अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन मन्त्रालयको निर्देशन
पूर्णपुष्टि, भदौ ९
सबै पालिकालाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।
विभिन्न जिल्ला र पालिकामा जारी निषेधाज्ञाले दैनिक उपभोग्य वस्तुको ढुवानीमा अवरोध आएको गुनासो आएपछि मन्त्रालयले अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको हो ।
सबै पालिकालाई पत्र पठाएर अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज रुपमा हुने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ ।
तरकारी, दूधलगायतको ढुवानी सहज नहुँदा किसानको उत्पादन खेर गइरहेको र उपभोक्ताले सामान नपाउने तथा महँगो मूल्य तिर्नुपर्ने गुनासो बढेको छ । ढुवानी सहज नभएकाले कतै उत्पादन खेर जाने र कतै मूल्य बढ्ने गरेको व्यवसायीले बताएका छन् ।
अरु उपभोग्य वस्तुको ढुवानीमा पनि धेरै झन्झट व्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त...









