मरेको हात्तीमा क्षयरोग, परीक्षण सुरु
पूर्णपुष्टि, भदौ ८
चितवन राष्ट्रिय निकुञ्जमा मरेका हात्तिमा क्षयरोगको जीवाणु देखा परेपछि जिउँदो हात्तिको परीक्षण सुरु गरिएको छ । मरेको हात्तीमा क्षयरोगको जीवाणु देखिएकापछि सौरहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम सोमबारदेखि सुरु गरिएको हो ।
हात्तीको नमुना सङ्कलन गर्न चारदेखि पाँच दिन लाग्ने निकुञ्जले जनाएको छ । निकुञ्जमा अहिले ५९ हात्ती रहेका छन् । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ वटा हात्ती मरेका छन् । यो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्कले देखाएको छ ।
हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । त्यतिबेलाको सङ्क्रमण सन् २०१६ सम्म रहेको थियो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई वटा हात्तीमा क्षयरोग देखिएको थियो ।
त्यसपछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरे...









