Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

नातीनीलाई जबरजस्ती करणी गर्ने बाजे पक्राउ

नातीनीलाई जबरजस्ती करणी गर्ने बाजे पक्राउ

समाचार
उदयपुर, भदौ १० त्रियुगामा आफ्नै नातीनीलाई जबरजस्ति करणी गर्ने बाजे पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१३ का ५४ वर्षीय पुरुषले आफ्नै ८ वर्षीया नातीनीलाई बजरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको हो । गत साउन १२ गते घरमा कोही नभएको मौका छोपी नातीनीलाई बजरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुषलाई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
कोरोना संक्रमणबाट बारामा २ जनाकोे मृत्यु

कोरोना संक्रमणबाट बारामा २ जनाकोे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० कोरोना संक्रमणबाट बारामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका एक÷एक जना पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । कलैया उपमहानगरपालिकाका पुरुषलाई यहि भदौ दुई गते श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि गण्डक अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । विश्रामपुरका ४२ वर्षीय पुरुषलाई पनि श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरो आएपछि भदौ नौ गते मंगलबार पीसीआर जांच गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।...
सशस्त्र प्रहरीलाई ह्यान्ड वासिङ्ग कर्नर सहयोग

सशस्त्र प्रहरीलाई ह्यान्ड वासिङ्ग कर्नर सहयोग

समाचार
मिलन परियार भाद्र १० जाल्पा एकीकृत बिकास समाज उदयपुरले सशस्त्र प्रहरीलाई ह्याण्ड वासिङ कर्नर सहयोग गरेको छ । जल्पा र वल्र्डभिजन ईन्टरनेसनल नेपालको साझेदारीमा संचालित बाल प्रायोजन परियोजना अन्र्तगत कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल ५ न.हेक्वा उदयपुरलाई ह्यान्ड वासिङ्ग कर्नर सेटसहयोग गरेको हो । कोभिड १९ रोकथाम र नियन्त्रणमा अहोरात्र खट्ने सुरक्षाकर्मीलाई संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आधुनिक हात धुने कर्नर सहयोग गरेको जल्पाले जनाएको छ । जाल्पाले कोरोनाको जोखिमबाट बच्न आफ्नो कार्यक्षेत्रका सबै पालिका, वडा र केहि विद्यालयहरुमा ह्यान्ड वासिङ्ग कर्नर सहयोग गर्न लागेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुस्पराज पोखरेलले बताए । बालबालिकाहरुको समृद्धि, बिकास र संरक्षण सम्बद्र्धनका लागी कोरोना संक्रमणलाई रोक्नका लागी ह्यान्ड वासिङ्ग कर्न...
लम्जुङमा नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

लम्जुङमा नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० लम्जुङमा २० जना नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा भएको परीक्षणमा २० जना सेना र अन्य तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लम्जुङले जनाएको छ । उनीहरुलाई सामुदायिक अस्पताल सुन्दरबजार र सहरी विकास भवन सहजीको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको जनाईएको छ । अहिलेसम्म लम्जुङमा एक सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।...
कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० कोरोना सङ्क्रमणाबट बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । छातीमा समस्या देखिएपछि यहि भदौ ८ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा आज बिहान शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारका क्रममा अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।...
पाटन अस्पतालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

पाटन अस्पतालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको  अस्पतालले जनाएको छ । गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाण्डौका ५४ वषीय पुरुषको गतराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।...
विश्वमा साढे १ करोड भन्दा बढी कोरोना सङक्रमण मुक्त

विश्वमा साढे १ करोड भन्दा बढी कोरोना सङक्रमण मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० विश्वमा एक करोड ६६ लाख जना उपचारपछि कोरोना मृक्त भएका छन् । विश्वमा दुई करोड ४० लाख ४१ हजार भन्दा बढीमा सङक्रमण पुष्टि भएका मध्ये एक करोड ६५ लाख ९० हजार जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ । उक्त संक्रमितमध्ये विश्वमा आठ लाख २२ हजार चार सय जनाको मृत्यु भएको जनाईएको छ । सबैभन्दा बढी अमेरिकामा ५९ लाख २४ हजार जनामा सङक्रमण पुष्टि भएको छ भने ३२ लाख ५१ हजार जना उपचारपछि निको भएका छन् । उक्त संक्रमित मध्ये एक लाख ८२ हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ । छिमेकी देश भारतमा अहिलेसम्म ३२ लाख ३१ हजारमा कोरोना सङक्रमण पुष्टि भएको छ भने ५९ हजार ६ सय जनाको मृत्यु भईसकेको छ ।...
आज नेप्से ९ अंकले बढ्यो

आज नेप्से ९ अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ९ आज शेयर बजार परिसूचक नेप्से साढे नौ अङ्कले बढेको छ । नेप्से नौ.३४ अङ्कले बढेर १४ सय ४०.९४ अङ्कमा पुगेको छ । मङ्गलबार व्यापार, उत्पादन र सामूहिक लगानी कोष बाहेक अरु सबैजसो कम्पनीको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर एक सय ५१ अङ्कले, निर्जीवन बीमा समूहको ३२ अङ्कले, माइक्रोफाइनान्सको २० र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ । एक अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरका ३९ लाख ४० हजार कित्ता शेयर किनबेच भएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै आठ प्रतिशत कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि समृद्धि फाइनान्सका शेयरधनीले भने साढे ६ प्रतिशत गुमाएका छन् ।...
छोराको कुटपिटबाट वुवाको मृत्यु

छोराको कुटपिटबाट वुवाको मृत्यु

समाचार
झापा, भाद्र ९  झापामा छोराको कुटपिटबाट वुवाको मृत्यु भएको छ । गाउँपालिका–३ झापाका ७० बर्षीय साईला टुडुलाई आफ्नै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गत राती करिब साँढे ११ बजे छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका बिभिन्न ठाउँमा अन्धाधुन्द कुटपिट गेर घाईते बनाएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट घाईते भएका वुवा टुडुलाई उपचारको लागी स्थानीय मेडिकलमा लगिए पनि उपचार हुन नसकेपछि मेडिकलले सुबिधा सम्पन्न अस्पतालमा लैजान भनेको जनाईएको छ । मेडिकलले सुविधा सम्पन्न अस्पताल लैजान सल्लाह दिएपनि आफन्तले घरमै ल्याई राखेको अवस्थामा मृत्यु भएको  भनी जानकारी पाए प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

समाचार
मोरङ, भदौ ९ मोरङको केराबारीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । केरावारी गाउँपालका–६ बाट लागुऔषध सहित तीन जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटेको प्रहरी टोलीले हिजो बेलुका ७ बजे मुगु खोला छेउमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सोही मोटरसाईकलमा सवार रहेका केरावारी गाउँपालिका–५ का २२ बर्षीय रुपेश राई, धरान–८ की ३० बर्षीया अबिमाया राई र २० बर्षीय उत्सव लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले डाईजेपलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...