४ नेपाली काठमाण्डौँ आईपुगे

समाचार
पूर्णपुष्टि, भदौ ७ आज दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपाली काठमाण्डौँ आईपुगेका छन् । नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका तर सरकारको निर्णय भन्दै यात्रुलाई नलिएरै जहाज रित्तै फर्किएपछि गत सोमबार दुबईमा अलपत्र परेकाहरुलाई आज नेपाल एअरलाइन्सको वाइड बडी ए ३३० जहाजमार्फत नेपाल ल्याईएको हो । आजको उडान पनि तोकिएको समय भन्दा सवा दुई घण्टा ढिला भएको थियो । यो उडानमा नेपाल जानका लागि २ सय ७० जनाले टिकट काटेका थिए । टिकट लिएकामध्ये ६ जना कागजात नमिलेका कारण नेपाल फर्किन नपाएको नेपाल एअरलाइन्सले जनाएको छ । यूएईमा मृत्यु भएका लुकबहादुर कुँवर र करेन्ट लागेर मृत्यु भएका रुपन्देही मझुवाका कृष्णबहादुर खड्काको शव पनि यसै उडानमार्फत नेपाल ल्याईएको छ ।...
आज थप ८१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज थप ८१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ नेपालमा आज थप आठ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३१ हजार नौ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ८१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सख्या  १८ हजार ६ सय ३१  पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।...
विश्वका ३८ देशमा ३४ हजारभन्दा बढी नेपाली कोरोना संक्रमित

विश्वका ३८ देशमा ३४ हजारभन्दा बढी नेपाली कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ खाडी र मलेसियासहित विश्वका ३८ देशमा कार्यरत ३४ हजारभन्दा बढी नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार साँझसम्म विश्वका ३८ देशमा कार्यरत ३४ हजार तीन सय एक जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । सङ्क्रमितमध्ये ३२ हजार दुई सय ५३ जना नेपाली उपचारपछि निको भएको समितिले जनाएको छ । विदेशका १६ देशमा १ सय ९२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । गत साता लग्जम्र्वमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म विश्वका विभिन्न देशमा एक सय ९२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भईसकेको जनाईएको छ । अहिलेसम्म कोरोना भाइरसबाट बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएक...
मोवाईल चोर्ने एक समूह पक्राउ, ६ थान मोवाईल धनीलाई हस्तान्तरण

मोवाईल चोर्ने एक समूह पक्राउ, ६ थान मोवाईल धनीलाई हस्तान्तरण

समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुरमा मोवाईल चोरी गर्ने एक समूह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले मोवाईल चोरी गर्ने तीन जनाको समूहलाई पक्राउ गरेका हुन् । विभिन्न समयमा हराएका तथा चोरी भएका मोवाईल खोजतलास गर्न जिप्रका उदयपुरबाट विशेष प्रहरीको टोलीले अनुसन्धान गरी फेला पारी मोवाईल चोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका–१० का २३ वर्षीय विशाल परियार, २३ वर्षीय अंचल भुजेल र १९ वर्षीय सन्देश भुजेलको समूहले मोवाईल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिप्रका उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । विभिन्न समयमा हराएका तथा चोरी भएका छ थान एन्ड्रोईड मोवाईल फेला पारी मोवाईल धनीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।...
चट्याङ लागेर ४ जना घाइते

चट्याङ लागेर ४ जना घाइते

समाचार
पूर्णपुष्टि, भदौ ७ अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । कमलबजार नगरपालिका–१ मुलिमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । स्थानीय ३५ वर्षीय पूर्णबहादुर भण्डारी, उनकी श्रीमती ३३ वर्षीया मोतीकला भण्डारी, १८ वर्षीया तुल्क्षा बजगाईं र १५ वर्षीया डिग्रा बजगाईं घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चट्याङ लागेर पूर्णबहादुर भण्डारीका दुई वटा भैँसी र जक्तीराम बजगाईंका दुई वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । चट्याङले पूर्णबहादुर भण्डारीको घरमा समेत क्षेति भएको प्रहरीले जनाएको छ ।...
बाबु र पाहुनालाई खुकुरी प्रहार गर्ने नविन पक्राउ

बाबु र पाहुनालाई खुकुरी प्रहार गर्ने नविन पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुरमा बुवा र पाहुनालाई खुकुरी प्रहार गर्ने नविन पक्राउ परेको छ । खुकुरी पक्राउ गर्ने रौतामाई गाउँपालिका–७ पाखा टोलका खम्बे भन्ने नविन परियार पक्राउ परेको हो । गत शुक्रबार राति खुकुरी प्रहारबाट बुवा गंगाबहादुर परियार र त्रियुगा नगरपालिका १५ कुभिण्डेका पाहुना ५५ वर्षिय जुद्ध काजी खपाङ्गी मगरलाई घाइते भएको थियो । विशेष सूचनाका आधारमा खुकुरी प्रहार गर्ने नविनलाई घरबाटै खुकुरी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । छोरोको खुकुरी प्रहारबाट बाबु गंगाबहादुरको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा कम्पनी

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा कम्पनी

समाचार, संसार
पूर्णपुष्टि, भदौ ७ अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरोधमा कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । टिकटकको मुख्य कम्पनी बाइटडान्ससँगको कारोबारमा रोक लगाउने र टिकटकलाई प्रतिबन्ध लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी भैरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । टिकटकले कुन अदालतमा मुद्दा हाल्न लागेको हो भन्ने प्रष्ट भएको छैन । टिकटकले यसै हप्ता नै अदालतमा अपिल दर्ता गर्ने जनाईएको छ । गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइट डान्सलाई उसको टिकटक एपको अमेरिकामा रहेको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समयसीमा दिएका थिए । यो आदेशसँगै बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट तथा ओरेकल लगायतका कम्पनीहरुसँग छलफल अगाडि बढ...
बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ७ महोत्तरीमा बोक्सिको आरोपमा महिलालाई कुटपिट गर्ने एक युवा पक्राउ परेको छ । सम्सी गाउँपालिका–७ जावद टोलमा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने कृष्ण यादव पक्राउ परेको हो । गतराति स्थानीय २४ वर्षीय यादवलाई महिलालाई बोक्सिको आरोप लगाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । युवाको कुटपिटबाट घाइते भएकी महिलालाई जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ निबासी  ५६ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे उनको निधन भएको अस्पतालले जनाएको छ । गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनीमा संक्रमण पोजेटिभ भएको थियो । उनी थाइराइडको विरामी थिईन् । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।...