Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

गाँजासहित २ जना पक्राउ

गाँजासहित २ जना पक्राउ

समाचार
ईलाम, भदौ ९ ईलाममा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजासहित माङसेबुङ गाउँपालिका–५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बु पक्राउ परेका हुन् । प्रहरी चौकी पेल्टीमारीबाट खटेको प्रहरी टोलीले हिजो दिऊसो २ केजी गाँजा सहित राई र लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ब्राउन सुगरसहित १ जना पक्राउ

ब्राउन सुगरसहित १ जना पक्राउ

समाचार
झापा, भदौ ९ झापामा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । हिजो दिउँसो ब्राउन सुगरसति बाह्रदशी गाउँपालिका–३ का २३ बर्षीय अमिन मोहम्बद पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटेको संयुक्त प्रहरी टोलीले ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बाह्रदशी गाउँपालिका–२ को बिरिङ खोला किनाराबाट मोहम्बदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोहम्बदलाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ नेपालमा आज थप आठ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या सङ्ख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १९ हजार एक सय १९ पुगेको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु  भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।...
रुपन्देहीमा १ जना कोरोना सङ्क्रमित मृत्यु

रुपन्देहीमा १ जना कोरोना सङ्क्रमित मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उनको सोमबार राति भैरहवाको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । टाउकोमा रगत जमेकाले शल्यक्रिया गर्न पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाईएको छ । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो ।...
काठमाण्डौँमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाण्डौँमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ काठमाण्डौमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत साउन ३१ गतेदेखि काठमाण्डौको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचाररत काठमाण्डौ महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मङ्गलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएपनि दुई दिन घरमै आइसोलेशनमा बसेका पुरुष ३१ गते मात्रै अस्पताल भर्ना भएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि साउन ३२ देखि आईसीयूमा र भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार गरिएको थियो ।...
आगामी चुनावमा धाँधली हुन सक्ने : ट्रम्प

आगामी चुनावमा धाँधली हुन सक्ने : ट्रम्प

समाचार, संसार
पूर्णपुष्टि, भदौ ९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको चुनावमा धाँधली हुने बताएका छन् । रिपब्लिकन दलको राष्ट्रिय भेलामा उनले विपक्षी डेमोक्र्याटहरु चुनाव धाँधली गर्न लागिपरेको  दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । रिपब्लिकन दलले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न स्वीकृति दिए लगत्तै ट्रम्पले यस्तो आरोप लगाएको हो । उनले इमेलबाट गरिने मतदानलाई डेमोक्र्याटहरुले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप लगाएको छ । त्यसको कुनै प्रमाण नदेखाएको र उल्लेख नगरेको संचारमाध्यमहरुले जनाएको छ । यस अघि धेरै राष्ट्रपतिको दोश्रो जित सहज देखिए पनि ट्रम्पलाई निकै मुस्किल देखिएको जनाईएको छ । अमेरिकामा भइरहेका मत सर्वेक्षणमा ट्रम्प बाइडनभन्दा पछि देखिएको छ । डोमोक्र्याटका जो बाइडन यसपटक मत सर्वेक्षणमा अघि देखिएको छ । पछिल्लो समयमा ट्रम...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ९ आज सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।...
आइसोलेशनबाट भागे कोरोना सङ्क्रमित

आइसोलेशनबाट भागे कोरोना सङ्क्रमित

समाचार
पूर्णपुष्टि, भदौ ९ चितवनको भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत एक सङ्क्रमित भागेको छ । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष बिहान करिब ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेशनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेशनमा राखेको जनाईएको छ । अस्पतालको आइसोलेशनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेशनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ ।...
लकडाउनपछि नेपालको वायु सफा

लकडाउनपछि नेपालको वायु सफा

समाचार
पूर्णपुष्टि, भदौ ९ नेपालमा करिब चार महिनादेखि वायु सफा भएको छ । लकडाउन सुरु भएको दुई हप्तापछि वायु प्रदूषण मापन केन्द्रहरुले हरियो सूचक देखाउन थालेको थियो । त्यसयता नियमित हरियो सूचक देखाएका वातावरण विभागले जनाएको छ । अघिल्ला वर्षहरुमा वैशाख–जेठ महिनामा केहीदिन खडेरी पर्नासाथ प्रदूषणको मात्रा बढ्ने गरेको भए पनि यो वर्ष नबढेको जनाएको छ । वर्षायाममा सामान्यतया हावाको प्रदूषण कम हुन्छ । तर अघिल्ला वर्षहरुमा असार साउनमा पनि केही दिन घाम लाग्दा हावाको प्रदूषण बढ्ने गरेको थियो ।  तर यो वर्ष त्यस्तो भएको छैन । काठमाण्डौ उपत्यकासहितका शहरमा गाडीबाट निस्कने धुवाँ नै वायु प्रदूषणको मुख्य कारण रहेको र लकडाउनमा गाडी कम चल्दा प्रदूषण घटेको विभागले जनाएको छ । त्यस्तै विभिन्न उद्योग बन्द हुँदा उपत्यकासहित शहरहरुमा समेत हावाको गुणस्तर बसोबासका लागि उपयुक्त भएको देखिएको छ । हावाको प्रदूषण...
पर्साको एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

पर्साको एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ पर्साको एक जना पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको अस्थायी कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जिराभवानी गाउँपालिका–४ का ६८ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरिएको थियो । स्वाव परीक्षणको रिपोर्ट हिजो बेलुकी आएको थियो । सोही रिपोर्टमा कोरोना सङ्क्रमण पोजेटिभ आएको जनाईएको छ ।...